छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचय को कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइ को निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइ को नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो । सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो । इन्टरनेट ...