फेसबुक ’को ‘प्राइभेट’ म्यासेज फेसबुक टाइमलाइनमा ‘वाल पोष्ट’ को रुपमा देखिएको कुरा करिब हप्ता दिन देखि इन्टरनेटमा चर्चाको विषय बन्दै गएकोछ । दर्जनौँ ब्लग र टेक्नोलोजी साइटहरुले ‘फेसबुक’ को प्राइभेट म्यासेज वालमा देखिएको कुरा उठाइरहँदा, फेसबुकले भने “वाल पोष्ट”मा प्राइभेट म्यासेज पोष्ट नगरिएको दावी गरेकोछ । फेसबुकले त्यस प्रकारको दावी गरिरहँदा पनि फेसबुक प्रयोगकर्ताहरुले भने ‘वाल’मा पुराना आफ्ना ‘प्राइभेट’ म्यासेजहरु देखिरहेका छन् । सन् २००७ देखि सन् २००९ सम्मका प्राइभेट म्यासेजहरु फेसबुकवालमा देखिएको हो । पक्कै पनि “प्राइभेट म्यासेज” प्राइभेट नै रहनुपर्छ तर तपाई हामीले थाहा नै नपाइ हाम्रा ‘गोप्य’ भनिएका संवादहरु “फेसबुक वालमा” छरपस्ट भइरहेकाछन् । यसकारण तपाई यसबारेमा सजग रहनु जरुरी छ । अहिलेको फेसबुक च्याट पहिलेको फेसबुक म्यासेज भन्दा फरक हो, पहिले च्याट ‘सेभ’ भएर म्यासेजमा बस्दैनथियो । त्यसबेला च्याट र फेसबुक म्यासेज फरक थियो, सायद यसैकारण पनि त्यसबेलाका फेसबुक म्यासेज वालमा अहिले देखिएकाहुन् भन्ने अनुमान गरिएकोछ । मेरो टाइमलाइनमा साथिहरुबाट पोष्ट गरिएका कुराहरु मैले मात्र देख...