चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ, ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् । "मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फि...