चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ, ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् ।
"मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फिल्मको क्लाइमेक्समा मात्र थाहा पाइन्छ ।
अर्पण थापाको लेखनमा र सुरज भुषालको निर्देशनमा बनेको "मौन" एउटा 'लभ स्टोरी थ्रिलर' हो । नम्रता र अर्पण मूख्य भूमिकामा रहेकाछन् र उनीहरुको अभिनय साँच्चै तारिफ योग्य छ । यो चलचित्रबाट अर्पण भर्सेटाइल एक्टर हुन् भन्ने कुरा फेरि पनि प्रमाणित भएकोछ ।नम्रताको अभिनयमा कुनै खोट लाउने ठाउँ छैन, उनी आफ्नो भूमिकामा मज्जाले जमेकीछिन् । यो चलचित्रको अन्य सबल पक्ष भनेको सिनेमाटोग्राफी र संगित पनि हो ।
चलचित्रका अधिकांश दृश्यहरुले दर्शकको मुहारमा हाँसो ल्याइदिन्छन् । वर्कशपको 'बोका', अनि आफ्नो पहिलो डेटमा जानको लागि अघिल्लो रात देखि नै लुगा लगाउने वर्षा, वर्षाकी बहिनीको लयात्मक तरिकाले बोल्ने शैली, क्याफेमा सबैलाई वर्षा देख्ने अमन, आदि यी सम्पूर्ण दृश्यमा दर्शकहरु मज्जाले नै हाँस्छन् । छिनमै रिसाइहाल्ने र खुसाइहाल्ने वर्षाले अमनसँग सानो कुरामा सपिङमलमा झगडा पर्दा आफ्नो हातको नसा काटेको कुराले सायद श्रवणशक्ति नभएका व्यक्तिहरुको बानीको प्रतिनिधित्व गर्छ । हामीमध्ये कतिले त भन्ने नै गर्छौँ, "मलाई लाटो रिस उठ्छ", सायद वर्षाको यस्ता हर्कतहरुले यही कुरालाई प्रमाणित गर्छ । अमनलाई बेलुकीको खाना खान बोलाउँदा वर्षा बेहुली झैँ सिँगारिएकी हुन्छिन् ।
अमनको कोठा पस्ने बित्तिकै बेग्लै संसारमा छिरे झैँ लाग्छ, चुरोटका ठूटाहरु, बब मार्ली र जिम मोरिसनका पोष्टरहरु भित्ताभरि टाँसिएकाछन्, लुगाहरु यत्रतत्र फालिएकाछन् । अनि ढोकाको पछाडी टाँगिएको "आँ गरेर चिच्याउन" खोजेको पोष्टरले अमनको मनस्थिती दर्शाउँछ, अमन आफ्नो मौनता तोड्न प्रयासरत छ । अमनको ढोकामाथि रातो बत्ति छ, उसलाई बाहिरबाट ईसारा गर्नको लागि । चलचित्रको पहिलो हाफ अमन र वर्षाविच प्रेम स्थापित गर्न खर्चिएको छ भने, दोस्रो हाफमा अमनको मौनता तोडिएकोछ ।
चलचित्रमा मोबाइलको प्रयोग किन गरिएन भन्ने कुरा मैले बुझ्न सकिन । श्रवणशक्ति नभएका व्यक्तिहरुले एसएमएस त गर्नसक्छन् नै, सायद मोबाइल जरुरी सम्झिएनन् वा मोबाइल आउनुभन्दा पहिलेको समय हो, पहिलेको समय हो भने पनि कहिँ कतै खुलाइएको छैन । अर्को कुरा उनीहरु दुबै सम्पन्न परिवारका हुन्, अझ वर्षा त अमेरीका बसेर आएकी, उसलाई सपिङ मलमा कपडा चोर्नैपर्ने अवस्था त थिएन होला वा वर्षाको 'नेचर' नै त्यस्तै हो ।
Watched a movie #Maun and I liked it very much. Wondering why there's no online/offline buzz about it. Must watch Nepali Movie. :)
— Aakar Anil (@aakarpost) September 29, 2013
समग्रमा भन्दा मौन, एउटा राम्रो नेपाली चलचित्र हो । चलचित्र राम्रो हुँदा हुँदै पनि मार्केटिङ/प्रमोशनमा चाँहि सम्झौता गरिएको हो कि जस्तो लाग्यो । आइतबार दउिँसो क्युएफएक्स पुग्दा अगाडिका कुर्सीहरु खाली नै देखिन्थे । चलचित्र सबैलाई मन पर्नै पर्छ भन्ने त होइन तर फेसबुक र ट्विटरमा अपडेटहरु सबै चलचित्र मौनको पक्षमा छन् ।राम्रो नेपाली चलचित्र हेर्ने प्लानमा हुनुहुन्छ भने, "मौन" हेर्नुस्, पैसा असुल हुन्छ ।
Good review.
ReplyDelete:)
gorgeous namrata!!!
ReplyDeleteNamrata looks gorgeous so is her acting! One of the finest actress Nepalese Movie industry has got in recent times!
ReplyDeletei will try to watch it
ReplyDelete