ट्विटर र फेसबुकमा "यस्तो हुनुपर्छ..." भन्ने आशयका ट्विट र स्टाटसहरु देखिरहिएकोछ । यसप्रकारका कुराहरु कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर फेसबुकमा मात्रै सिमित रहेको यी कुराहरु गत शुक्रबार देखि नेपाली ट्विटर जगतमा पनि आगो झैँ फैलिएकोछ ।
ट्विटरमा शुक्रबार देखि सुरु भएको यो कुरा आज सोमबारसम्म पनि जारीछ, यसबिचमा करिब २५ सय देखि ३ हजारसम्म यस सम्बन्धि ट्विट भएको अनुमान गरिएकोछ ।प्राय प्रयोगकर्ताहरुले खेल, राजनिती, पेशा, नेपाली समाज आदि विभिन्न विषयमा यसप्रकारका ट्विटहरु गरेकाछन् ।

ट्विटहरु रमाइला हुँदा हुँदै पनि, एउटै कुरा धेरै पटक दोहोरिएकोले अनि ट्विटर भरि यही सम्बन्धि ट्विटहरु मात्र देखिएकोले प्रयोगकर्ताहरु 'इरिटेटेड' पनि भएकाछन् । यति हुँदा हुँदै पनि केही रमाइला ट्विटहरु यहाँ ब्लगमा समेट्ने जमर्को गरेकोछु ।
'इरिटेड' हैन है 'इरिटेटेड'। गल्ति सुधार्नुपर्छ, गर्न त गल्ति जसले पनि गर्छन् नि। ;)
ReplyDeleteअवश्य । :)
ReplyDeleteलेखाइ भनेको यस्तो(ब्लग) हुनुपर्छ, पढाइ त इन्जिनियरले पनि गर्छ
ReplyDelete