सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो ।
इन्टरनेट चलाउनेको पहुँचमा भएको सबैभन्दा सरल र सहज मिडिया भनेको 'सोसल मिडिया' हो, जसबाट सजिलै जो कोही अरुसम्म सजिलै पुग्न सक्छन्, नेटवर्किङ गर्न सक्छन्, आफ्नो परिचय बनाउन सक्छन् । 'सोसल मिडिया'बाटै आफ्नो परिचय बनेको हुँदा, आफूलाई प्रस्तुत गर्नलाई 'सोसल मिडिया' हाम्रो जमानाको सबैभन्दा सशक्त माध्यम हो भन्ने लाग्छ । सोसल मिडिया भनेको 'सोसल मिडिया' क्षेत्रमा काम गर्नेले मात्र होइन, जुनसुकै क्षेत्रमा काम गर्ने व्यक्तिहरुले यसबाट धेरै भन्दा धेरै फाइदा लिनसक्छन् । सोसल मिडियाको फाइदा वा वेफाइदा चाँहि आफ्नो प्रयोगमा भरपर्छ ।
सोसल मिडियाबारेका आफ्ना केही अनुभवहरु 'युवालय'ले विश्व युवा दिवसको अवसरमा आयोजना गरेको 'पेचाकुचा' शैलीको कार्यक्रम 'युथ एक्सप्रेस"मा 'सेयर' गरेको थिँए । त्यस अवसरमा बनाएको 'प्रिजेन्टेसन स्लाइड' यहाँ राख्दैछु ।
Dear Anil dai,
ReplyDeleteTapai ko slide padera dherai nai kura haru sikne mauka paye. ajai dherai yestai slide ko pratikchya ma chu.
and you are one of my inspiration dai :)
ReplyDeleteदाई म पनि यस्तैमा बर्खर पाइला सार्दै गरेको मान्छे हजुर को सहयोगको खाचो छ है अनि मेरो लिङक variousofblog.blogspot.com सहयोगको अपेछ्यो सहित
ReplyDelete