आज टिएफसी नेपाल, नेपाली ट्विटर प्रयोगकर्ताहरुको समूहले १ वर्ष पुरा गरेकोछ । गत वर्ष सुरु भएको यो समूहले १ वर्षको बिचमा विभिन्न पाँचवटा ठाउँमा आफ्नो सहयोग कार्यक्रम गरिसकेकोछ । पछिल्लो पटक हामी गतसाल डिसेम्बरमा उदयपुरको गाईघाट गएका थियौँ, टिएफसीको पाचौँ मिसनको लागि । हामीले टिएफसी मार्फत उदयपुरमा रहेको दृष्टिविहिन स्रोत कक्षाका दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेका थियौँ !
माथि यति धेरै भुमिका त बाँधे तर अब यहाँ राख्न खोजिएको कुरा भने फरक छ ! समग्रमा भन्दा गाईघाट जाँदा खिचिएको श्रमिक पार्कको फोटोहरु यहाँ राख्दैछु । स्रस्टा स्मारक, श्रमिक पार्क, ज्ञानविज्ञान कुञ्ज, भगवती पर्यटन क्षेत्र आदिको नामले प्रचलित पार्कमा विभिन्न देवदवताको मुर्तिका साथै नेपाली जनजिवन झल्कने मुर्तिहरु छन् । पार्कको बिचमा गौतम बुद्धको श्रमिक रुप झल्कने मुर्ति राखिएकोछ । श्रमिक पार्कको रुपमा त्यस पार्कलाई चिनाउने प्रयत्न गरिएको भएपनि, पार्कको निर्माण सम्पन्न भएकोछैन । पार्कको काम हुँदा हुँदै विविध कारणले, पार्कको काम रोकिएको रहेछ । तर पनि गाईघाट पुगियो भने, एकपटक श्रमिक पार्क चाँहि जानै पर्ने ठाउँ रहेछ ! पार्कमा पुग्नुपर्ने अर्को कारण भनेको, त्यहाँबाट गाईघाट बजार पुरै देख्न सकिन्छ !
हामीलाई गाईघाट घुमाउने गाईघाटका सम्पूर्ण साथीहरुलाई फेरि पनि धन्यवाद ! :)
It's Awesome!
ReplyDeleteIts Amazing. after watching all these picture i feel we are 100 years back. thank you for sharing such nice picture. still some place of nepal we can see like this in live.
ReplyDelete