फलो फ्राइडे ट्रेन्ड ट्विटरमा करिब ३ वर्ष पहिले सुरु भएको ट्रेन्ड हो । हरेक शुक्रबार ट्विटर प्रयोगकर्ताहरु फलो फ्राइडे ट्रेन्ड पच्छ्याउँदै, आफ्ना फलोअरहरुलाई आफ्ना अरु साथीहरु तथा कुनै विषयमा दख्खल राख्ने व्यक्तिहरुलाई एकमुष्ट रुपमा फलो गर्न आफ्नो ट्विट मार्फत सुझाउँछन् । अधिकांश समयमा ट्विटरमा दिइने ‘फलो फ्राइडे’ले ट्विटरमा फलोअर बढाउन सहयोग गरिरहेको हुन्छ साथै नयाँ व्यक्तिसँग चिनाजानी र भेटघाट पनि गराइदिइरहेकोहुन्छ ।
हामी कसैलाई फलोफ्राइडे दिँदैछौँ भने, उक्त व्यक्तिको ट्विटर ह्यान्डल तथा उसको परिचय उल्लेख गरिदिनुपर्छ। उदाहरणको लागि अघिल्लो हप्ता मैले @HappyNepal लाई फलोफ्राइडे (#ff / #followfriday) यसरी दिएको थिँए !
यसबाहेक एकै किसिमका रुची राख्ने वा एकै किसिमका विषयमा काम गर्ने, ट्विट गर्नेहरुलाई पनि समूहमा फलोफ्राइडे दिन सकिन्छ । फलोफ्राइडेले तपाई र तपाईका साथिहरु बिचको सम्बन्ध ट्विटरमा अझै दरिलो पनि बनाउन सहयोग गर्छ ।
ट्विटरमा फलो फ्राइडे एउटा गजबको ट्रेन्ड बसेकोछ । ट्विटरमा दिनहुँ नयाँ नयाँ ट्रेन्डहरु देख्नपाइन्छ, ती ट्रेन्डहरु केही घन्टा र केही दिनपछि सायदै कसैले याद गर्छन् । तर ट्विटर “फलो फ्राइडे” यस्तो ट्रेन्ड हो, जुन सन् २००९ मा सुरु भयो र आजसम्म पनि जारी छ, अनि भोलिका दिनमा पनि यो ट्रेन्ड जारी रहनेछ ।
सन् २००९ को जनवरीमा एउटा साधारण ट्विटबाट फलो फ्राइडे ट्रेन्ड सुरु भएको थियो । Micah Baldwin ले गरेको (तल उल्लेखित) ट्विटलाई फलो फ्राइडे ट्रेन्डको सुरुवात मान्ने गरिन्छ: “I am starting Follow Fridays. Every Friday, suggest a person to follow, and everyone follow him/her. Today its@fancyjeffrey & @w1redone.”
बाल्डविनले ट्रेन्डको सुरुवात गरेको भएपनि यसमा “फलो फ्राइडे” वा “एफ एफ” ह्यासट्याग राखिएको थिएन । बाल्डविनको यो ट्विटपच्छ्याउँदै Mykl Roventine ले #followfriday भन्ने ह्यासट्याग ट्विटरमा फैलाउन मद्दत गरे । फलोफ्राइडे (#followfriday) लाई अहिले छोटकरीमा #ff पनि लेख्ने गरिन्छ ।
हरेक शुक्रबार विश्वभर ट्विटरमा यही ट्रेन्ड अहिले पनि पच्छ्याइन्छ । यसैलाई ट्विटरमा लामो समयसम्म कायम रहेको ट्रेन्ड भनेर बुझ्न पनि सकिन्छ ।
तस्विर साभार: cision.com, websuccessteam.com
हामी कसैलाई फलोफ्राइडे दिँदैछौँ भने, उक्त व्यक्तिको ट्विटर ह्यान्डल तथा उसको परिचय उल्लेख गरिदिनुपर्छ। उदाहरणको लागि अघिल्लो हप्ता मैले @HappyNepal लाई फलोफ्राइडे (#ff / #followfriday) यसरी दिएको थिँए !
#FF @happynepal For good & motivational news from Nepal. So many good things happening here. :-)
— Aakar Anil (@aakarpost) November 2, 2012
यसबाहेक एकै किसिमका रुची राख्ने वा एकै किसिमका विषयमा काम गर्ने, ट्विट गर्नेहरुलाई पनि समूहमा फलोफ्राइडे दिन सकिन्छ । फलोफ्राइडेले तपाई र तपाईका साथिहरु बिचको सम्बन्ध ट्विटरमा अझै दरिलो पनि बनाउन सहयोग गर्छ ।
ट्विटरमा फलो फ्राइडे एउटा गजबको ट्रेन्ड बसेकोछ । ट्विटरमा दिनहुँ नयाँ नयाँ ट्रेन्डहरु देख्नपाइन्छ, ती ट्रेन्डहरु केही घन्टा र केही दिनपछि सायदै कसैले याद गर्छन् । तर ट्विटर “फलो फ्राइडे” यस्तो ट्रेन्ड हो, जुन सन् २००९ मा सुरु भयो र आजसम्म पनि जारी छ, अनि भोलिका दिनमा पनि यो ट्रेन्ड जारी रहनेछ ।
सन् २००९ को जनवरीमा एउटा साधारण ट्विटबाट फलो फ्राइडे ट्रेन्ड सुरु भएको थियो । Micah Baldwin ले गरेको (तल उल्लेखित) ट्विटलाई फलो फ्राइडे ट्रेन्डको सुरुवात मान्ने गरिन्छ: “I am starting Follow Fridays. Every Friday, suggest a person to follow, and everyone follow him/her. Today its
बाल्डविनले ट्रेन्डको सुरुवात गरेको भएपनि यसमा “फलो फ्राइडे” वा “एफ एफ” ह्यासट्याग राखिएको थिएन । बाल्डविनको यो ट्विटपच्छ्याउँदै Mykl Roventine ले #followfriday भन्ने ह्यासट्याग ट्विटरमा फैलाउन मद्दत गरे । फलोफ्राइडे (#followfriday) लाई अहिले छोटकरीमा #ff पनि लेख्ने गरिन्छ ।
हरेक शुक्रबार विश्वभर ट्विटरमा यही ट्रेन्ड अहिले पनि पच्छ्याइन्छ । यसैलाई ट्विटरमा लामो समयसम्म कायम रहेको ट्रेन्ड भनेर बुझ्न पनि सकिन्छ ।
तस्विर साभार: cision.com, websuccessteam.com
Nice one :-)
ReplyDeletethanks for the good info Anil Zee.
ReplyDeleteVery invormative. Keep up the good work.
ReplyDeleteThank you.
ReplyDeleteVery informative.
ReplyDelete