Skip to main content

नेपाल परहरी … अब कपालको सेवामा

सँधै राजनितिको कुराले तात्ने सोसल नेटवर्कहरुमा २-३ दिन यता नेपाल प्रहरीको नयाँ हर्कतले तातेकोछ । अपराध नियन्त्रणको निहुँमा कपाल पाल्ने, मुन्द्रा लाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कारवाही गर्न थालेकोछ ।  समाचार अनुसार “नियन्त्रणमा लिएकाहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको छ। लामो अशोभनिय कपाल पालेकाको कपाल काटिएको छ तथा, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिइकोछ।” नेपाल प्रहरीको ज्यादतिको विरोधमा फेसबुकका भित्ताहरु स्टाटस र फोटोहरुले भरिएकाछन् । Nepal-Police-Hair-cut-departmentप्रहरीको अभियान देखेर आफैँलाई लाज लागेकोछ । राजनैतिक दलहरुका वरपर रहेका डनहरु, अपराधिहरु खुल्लमखुल्ला हिँडिरहेकाछन्, तर प्रहरीले अपराध नियन्त्रण गर्ने निहुँमा लामो कपाल भएका युवाहरुको कपाल काट्ने अभियान थालेकोछ । संगठित अपराधीहरुबाट जनताले दु:ख व्यहोरीरहेका बेला, जनताको ध्यान मोड्न र पपुलिस्ट हुन, एउटा “वाहियात” अभियान सञ्चालन गरिरहेछ । आफ्नो असक्षमता ढाक्न कपाल लामो भएका युवाहरु अपराधी हुन् भन्ने कुरा प्रमाणित गर्न लागिपरेकाछन् । केही समय पहिले भारतमा, एकजनाले “चाउमिनका कारण बलत्कारको घटना घटेको हो” भन्ने आशयको अभिव्यक्ति दिएका थिए । प्रहरीले पनि त्यसै आशयको “लजिक” लगाइरहेछ । हत्या, लुटपाट अनि अपहरणको श्रृंखला रोकिएकोछैन तर युवाहरुले आफूखुशी कपाल पाल्न भने नपाउने भएकाछन्, मुन्द्रा लगाउन नपाउने भएकाछन् ।

nepal-police-hair-cutछोटो पहिरनका कारण बलत्कारको घटना बढेको भन्नु र कपाल लामो पालेका कारण लुटपाटको घटना बढेको” भन्नु एकै हो । कपाल लामो हुनु र लुटपाट हुनुको कुनै सम्बन्ध छैन भन्ने कुरा त, नेपाल प्रहरीको फेसबुक र साइटले पनि भनिरहेकोछ । प्रहरीले लामो कपाल र अपराधको सम्बन्ध देखाउँदै, अभियान चलाएपछि नेपाल प्रहरीको फेसबुकमा आएका अपडेटहरु हेरेँ, त्यहाँ कुनै पनि अपराधीको कपाल लामो थिएन, बरु छोटो थियो । यसैबाट थाहा हुन्छ, अपराधसँग कपाल लामो र छोटो हुनुको सम्बन्ध छैन, नभए मैले प्रहरीको फेसबुकमा कपाल र मुन्द्रा लगाएकाहरुको फोटो देख्नुपर्ने हो । बरु छोटा कपाल भएका, राजनैतिक आवरणमा रहेका व्यक्तिहरुले सारा देश लुटिरहेकाछन्, तर उनीहरु त्यो देख्दैनन् तर कपाल पाल्नेलाई देखि सहँदैनन् ।

प्रहरीले नेपाली नागरिकको स्वतन्त्रताको हनन गरेकोछ । नेपाल प्रहरीको यो हर्कतको जति नै भत्सर्ना गरेपनि कम नै हुन्छ । यस्ता वाहियात “लजिक” कसले ल्याउँदोहोला, प्रहरीमा? काठमाडौँको सडकहरुमा युवाहरुको कपाल काटिँदैगर्दा, प्रहरीहरु लामो कपाल भएका गुरु रविशंकरका कुराहरु सुन्दैथिए । कपाल लामो हुने व्यक्ति अपराधी हुन् भन्छन् भने, प्रहरीले सबैसँग समान व्यवहार नै गर्नुपर्ने हो । लामो कपाल भएका रविशंकर विद्वान हुन् भन्छ्न् भने एउटा केटोले कपाल पाल्दा उ कसरी अपराधी हुन्छ? उसले कसरी समाजको शान्ति सुरक्षामा खलल पुर्याउँछ ? le-nepal-police

अपराध नियन्त्रण गर्ने निहुँमा जो कोहीलाई दु:ख दिनेकाम नेपाल प्रहरीले तत्काल बन्द गर्नु जरुरी छ । कपाल काट्ने अभियानमा लाग्नुको सट्टा प्रहरीले अन्य कुराहरुमा ध्यान दिए, समाज र देशको लागि धेरै राम्रो हुनेथियो । nepal-police-hair-cut-before-and-after

सबै फोटोहरु, ट्रोल नेपालबाट

Comments

  1. for cheap popularity such things happen, raid at lodge and hotels where couples are having good time saying it is improper ( but they are not doing in public), hair cut ( what will they when deep purple lands in KTM in couple of week or babaji sadhu who will arrive for shiva ratri... all baba's are criminals in eye of nepal police) it reminded of achyut krishna kharel's dingo boot cut abhiyan :P. it is a trend in police to do something different but in wrong way :). they did not realize that most of the philosopher have long hair. rabindra nath tagor , even our kavi siromani leknath poudel

    ReplyDelete
  2. रैती हरुले सासकले के भन्यो त्यही मान्ने त हो | त्यो भन्दा धेरै के पो हैसियत छ र हाम्रो

    ReplyDelete
  3. म लाई (मेरो ब्यक्तिगत धारणा ) भने यो कपाल र मुन्द्राको बहस गर्ने बेला हो जस्तो लाग्दैन। पाल्ने ले पाल्यो त्यो पनि केहि खराब थियेन।।।। अब काट्दा पनि केहि बिग्रेको पनि छैन । हुनत ब्याक्तिगत स्वास्थ र सुरक्षा (according to hygiene and safety) को हिसाब ले कपाल पल्नु राम्रो होइन।
    http://kishorkc.blogspot.com

    ReplyDelete
  4. is this Democracy of nepal WTF!!!!!!

    ReplyDelete
  5. balatkar, loot-maar, hatiya, thug-dakaiti garne haru lae samatna nasakne yesta bakamfusse police haru kai napayera sojha janta lae dukha dincha

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post