गुगलप्लसको प्रोफाइल र पेजमा धेरै समय देखि प्रतिक्षा गरिएको 'कस्टम युजरनेम' राख्ने सुविधा गुगलले गएराती सार्वजनिक गरेकोछ । केही चुनिएका व्यक्ति तथा ब्रान्डहरुलाई यसअघि नै आफ्नो युजरनेम राख्न दिइएको भए पनि, सम्पूर्ण प्रयोगकर्ताहरुको लागि भने गएराती देखि यो सुविधा आएको हो । जस्तो कि आकारपोष्ट गुगल प्लस पेज यस्तो थियो, https://plus.google.com/111373834639850968132/ तर अब युजरनेम राखिसकेपछि उक्त पेज यस्तो देखिनेछ: https://plus.google.com/+Aakarpostblog/ ! फेसबुक र ट्विटर झैँ अब गुगल प्लसको आफ्नो युजरनेम पनि अब सबैलाई सहज रुपमा सेयर गर्न सकिने भएकोछ । केही समय पहिले गुगलले गुगलप्लसलाई तपाई हाम्रो "आइडेन्टिटी" को रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको थियो । के थाहा अबको केही वर्षपछि हामी ट्विटर र फेसबुकको युजरनेम भन्दा पनि गुगलको युजरनेम धेरै सेयर गर्छौ होला, आफ्नो बिजनेस कार्डको रुपमा। तर गुगलप्लसमा युजरनेम बनाउन भने निम्न कुराहरु पुरा भएको हुनुपर्छ । १) फ्रोफाइलमा फोटो भएको हुनुपर्ने २) कम्तिमा १० जना साथीहरुले फलो गरेको हुनुपर्ने ३) एकाउन्ट कम्तिमा ३० दिन पु