अमेरिकी राष्ट्रपति वाराक ओवामाले आफ्नो राष्ट्रपतिको चुनाव प्रचारको लागि सोसलमिडियाको भरपुर उपयोग गरेका थिए । सोसलमिडियामा गरिएको व्यापक ‘क्याम्पिङ’का कारण ओवामालाई राष्ट्रपतिय निर्वाचनमा सफलता मिलेको थियो ! ओवामा त एउटा प्रतिनिधी पात्र मात्रै हुन् ! हिजोआज सोसल मिडियालाई पत्रकार, कलाकार आदिले मात्र होइन राजनितिज्ञले पनि अंगाल्दै गइरहेकाछन् । भेनेजोएलाका राष्ट्रपति ह्युगो चाभेज देखि लिएर क्युवाका फिडेल क्यास्ट्रो, अनि भारतका प्रधानमन्त्री मनमोहन सिंह लगायतहरुले ट्विटरमा आफ्नो उपस्थिति जनाइसकेकाछन् ।
आफ्नो पक्षमा जनमत बनाउन भनौँ वा जनतामाझ पुग्नको लागि राजनितिज्ञहरुले हिजोआज सोसलमिडियाको भरपुर उपयोग गर्न थालेकाछन् ! वर्षदिन अघिको खबरलाई साँचो मान्ने हो भने, भेनेजोएलाका राष्ट्रपति ह्युगो चाभेजले आफ्नो ट्विटर व्यवस्थापनको लागि करिब २०० कर्मचारी खटाएका थिए । संसारभरी फैलिएको सोसलमिडियाको ज्वरो, नेपालमा बिस्तारै छिर्दै गएकोछ । केही नेपाली कलाकारहरु र नेपाली ब्रान्डहरुले सोसलमिडिया विशेषत फेसबुकमा आफ्नो उपस्थिति जनाएका भएपनि नेपाली राजनितिज्ञहरु फेसबुक तथा ट्विटरमा भेट्न मुस्किल नै पर्छ भन्दा फरक पर्दैन । यसो भन्दैमा नेपाली राजनितिज्ञहरु फेसबुकमा हुँदै नभएका भने होइनन् तर भएकाहरु पनि रेगुलर फेसबुक अपडेट गर्दैनन् अनि फेसबुकमा ओरिजिनल भन्दा “फेक” एकाउन्टहरुकै हाली मुहाली रहेकोछ । बाबुराम र प्रचण्डको फेसबुकमा दर्जन बढि पेजहरु होलान् तर दुर्भाग्य सबै “फेक” पेजहरु हुन् ।
सोसल मिडियाको बढ्दो लोकप्रियता र प्रयोग सँगै केही नेपाली नेताहरु फेसबुक प्रति आकर्षित भएकाछन् । गगन थापा, प्रकाश दाहाल आदि नियमित फेसबुकमा आफ्ना अपडेटहरु राख्ने गर्छन् । यसैक्रममा अब नेपाली कांग्रेस पार्टिका उपसभापति रामचन्द्र पौडेल पनि थपिएकाछन् । तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गत महिना मे ३ देखि आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएकाहुन् ।
रामचन्द्र पौडेलको फेसबुक पेजमा, पौडेलका धारणाहरु, फोटोहरु तथा उनीसँग सम्बन्धित समाचारहरु पोष्ट गरिएकाछन् । नियमित रुपमा अपडेट भइरहेको फेसबुक पेजमा, सहयोगीको सहयोगमा आफ्नो फेसबुक पेजमा अन्तरक्रिया गर्ने गरेकाछन् । हाललाई विशेषत: संघियता सम्बन्धि पोष्टहरु नै उनको पेजमा देख्न सकिन्छ । यसका अलवा, देश विकासको लागि युवा जनशक्ति परिचालन हुनुपर्छ भन्ने मान्यता सहितका भनाइहरु राखिएकाछन् । उनले फेसबुक मार्फत नै सल्लाह, सुझाव लिने पनि गरेकाछन् । यो ब्लग तयार पार्दा सम्म १ सय ४९ जनाले पौडेलको पेजलाई लाइक गरेकाछन् ।
सोसलमिडियाको उपयोगिता बुझेर, फेसबुकमा आफ्नो पेज सञ्चालनमा ल्याएका पौडेललाई बधाइ छ ! आशा छ, सोसल मिडियाको माध्यमबाट जनताका धारणाहरु बुझ्न उनलाई सजिलो हुनेछ र जनताका आकांक्षा बुझेर आफ्ना पाइलाहरु चाल्नेछन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई फेसबुकमा हार्दिक स्वागत छ ! पौडेलका साथ साथै हामीलाई पनि सफलता मिलोस्, साँच्चैको नयाँ नेपालको अनुभुति गर्न पाइयोस्, शुभकामना !
bichara facebook.
ReplyDeleteram chandra ji le yeslai pani k k garne ho ? :P
नेताहरूले सामजिक सञ्जालको महत्व बुझेछन् भेन तिनलाइ नै राम्रो हो ! । लौ म पनि लागेँ उनको पेजतर्फ :)
ReplyDeletelikes
ReplyDeletegreat---very positive-we sure will do gr8 for the country!!JAI NEPAL
ReplyDeletepoudel ji ko soch ta sahi6 tara .. poudel le garne kadapi apatyar hin ho ... dekhi sakiyo 2007 - 2047 dekhi ...
ReplyDeletemata dislike gar6u ..
ReplyDeleteमैले पनि 'लाइक' गरेँ !!! :)
ReplyDelete