सन् २००५ देखि सञ्चालनमा रहेको गुगल रिडर आउँदो जुलाई १, २०१३ देखि बन्द हुने भएकोछ । पछिल्लो वर्षहरुमा गुगल रिडरको प्रयोग घटेको बताउँदै सर्च जायन्ट गुगलले केहि दिन अघि रिडर बन्द गर्ने घोषणा गरेसँगै इन्टरनेटमा गुगलको घोषणाको विरोधमा आवाजहरु उठिरहेकाछन् ।
केही साइटहरुले गुगल रिडर बन्द गर्ने गुगलको घोषणाको विरोधमा हस्ताक्षर अभियान नै सञ्चालन गरेकाछन् । डिग, जाइट जस्ता सोसल बुकमार्किङ साइटले गुगल रिडर जस्तै रिडर चाँडै निर्माण गर्नेभएकाछन् भने केही साइटहरुले यो समयलाई आफ्नो रिडरको मार्केटिङमा प्रयोग गरिरहेकाछन् ।

गुगलको घोषणा सँगै रिडरका प्रयोगकर्ताहरु रिडरको विकल्प खोज्न थालेकाछन् । अष्ट्रेलियाबाट एकजना अपरिचित साथी मुरुजीले फोन गरेर गुगल रिडरको विकल्पका बारेमा बुझ्न खोजेपछि यो ब्लग नलेखिरहन सकिन ।
१) द ओल्ड रिडर
द ओल्ड रिडरललाई गुगल रिडर नै भन्दा फरक पर्दैन । ओल्ड रिडरमा साइन इन गरेर आफूलाई मन परेका साइटहरुको फिड राखेर अनलाइनमा पढ्न मिल्छ । गुगल रिडरबाट डाउनलोड गरेको फिडलाई सिधै ओल्ड रिडरमा इम्पोर्ट पनि गर्न सकिन्छ । ओल्ड रिडरलाई गुगल रिडरको उत्तम विकल्पको रुपमा मान्न सकिन्छ ।

२) फिड्ली
फिड्ली RSS रिडर हो । Android र iOS डिभाइसमा फिड्ली एप मार्फत तथा क्रोम, फायरफक्स तथा सफारी ब्राउजरमा एक्सटेन्सन मार्फत फिड्ली चलाउन सकिन्छ । गुगल रिडर बन्द हुन्छ भन्ने थाहा थियो भन्दै फिड्लीले आफ्नो ब्लगमा गुगल रिडरका फिडहरुलाई फिड्लीमा सार्न मिल्ने कुरा उल्लेख गरेकोछ ।

३) फिड रिडर
फिड रिडरलाई पनि गुगल रिडरको विकल्पको रुपमा लिन सकिन्छ ।

आफ्ना कुरा
गुगलले भने झैँ, सोसल नेटवर्कहरु तथा मोबाइल एप्सहरुका कारण गुगल रिडरको प्रयोगमा पछिल्ला वर्षहरुमा कमि आएको छ ! केही वर्ष पहिले ग्लोबल थट्ज (हाल बजम) मा लेख्न थाल्दा, मलाई टेक्नोलोजी समाचारहरु पढ्न कुन माध्यम ठिकहोला भनेर खुबै सोचेको थिँए । सबै साइटहरुमा सँधै जान गाह्रो थियो, अनि आरएसएसलाई गुगल रिडरमा तानेर पढ्न पनि खासै मन लागेन । अनि मैले ट्विटरलाई विकल्पको रुपमा रोजेको थिँए ।
आफुलाई मन परेको जति साइटलाई ट्विटरमा त्यसबेला देखि फलो गर्न थालेँ, अनि उनीहरुको ट्विटको लिंक पच्छ्याउँदै पढ्न थालेँ र यो क्रम अहिले पनि जारी छ । त्यसबेला नेपाली साइटहरुको ट्विटर एकाउन्ट नभएका कारण सबै साइटका समाचारहरु एकै ठाउँमा ल्याउने प्रयोजनले @NewsBlogsNepal नामक ट्विटर एकाउन्ट पनि सुरु गरे । अत: आज पनि ट्विटर मेरो लागि प्रमुख समाचारको स्रोत हो । ट्विटर बाहेक, मोबाइलमा गुगल करेन्टस् र पकेट प्रयोग गर्ने भएका कारण गुगल रिडरको अवसान हुँदा पनि मलाई व्यक्तिगत रुपमा कुनै वाधा चैँ नपर्ने रहेछ ।
यदि एन्ड्रोइड वा आइओस डिभाइस चलाउनुहुन्छ भने, तपाईहरुको लागि पनि गुगल करेन्ट्स उत्तम विकल्प हुनसक्छ । आफूलाई मन परेका साइटहरुलाई गुगल करेन्ट्समा अफलाइनमा पनि पढ्न सकिन्छ । यो ब्लग “आकार पोष्ट” पनि गुगल करेन्ट्समा उपलब्ध छ ।

a) Google Currents for Android
b) Google Currents for iOS
c) Subscribe Aakar Post in Google Currents
(पहिलो तस्बिर द रिडर चलचित्रबाट लिइएको हो)
गुगलको घोषणा सँगै रिडरका प्रयोगकर्ताहरु रिडरको विकल्प खोज्न थालेकाछन् । अष्ट्रेलियाबाट एकजना अपरिचित साथी मुरुजीले फोन गरेर गुगल रिडरको विकल्पका बारेमा बुझ्न खोजेपछि यो ब्लग नलेखिरहन सकिन ।
१) द ओल्ड रिडर
द ओल्ड रिडरललाई गुगल रिडर नै भन्दा फरक पर्दैन । ओल्ड रिडरमा साइन इन गरेर आफूलाई मन परेका साइटहरुको फिड राखेर अनलाइनमा पढ्न मिल्छ । गुगल रिडरबाट डाउनलोड गरेको फिडलाई सिधै ओल्ड रिडरमा इम्पोर्ट पनि गर्न सकिन्छ । ओल्ड रिडरलाई गुगल रिडरको उत्तम विकल्पको रुपमा मान्न सकिन्छ ।
२) फिड्ली
फिड्ली RSS रिडर हो । Android र iOS डिभाइसमा फिड्ली एप मार्फत तथा क्रोम, फायरफक्स तथा सफारी ब्राउजरमा एक्सटेन्सन मार्फत फिड्ली चलाउन सकिन्छ । गुगल रिडर बन्द हुन्छ भन्ने थाहा थियो भन्दै फिड्लीले आफ्नो ब्लगमा गुगल रिडरका फिडहरुलाई फिड्लीमा सार्न मिल्ने कुरा उल्लेख गरेकोछ ।
३) फिड रिडर
फिड रिडरलाई पनि गुगल रिडरको विकल्पको रुपमा लिन सकिन्छ ।
आफ्ना कुरा
गुगलले भने झैँ, सोसल नेटवर्कहरु तथा मोबाइल एप्सहरुका कारण गुगल रिडरको प्रयोगमा पछिल्ला वर्षहरुमा कमि आएको छ ! केही वर्ष पहिले ग्लोबल थट्ज (हाल बजम) मा लेख्न थाल्दा, मलाई टेक्नोलोजी समाचारहरु पढ्न कुन माध्यम ठिकहोला भनेर खुबै सोचेको थिँए । सबै साइटहरुमा सँधै जान गाह्रो थियो, अनि आरएसएसलाई गुगल रिडरमा तानेर पढ्न पनि खासै मन लागेन । अनि मैले ट्विटरलाई विकल्पको रुपमा रोजेको थिँए ।
आफुलाई मन परेको जति साइटलाई ट्विटरमा त्यसबेला देखि फलो गर्न थालेँ, अनि उनीहरुको ट्विटको लिंक पच्छ्याउँदै पढ्न थालेँ र यो क्रम अहिले पनि जारी छ । त्यसबेला नेपाली साइटहरुको ट्विटर एकाउन्ट नभएका कारण सबै साइटका समाचारहरु एकै ठाउँमा ल्याउने प्रयोजनले @NewsBlogsNepal नामक ट्विटर एकाउन्ट पनि सुरु गरे । अत: आज पनि ट्विटर मेरो लागि प्रमुख समाचारको स्रोत हो । ट्विटर बाहेक, मोबाइलमा गुगल करेन्टस् र पकेट प्रयोग गर्ने भएका कारण गुगल रिडरको अवसान हुँदा पनि मलाई व्यक्तिगत रुपमा कुनै वाधा चैँ नपर्ने रहेछ ।
a) Google Currents for Android
b) Google Currents for iOS
c) Subscribe Aakar Post in Google Currents
(पहिलो तस्बिर द रिडर चलचित्रबाट लिइएको हो)
The question is whether Google can kill the RSS... see my post on similar topic :)
ReplyDelete