झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो ।आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ, यदि एप्पल वा आइबिएम जसरी शाक्यको कम्प्युटर विश्वभरि फैलिएको हुँदो हो त, हामी नेपाल र नेपाली भनेर संसारसामु चिनिने थियौँ होला, कसैले गौतमबुद्ध र सगरमाथा मेरो भन्ने साहस पनि गर्दैन थियो होला । नेपाल पश्चिमी मुलुक जत्तिकै सुविधा सम्पन्न पनि हुनेथियो होला । शाक्यको कुरा सुन्दै जाँदा यस्तै यस्तै कुराहरु मनमा खेल्दै रहे ।
हार्डवेयर निर्माणबाट प्रसिद्दि कमाएको आइबिएमले सन् १९८१ मा माइक्रोचिप्सयुक्त माइक्रोकम्प्युटर निर्माण गरेको थियो । तर त्यस भन्दा २-३ वर्ष पहिले नै मुनिबहादुर शाक्यले त्यस्ता कम्प्युटरहरु नेपालमै बनाउनु भएकोथियो । सन् ७०-८० को दशकमै विश्वमा कम्प्युटरको विकासक्रमले गति पाएकोथियो ! मुनिबहादुर शाक्यको कुरा यतिमै सिमित छैन, केही न केही नयाँ गर्न रुचाउनुहुने शाक्यले कम्प्युटरको लागि सन् १९८३ मा ‘देवनागिरी लिपी’को पनि निर्माण गर्नु भएकोथियो ।
शाक्यको रुचि रोबोटिक्समा पनि थियो, त्यसै समयमा उहाँले आफ्नो घरलाई यान्त्रिक बनाउनुभएको थियो । उहाँले आफ्नो आवाजबाट नियन्त्रण गर्न सकिने प्रविधि विकास गर्नुभएको थियो । पानी खोल्न, बत्ति बाल्न निभाउन, रेडियो बजाउन, बन्द गर्न छुनै नपर्ने, शाक्यले यी सबैकुरा आफ्नो आवाजबाटै गर्नुहुन्थ्यो । पानी भन्नेबित्तिकै पानी आउने, रेडियो भन्ने बित्तिकै रेडियो बज्ने । कुरा सुनिरहँदा कुनै एकादेशको कथा सुनिरहेजस्तो लाग्यो ।
उहाँ ७० वर्ष टेक्दा पनि उत्तिकै फुर्तिलो हुनुहुन्छ भन्ने कुरा अहिले गरिरहेका कुराहरुले पनि पुष्टि गर्छ । उहाँले माइक्रोकम्प्युटर देखि, ग्रिन कम्प्युटर, सुपर कम्प्युटर, नेपाली रोबट्सहरु बनाउनु भएकोछ र अहिले ग्रिन कम्प्युटरलाई नै अघि सार्नुभएकोछ । २० वाट भन्दा कम पावर खपत गर्ने ग्रिन कम्प्युटरको निर्माण गर्नुभएका शाक्यले यही ग्रिन कम्प्युटर मार्फत देशको पश्चिमि भागमा टेलिमेडिसिन समेत सञ्चालन गरिरहनु भएकोछ ।
सन् १९४२ मा जन्मनु भएका शाक्यले सन् १९६५ मा भारतबाट रेडियो इलेक्ट्रोनिक्सको कोर्स गर्नुभएको थियो भने, १९७२ मा बेलायतबाट कम्प्युटर इन्जिनियरिङ गर्नुभएको थियो । शाक्यको कम्प्युटर पहिलोपटक नेपाल कृषि बैंकले प्रयोग गरेको थियो भने अन्य केही देशहरुमा पनि कम्प्युटर निर्यात गर्नुभएको थियो ।
(नोट: हिजो लोकस २०१२ मा नेपाली कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले भन्नु भएको कुरामा आधारित भएर यो ब्लग तयार पारिएको हो । उहाँले बनाएका कम्प्युटर र विकास गरेका प्रविधिहरुको फोटो भने कुनै दिन उहाँकै कार्याशालामा पुगेर खिचेर ल्याउनेछु । धन्यवाद ।)
Thanks dai!
ReplyDeleteThis is completely incredible. But never heard anything before. If he has really innovated such a technology, he must have come out in the public with his innovation. It's not too late yet, I can read that he is working on super Computer, green Computers and Nepali Robots. He needs to share his idea with young nepalese people those who are in this field and try to make it lage in the wold market. I am very much looking forward to read more articles and to see pictures of his innovation.
ReplyDeleteAnil Bhai thanks for sharing it.
कतै फुर्ति गरेको जस्तो त लाग्दैन । सबैले थाहा पाएको कुरा फेरि गरेको भए, सायद भन्न मिल्थ्यो । थाहा नै नभएको कुरा अगाडि ल्याउनु फुर्ति गरेको भन्न अलि नमिल्ला । कम्प्युटर बनेको थियो भनेर हामी त अहिले गर्व नि गर्न सक्दैनौँ तर विश्वमा नयाँ क्रान्ति ल्याएको त कम्प्युटर ले नै हो । उहिले हार्डवेयरमा गरिएको कुरा बाहिर आउन सकेन । अहिले नेपालमा हार्डवेयर त होइन तर सफ्टवेयर चाँही वार्षिक रुपमा दर्जनौँ रुपमा बनिरहेकाछन् तर यहाँ पनि त्यस्तै कुरा दोहोरिएको जस्तो लाग्छ । अहिले आफूले गरेको काम नदेखाइ कसैले थाहा पाउँदैन, त्यस्तै आशय सहित मुनी शाक्यले गरेका कुराहरु ब्लगमा लेखिएको हो ।
ReplyDeletewow, kuhirole chopeko kaag jastai, ko hi pani aayenan Gham ko ujyalo liyera Badal lai pansauna........................................
ReplyDeleteWhat do yo mean by "
ReplyDeleteHe built 'Devnagiri'"?
site pani 1970s tirai banako raichha :P
ReplyDeleteyo kura nepal khabar patrika ho ki himal khabar patrika ma pani paila charcha vaeko thyo!!!!
ReplyDeleteaakar jee le yo blog, ibm computer vanda paila nepal ma computer banisakeko vanera charcha garera furti gara..vanera lekheko haina jasto lagcha malai....
ReplyDeleteआइबिएम भन्दा पहिलेनै नेपालमा कम्प्युटर बनेको थियो भनेर के फुर्ती लाउनु ! यस्ता फुर्ती लाउने चिज कती छ कती नि यस्तो फुर्तीले भोकाएको पेट भरिने होईन क्यार !! काठमाण्डौ उपत्यकाका हरेक दरबार स्क्वायर कोलम्बसले अमेरिका पत्ता लाउनु भन्दा अघी बनिसकेका थिय नि !! गोर्खाली भने पछी हिट्लर नि डराउथे नि !! कुनै दिन जापानलाई नेपालले चामल अनुदान दिन्थ्यो नि !!
ReplyDeleteYeah! It's hard to believe. btw, check out some comments here: http://goo.gl/7IjyM Also check his website
ReplyDeletehttp://www.hitechpioneer.com
Frankly speaking, I didn't believe this...
ReplyDelete"आईबिएम भन्दा पहिले नेपालमा माइक्रो कम्प्युटर" who gonna believe it...that was the time when there were no much computer in Nepal and when the computer price were so high which was difficult to afford for general nepalese people
May be, at that time, no one understood what computer means!
ReplyDeleteNo Idea about this. But it's what he said.
ReplyDeleteAakar, have the claims been verified?
ReplyDeleteImpressed... Mesmerized...yet wondering why he had been so much undercover..??
ReplyDeletewaiting for more on this one, with more facts!
ReplyDeleteनेपालको धरातलिय यथार्थनै यो हो कि, यहाँ स्टिभ जब्सनै जन्मेकोथिए भने पनि केही गर्न सक्थ्येनन्। एक व्यक्तीले सपना देख्न सक्छ, त्यसलाई सही आर्थीक र प्राबिधीक र बौधिक सहयोग प्राप्त भएमात्र सपनाले साकार रुप लिनसक्छ जुन नेपालको प्रिष्ठभुमिमा असंभव छ। त्यसैले ईन्जिनियर मुनिबहादुर शाक्यको कुरालाई विश्वास नगर्नुपर्ने कुनै आधार भेट्दिन। मैले धेरै राम्रो योजना भएका नेपालीहरु भेटेको छु, कतीको योजना सफलप्राय: जस्तो लाग्छ यद्द्पी त्यसको लागि गर्ने खतरा मोल्न त एक व्यक्तीले सक्छ, न त हाम्रो सरकारनै त्यती सहयोगी छ। नेपाली भएकैले केही गर्न नसक्ने होईन, एक से एक जातका बिउहरु यहाँ पनि छन्, कुरो बातावरणको हो।
ReplyDelete