सोसल मिडियाको प्रयोगबाट अहिले नै कसैले नेपालमा चुनाव जिते भनेर भन्नु गलत प्रचार हुन्छ । तर सोसल मिडियाको अधिकतम प्रयोग भएको यो नेपालकै पहिलो चुनाव भने "संविधान सभाको दोस्रो चुनाव" हो। उम्मेदवार तथा मतदाताहरुले आफ्नो कुरा राख्न, सोसल मिडियाको राम्रैसँग प्रयोग गरे ।
सोसल मिडिया एनालिटिक्स कम्पनी सिम्लिफाई ३६० ले चुनावको समयमा सोसल मिडियाको अनुगमन गरेको थियो । सिम्लिफाइको रिपोर्ट अनुसार संविधान सभा निर्वाचनबारे सबैभन्दा धेरै बहस ट्विटरमा भएको थियो । त्यसो त #NepalVotes लेखिएका ट्विट मात्रै पनि ५० औँ हजार भन्दा धेरै गरिए, पछिल्लो १ महिनामा ।
रिपोर्टको सन्दर्भमा सिम्प्लिफाइ ३६० का सिइओ, भुपेन्द्र खनाल भन्छन्,"सबैभन्दा धेरै डिस्कसन ट्विटरमा भएबाट पनि, ट्विटरको प्रयोग र महत्व नेपालीहरु माझ बढ्दै गएको प्रस्ट हुन्छ । त्यसबाहेक अन्तराष्ट्रिय क्षेत्रबाट पनि संविधान सभा निर्वाचनलाई निकै महत्वसाथ हेरिएको पाइयो।"
Read: Nepal CA Election Happened Both in Ballot And in Social Media [Buzz Analysis Report]
चुनाव अघि वैद्य समूहले नेपाल बन्द गरेको थियो भने ठाउँ ठाउँमा बम पड्काएर जनजिवन त्रस्त बनाएको थियो । वैद्य पक्षको यस्ता गलत कार्यबारे सोसलमिडियमा चर्चा र परिचर्चा धेरै नै भएकोथियो । रिसर्चका अनुसार, चुनाव अघि सोसल मिडिया 'बम'मय भएको थियो। तर चुनाव पछि भने अधिकांश समय 'नेपाली कांग्रेस', 'गगन थापा' आदिको चर्चा भएकोथियो ।
सोसलमिडियामा भएका 'डिस्कसन'मा महिलाहरुको सहभागिता भने अलि थोरै देखियो, सायद पहुँच नै सानो समूहको हो या कुरा गर्नै नचाहेको हो भन्नेकुरा चाँहि प्रस्ट छैन । चुनाव अघि महिला सहभागिता १३ प्रतिशत थियो भने चुनाव पछि १० प्रतिशत थियो ।
रिसर्चले अर्को रमाइलो पाटोको पनि उजागर गरेकोछ । रिसर्च अनुसार चुनाव अघि सोसलमिडियामा भएका चुनावसम्बन्धी ५१ प्रतिशत चर्चाहरु, ४० वर्षभन्दा बढि उमेरका व्यक्तिले गरेकाथिए । तर चुनाव पछि भने यो समिकरण बदलिएकोथियो ।
हेर्नुस् सिम्प्लीफाइको यो रिपोर्ट:
Comments
Post a Comment