“तिमी को हो?” मेरो प्रश्न थियो!
उसले भनी, “खुशी” ।
“को खुशी”, मैले सोधेँ !
“ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ !
“ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?”
“जे भने नि हुन्छ!”
“उसोभए म खुशी भन्छु है”, मैले भनेँ !
उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” ।
कुरा यसरी नै सुरु भएको थियो च्याटमा !
च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?”
मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(”
“हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ ।
“नाम मे क्या रखा है? ;)”, उसको जवाफ !
“नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ !
“पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।
“किन यस्तो डायलग मारेको हजुर, ल ठिकै छ उसोभए खुशी नै भन्नुपर्ला” मैले उसको नाम राखेँ “खुशी” भनेर ।
“यो खुशी नै हो”, उसले विश्वस्त बनाउने प्रयत्न गरी ! र थपी, “तर कसैलाई नभन है, मेरो ट्विटरको बारेमा” ।
“हस हजुर, तर मलाई चैँ भन्नुपर्यो तिम्रो बारेमा, पहिले मैले त थाहा पाउनु पर्यो, अनि पो भन्नु त”, मेरो
खुल्दुली अझै मेटिएको थिएन !
ऊ: “थाहा पायौ त?”
म: “पाइएन”
ऊ: “लु सोध न त? के भनुम?”
अकस्मात के सोध्ने भेउ पाइएन ! अनि याहु च्याटमा ‘एएसएल’ सोधे झैँ, ज्ञानी भएर सोधेँ, “हजुर कहाँबाट बोली बक्सेको हो? के गर्दै होइबक्सिन्छ?”
ऊ: “काँ बोले र म? म त लेखिरा’को, ट्विटि रा’को ! तिम्रो दिमाग खाइरा’को ! नट रियल्ली है, दिमाग त हुनेको पो खानु त!”
म: “त्यही त, मेरो थोरै दिमाग पछि नि किन यस्तो दौडिराको? अनि कहाँबाट ट्विटि रा’को हजुर?”
ऊ: “सिनामंगलबाट, घरकै एड्रेस दिउँ कि?”
मैले नि भनिहालेँ, “देउ न त, भोलि त्यतै आउँदैछु”।
ऊ: “कहाँ आउँछौ? भेटम न त?”
उसको जवाफले ट्वाँ परे तर फेरि भने, “सिनामंगल आउँछु, तिमी आउने हो?”
ऊ: “हो, केएमसी अगाडि आउ !”
म: “केएमसी?”
ऊ: “काठमाडौँ मेडिकल कलेज, केही थाहा छैन, सिनामंगल आउँछु रे” !
म: “आउँछु आउँछु” ।
ऊ: “डिल?”
म: “डिल, तर कसरी चिन्नु मैले?”
ऊ: “म चिनिहाल्छु नि, आफू त तिम्रो फ्यान परियो”
म: “मेरो फ्यान? हैन के अचम्म सुन्नु पर्छ मैले?”
ऊ: “लु फिर्ता लिएँ :(”
म: “केएमसीको अगाडि आउ रे, के गर्छौ तिमी त्याँ?”
ऊ: “स्पट भनेको नि ! कहाँ आउछौँ त?”
म: “अनि कहाँ आउनु त?”
ऊ: “तिमी भन अब, मैले भनेको त तिमीलाई ठिक लागेन!”
म: “एयरपोर्ट गेट।”
ऊ: “डेटिङमा जान ला’को हो र?”
मलाई भोलिपल्ट ‘एयरपोर्ट जानुथियो, एयरपोर्ट सरसफाइ अभियानमा सहभागी हुन ! मैले अनि त्यही अभिप्रायले, भोलि एयरपोर्टमा काम छ, त्यहीँ आउ भनेँ !
ऊ: “के छ त्याँ एयरपोर्टमा?”
म: “सरसफाइ कार्यक्रम”
ऊ: “भेरि स्मार्ट ! म त्यो सरसफाइ गर्दिन ।”
म: “एयरपोर्ट सरसफाइ नगरेर के गर्छौ त, एयरपोर्ट भोलि गएर?”
ऊ: “कफी सफीको कुरा छैन, एयरपोर्ट सफा गर्न हिँड रे !”
म: “अब गर्मी लागिसक्यो, गर्मीको बेला नि कफी खान्छौ र?”
ऊ: “तिमी सँग भए’सी गर्मी त कता कता भागिहाल्छ नि! तिम्लाई कम्प्लिमेन्ट दे’को हैन नि, ‘यु आर कोल्ड पर्सन’ भनेको”
नारायण वाग्लेको पल्पसा क्याफे पढ्दा एकठाउँमा छिरिङले १६ वर्षकी केटी बनेर दृश्यलाई च्याटमा नराम्रो सँग चाटेको याद थियो ! मलाई पनि कसैले दिमाग चाटिरहेझैँ लाग्यो, मेरो दिमाग धेरै नखाउ, को हो तिमी झट्टै भन, भनेँ !
उताबाट झट्ट जवाफ आयो, “ल ल अब देखि तिम्रो दिमाग खान्न, प्रमिस!”
म: “अब भन न त, उसोभए दिमाग नखाइकन”
ऊ: “के भन्नु, सोध न, भनिहाल्छु नि”
कसैको बारेमा केही जान्न मन भए उसको ‘सोसल नेटवर्क’ मा भएका प्रोफाइल हेर्नैपर्छ, अनि त्यसमाथि नि ट्विटरमा अण्डा भा’को र फेसबुकमा एउटा मात्र फोटो भएकोलाई खासै पत्याइहाल्नु हुँदैन रे ।
म: “तिम्रो फेसबुकको लिंक चाहियो”
ऊ: “तिम्लाई प्रपोज गरेको छुइन हौ, के साह्रो डरा’को? फेसबुकको त भएपो दिनु, ट्याग्ड को दिउँ?”
कुन चाँहिले नराम्रो सँग चाट्यो भन्ने सोचेर च्याटमा अफलाइन नै बस्नु ठिक झैँ लाग्यो ! तर आफू अफलाइन हुने बित्तिकै फेरि उताबाट म्यासेज आइहाल्यो, “किन अफलाइन?”
म: “ह्याँ, साइको भइयो”
ऊ: “एउटा केटी सँग नि डिल गर्न नसक्ने!”
म: “एउटी सँग मात्र डिल गरे भएन र? ए हजुर, धेरै दिमाग नखाइस्योस ! हजुरले मलाई कहाँ, कसरी अनलाइनमा भेट्नु भो?”
ऊ: “आकारपोष्ट पढ्छु, तिम्लाई ब्लगरको रुपमा चिन्छु”
उसको कुराले ट्वाँ परे एकछिन, त्यही नि फेरि उही कुरा दोहोर्याएर सोधेँ । ऊ ठुस्किई, ‘भइहाल्यो अब, कुरा गर’म भन्यो, खाली घुमाइ फिराइ उही कुरो’
के गर्छौ भनेर सोध्दा, उसको जवाफ, “अनफर्चुनेट्ली पढ्ने”
म: “एनि वे, त्यो स्पट भएन”
ऊ: “एयरपोर्ट गेट नै आउ न त, सँगै सफा गरौँ एयरपोर्ट”
म: “त्याँ आएर तिमी के गर्छौ?”
ऊ: “म तिम्ले एयरपोर्ट सफा गर्या हेर्छु नि त”
म: “तिमी भित्र छिर्नै पाउँदैन होला, के हेर्छौ?”
ऊ फेरि रिसाएको झैँ गरी र भनि “आफ्नो नाम मात्र सुटुक्क लेखाएर आएछ, तर नि केही छैन एयरपोर्टको मान्छेलाई त यत्तिकै भुल्याएर भित्र छिरि हाल्छु नि!”
कुरा सुन्दा पक्कै चिनेकै मान्छे हो झैँ लाग्यो ! दिमाग घुमिरहेको थियो तर को हो भनेर पत्ता पाउन सकिएको थिएन र फेरि सोधेँ, “तिम्रो ब्लग कहाँ छ?, तिमीलाई म चिन्छु कि चिन्दिन?”
ऊ: “चिन्दैनौ”
मैले हार मानेँ र भनेँ “लाईफमा फस्ट टाइम यति धेरै दिमाग घुम्दैछ”
मेरो कुरालाई बाल नदिइ ऊ बोली, “डोन्ट वरी डियर, आइ एम भेरी ब्युटिफुल, द्याट्स व्हाट पिपल सेड” अनि फेरि थपी, “तिमी किन साइको भाको?”
म: “खै के खै के”
ऊ: “म त डाइरेक्ट कुरा गर्ने मान्छे! बाइ द वे, एउटा कुरा सोधम्?”
म: “सोधम्”
प्रंसग भन्दा एक्कासी बाहिर गएर उसले ट्विटरको कुरा निकाली ।
ऊ: “एउटाले ट्विटरमा मलाई म्यासेज गरेर, आकारको दिमाग किन खाको भनेर सोध्यो, हिजो”
म: “अनि…”
ऊ: “आइ विल टेल हिम, हु आर यु रे”
तिमी “खुशी”, लौ तिमी छौ भनेर मैले पत्याएँ ।
ऊ: “थ्याङ्क्यु ! यु आर नट फ्लिटरिङ विड मि, आर यु?”
म: “नट फ्लिटरिङ”
ऊ: “उसोभए तिम्रो दिमाग अलि अलि खान छुट छ है मलाई”
म: “भोलि भनुँला, भेटेरै”
ऊ: “म त आउन्न”
म: “आउन्न रे?”
ऊ: “नआउने हो आफू त”
म: “म त आउँछु”
ऊ: “तिमी त सफा गर्ने मान्छे आउ न त, म पो आउन्न, म आएपनि तिम्ले चिन्दैनौ, हमम आउनै पर्ला, तिम्रो दर्शन गरेर फर्किनु पर्ला, इन पर्सन देखेको छैन नि त”
म: “उसोभए हामीले नि दर्शन गर्ने भयौँ”
ऊ: “नदिने यति छिट्टै, अलिक छिटो भयो ! मैले नेट बाट चिनेकोलाई अहिले सम्म भेटेको छैन।”
फेरी थपि, “मिल्ने से डर्ता है दिल, एकरार हो ना जाये”
आफूलाई भने, कुन चैँ ले नराम्रो सँग घुमायो भन्ने लाग्न थाल्यो ! खै तिम्रो फोन नम्बर देउ त, मैले उसको फोन नम्बर मागेँ ! तर दिमाग चाटिरहेकाहरु सजिलै कहाँ गल्थे र ! उताबाट जवाफ आयो, “वेट गर न, कस्तो हतार के! हु नोज, भरे फेरि लब सब पर्ला”
म: “यो त साह्रै अनएक्सपेक्टेड कुरो भो”
ऊ: “मेरो त एज एक्सपेक्टेड हो, खोजेर जोडेको तिमीलाई”
म: “तिमीले चिन्ने मैले नचिन्ने, र्याग भो नि यार”
ऊ: “एउटा गित सुन ल, इट विल एन्सर अल, ‘जिस्के आने से रङ्गो मे, डुब रहा है शाम, सोच रहा हुँ, किस से पुछुँ उस लड्कीका नाम…’
उसको गितले हाँसो छुट्यो, मैले भने “मलाई एक्ज्याक्टलि यस्तै भइरका’को छ”
ऊ: “हे हे, सो आइ एम इन योर माइन्ड”
म: “यस, पुरै दिमाग भरी नै तिमी बसेर बर्बाद”
ऊ: “मिसन सक्सेस”
म: “कस्तो मिसन हो यो?”
ऊ: “तिम्रो दिमागमा बस्ने, उप्स मिसन गलत भएछ, दिमाग देखि हार्टको लिंक के होला?”
मेरो दिमाग यति सम्म आएपछि त पुरै घुम्न थालिसकेको थियो !
म: “खै यस्तो के कनेक्सन हुन्छ मलाई के थाहा, तर तिम्लाई त भोलि नभेटि छोड्दिन”
ऊ: “भोलि त हुन्न, केही गरे नि हुन्न । मलाई कस्तो डर लाग्यो, हार्ट बिट नै फास्ट भएर ट्याचिकार्डिया भो!”
म: “कति खाको दिमाग”
ऊ: “दिमागमा बसे’सी दिमाग नि खान नपाउनु ! बाइ द वे, आइ होप आइ एम नट गिभिङ यु एनी ट्रबल ! ल गुडनाइट”
म: “के को गुडनाइट नि, भोलि को भेन्यु फिक्स भा’को खै्”
ऊ: भोलि आउँदिन!
म: “कहिले आउँछौ त?”
ऊ: “भनेँ त मैले, तुम बुलाके देखो, प्यार से”
म: “उफ फेरि सुरु भो”
ऊ: “लेटस मेक अ डिल, लेट्स टक लाइक दिस इयर्स एन्ड इयर्स, एन्ड लेटर वी मिट, हाउज ईट?”
म एकछिन चुप रहेँ, उताबाट फेरि गित आयो, “कभि तो हमसे नजर मिलाके देखो…”
म: “के भन्या हो, केहि बुझ्न सकिएन”
ऊ: “म तिमीलाई भेट्न सक्दिन, अहिले मेरो गाउँमा विन्टर सुरु भएकोछ, मेरो गाउँ तिर को मर्यो रे भन्ने समाचार सुन्दै छु, आजलाई यत्ति नै”
उसको कुराको छेउ टुप्पो केही बुझ्न सकिएन ! मैले हार मानेर भनेँ, “मैले केही बुझिन”
ऊ: “ल साँच्ची नै दिमाग खाएँ कि क्या हो मैले?”
म: “भो कुरा नगर”
ऊ: “बट आइएम सिरियस विड यु, यु आर ब्रेकिङ माइ हार्ट”
म: “कस्तो सिरियस हो?”
ऊ मेरो कुरा रिप्लाइ गर्नु आवश्यक ठान्दिन ! उ भन्छे “गुड नाइट, साउन्ड स्लिप ! भरे आउँछु सपनीमा पर्खी राख है”
मलाई अहिले भने सहनै नसक्ने गरि हाँसो उठ्यो ! मैले, “एच ए, एच ए, हा हा” लेखेर पठाएँ !
ऊ: “यु लाफिङ, लु आउँदिन नि त”
मलाई हासोँ रोक्न गाह्रो परिरा’को थियो, मैले लेख्न छोडेर स्माइलिहरु मात्र पठाउन थालेँ ! उताबाट जवाफ आयो, “लेख्न अल्छि लागेको अवस्था भन्ने हाम्लाई लागि’राको छ”
ऊ: “ल ल, आकारजी, हम चल्ते हैँ, गुडनाइट”
म: “गुडनाइट”
ऊ: “आप भि सो जाओ”
म: “के सुत्नु हो, आज तिम्रो सपनामा आउनु पर्ला”
ऊ: “तिमी आयौ भने त, इटस लाइक भन्छन् नि ड्रिम्स कम्स ट्रु”
मैले रिप्लाइ गरिन, त्यो च्याट त्यति मै सकियो ! म सोच्दै रहेँ, कुन चाँहिले नराम्रो सँग दिमाग खायो, न भोलि फेसबुकमा ट्याग गर्ने हो, यस्तो त्यस्तो भनेर ! तर त्यसो भएन ! केही दिनपछि फेरि उ नै च्याटमा देखिइ, मैले नै कुरा सुरु गरेँ, “हेल्लो”
ऊ: “के हो यस्तो, सुरुमा हेल्लो मात्रै बोल्ने टपिक नै नभएजस्तो ! हाइ, हेल्लो, के छ? ठिक छ! तिम्रो? मेरो नि ठिक छ, के गर्दै? यत्तिकै… तिमी? म नि… सक्यो”
उसले सबैकुरा एकै पटकमा सिध्याइ, बोल्ने कुरा नै अभाव होला जस्तो भयो ! लौ, एउटा कुरा छुटेछ, “खानपिन भयो?” मैले थपेँ !
ऊ: “म बेलुका प्राय: खाना खान्न, बिहान मात्र खान्छ, इनफ्याक्ट म दिउँसो तिर मात्र खान्छु, वान डे अ टाइम ! सेभ गरेको के, नेपालमा कति मान्छे ले वर्षमा आधा छाक मात्र खान्छन्, आइ एम बिइङ नाइस टु देम!”
ऊ ननस्टप बोल्न थाली ! “खाँदै नखाने हैन, आइ सेड नर्मल्ली, नट एभ्रिडे, सबैको लागि सोच्नुपर्छ नि यस्तो कुरामा त”
म: “सबैको लागि सोचेछौ, मेरो लागि मात्र त सोचेनौ नि तिम्ले?”
ऊ: “तिम्रो लागि त सबैभन्दा बढि सोचेकोछु, तिमी बुझ्दैनौ के गरम? तिमी मानुषीको पछि लागेको मान्छे, एकोहोरो भएको छौ, तिम्ले मेरो पिडा बुझ्दैनौ”
ए राता मकै, मेरो ब्लग साँच्चै पढेको मान्छेले नि रिङ्ग्याइरहेको रहेछ अनि आज पनि मेरो दिमाग उसले खाने विचार गरेकी छे झैँ लाग्यो, उसको कुराले ।
ऊ: “बिसाइड गफिङ के गर्दै छौ?”
म: “केही न केही, बरु तिमी के गर्दै छौ?”
ऊ: “तिमीलाई सम्झिँदैछु, सि हेयर्स अ डिफरेन्ट”
म: “मैले नि सम्झिरा’को छु नि, तेत्रो ब्लग नै लेखिसकेँ तिम्लाई सम्झेर” मैले आफ्नो गफ जोतेँ, पा’को बेला ब्लगको विज्ञापन गरिहाल्नुपर्छ !
सायद त्यसबेला म ब्लगमा ‘पाइला सिरिज’ लेख्दैथिँए ! उसले भनी, “खुब लेख्यौ, मेरो बारेमा, त्यो त सिरिज हो, मैले पहिले नै पढेको थिँए” ।
म: “हैन, हिजो को सिरिज त तिम्रै लागि लेख्या हो?” सायद कथानक मिल्न गएर होला उसले पत्याए झैँ गरी र भनि “सो स्विट” ! म नि के कम, “झन् त्यस्तो मेहेनत गरेर लेखेको, पढ्नु पर्छ नि राम्ररी” मैले भनेँ !
ऊ: “पढेँ त, तिम्लाई नजिकको चिनेको मान्छेले जिस्क्याको जस्तो लागिराको’रैछ त्यस्तो हैन है, ट्रष्ट मि”
म: “खै पत्याउनै गाह्रो परिराको छ”
ऊ: “लेट इट बि, द वे वि मेट, मे वि इट उड वि योर न्यु टपिक टु राइट”
प्रसंग बदलेँ ! “तिम्ले चलो दिल्ली” हेर्यौ?
ऊ: “छैन, कस्तो छ?”
म: “ठिकै छ ! लारा दत्त र विनायक पटेल फिल्मभरि सँगै यात्रा गर्छन् अनि गन्तव्यमा पुगेपछि आपसमा चिनापर्चि गर्छन्” मेरो भन्नु को तात्पर्य, उसैलाई थियो, कारण मलाई, म को सँग कुरा गरिरहेकोछु भनेर पत्तो लगाउनु थियो ! तर उसले यो कुरा रियल लाइफमा नि हुन सक्छ भनी, “लेट्स डु इट इन फिल्मी स्टायल, हामी पछि आपसमा चिनापर्ची गरौँ”
अहिलेलाई यस्तै ठिक छ, उसले भनि ! “बाइ द वे, यु नो ह्वाट, यु माइट बि इन प्रोब्लम”
मैले उसको कुरा बुझिन, “प्रोब्लम?”
ऊ: “मे वि यु विल नट फाइन्ड एनी गल”
म: “मैले बुझिन”
ऊ: “तिमी मलाई जिस्काइराको हुन्छौ, पछि कोइ गलफ्रेन नपाउला अर भएको भए नि छोडेर जाला भनेको”
मैले फेरि आफ्नो हाँसो रोक्न सकिन !
अनि जिस्क्याउँ झै लाग्यो !
म: “यहाँ निन्द्राको माया मारेको कति दिन भयो, तिम्लाई त केही वास्ता नै छैन?”
ऊ: “उस, गफ दियो, भर्खर त नौ बज्दै छ”
म: “आजको कुरा कसले गर्यो र? हिजो अस्ति को कुरा पो गरेको, तिम्रै बारेमा सोच्दा सोच्दा यहाँ के के भइसक्यो”
आफूले जतिसुकै जे भने नि उताबाट रेडिमेड जवाफ आउँथ्यो !
ऊ: “अनि मैले मेरो बारेमा सोच्नु भन्या थियो त ! कस्तो के! साँचि नै म सँग पर्या जस्तो कुरा”
म: “के पर्यो भन्या”
ऊ: “कस्तो छुच्चो कुरा गरेको, हो भने हो, हैन भने हैन भने भइहाल्यो नि”
म: “ल भइहाल्यो उसोभए, साँच्ची तिमी कता हो अहिले?”
ऊ: “घरमै, सिनामंगल तिरै । म पुरै लोकेशन चाँहि दिन्न है ! आफूलाई कस्तो फिल्मी बनाउन मन छ, उसलाई चाँहि भेट्नै हतार”
म: “भेट्न हतार छैन है, बाइ द वे”
उसले फेरि अर्को प्रसंग निकाली !
ऊ: “यु आर अल ओभर मी”
म: “जोक नि त्यति सारो नगर्नु नि”
ऊ: “तिम्लाई जोक त हुन्छ नि, अर्काको भावनालाई जोक रे”
म: “अनि कति अर्काको भावनालाई सपना मात्र देखाइरा’को त”
ऊ: “किन? दर्शन पाए’सी के डिसाइड गर्ने विचार छ?”
म एकछिन चुपचाप नै रहेँ !
ऊ: “आइ एम नट आस्किङ यु फर एनिथिङ्ग, तिमी बेकारमा बढि सोचिराको छौ, व्हाट इफ आइ सेड, आइ एम इन लभ विद यु? यु रेडि टु फेस एनिथिङ्?”
उसै त घुमिराको दिमाग, अकस्मात आएको कुराले झनै घुम्न थाल्यो ! आफूले के सोचिरा’को छु, उसको आफ्नै कुरा सुरु भयो !
ऊ: “डन्ट गो, डिप इन रिलेशन! यस, आइ क्यान बि इन लभ विद यु”
मलाई के भन्ने कुरा नै आएन, मेरो जवाफ थियो, “यस यु क्यान”
एकछिन च्याटको बक्समा केही देखिएन, न मैले केही लेखेँ, न उसले केही लेखी ! बोल्ने कुरा सकिएको झैँ भयो र मैले फर्मालिटि पुरा गर्ने नियतले सोधेँ, “कहाँ के पढ्दै हो?”
ऊ: “वेल, पछि भनौँन, अहिलेलाई यत्ति नै बुझ ! झुट बोल्न मन लागेन र भन्न नि मन लागेन, आइ सेड लेट इट बि इन भर्चुअल वल्ड”
उसले यो पनि भन्न भ्याइ, “तिम्रो र मेरो कथा अरुको भन्दा फरक छ ! यत्ति बुझ, यु ह्याब वान फ्रेन्ड द्याट यु नेभर मेट, एन्ड यु डोन्ट नो मच, बट सि इज योर बेस्ट फ्रेन्ड। हाउज इट? बरु यसैबाट तिमी आफ्नो कथा नि लेख्न सक्छौ, तिम्रो ब्लगको लागि एउटा आर्टिकल मै भएँ!”
निकै गम्भिर भए झैँ उसले भन्दै गइ, म सुन्दै गएँ ! ऊ भन्दै थिइ, “तिमी मलाई चिन्दैनौ, तर म केही गरि तिम्रो छेउमा पुगेँ भने, तिम्लाई अवश्य भन्नेछु कि म खुशी हुँ भनेर ! सायद तिम्लाई देख्दा, म चिच्याएर बोलाउँछु होला, आकारररररररररर भन्दै ! अनि अझ नजिक गएर भन्छु होला, साँच्चै तिमी आकार नै हो, जो सँग म च्याट गर्थेँ, जसको दिमाग मैले खाएको थिँए । हे, इट्स मि भन्नेछु, अनि अरु कुरा! वाह कति मज्जा होला है!”
म: “तिम्ले पो चिन्छौ होला, मैले चिनिन भने र्याग हुँदैन? कहिले देखेको भए पो चिन्नु!”
ऊ: “डन्ट वरी ! तिमी जिएफ सँग रैछौ भने बोलाउँदिन, अनि कसरि र्याग हुन्छ? तिमी एक्लै रहेछौ भने बोलाउने के?”
म: “तिम्रो लागि सूचना, मेरो जिएफ छैन”
ऊ: “मेरो लागि बाटो क्लियर हो?”
म: “बाटो त क्लियर नै हो, तर बाटो भनेको जस्तो सजिलो छैन”
ऊ: “म आफू हिँड्ने बाटो आफैँ बनाउने मान्छे हो! सिधा बाटोमा हिँड्दा निन्द्रा लाग्छ, बाटो उकाली ओराली नै हिँड्न रमाइलो ! फेरि पनि तिमी मेरो गन्तव्य हैन, बाटो नि हिँड्न नपाउनु भन्ने के छ र? बाइ द वे तिम्लाई क्लियर गरेको मात्र ! मे वि यु आर थिङ्किङ आइ वन्ट लेट यु गो!”
म: “त्यस्तो कुरा नि केही होइन”
ऊ: “सो, यु डोन्ट ह्याव एनि प्रोब्लम इभन ह्वेन आइ एम बिहाइन्ड यु राइट? वी आर विकमिङ मोर फर्मल एन्ड सिरियस ! कस्तो के, कम्प्लिकेटेड मान्छे सँगको कम्प्लिकेटेड रिलेसन जस्तो भयो”
म कुरालाई अन्तै मोड्ने प्रयास गर्छु ! तिमी ब्लग पढ्छौ मात्रै कि लेख्छौ पनि?
ऊ: “म लेख्छु पनि”
म: “कहाँ लेख्छौ त?”
ऊ: “तिम्रो ब्लगमा छापिदेउ है”
म: “हस्! भैहाल्छ नि”
ऊ: “तिम्रो बारेमा लेखौँ”
म: “मेरो बारेमा?’
ऊ: “तिम्ले मानुषी लेखेको जस्तो, म आकार भनेर टपिक नै निकाल्दिन्छु नि”
म: ‘ओके, लेख न त’
ऊ: “होस्, इफ आइ डिड, आइ क्यान्ट लाइ ! व्हेन यु रिड एन्ड यु विल नो, हाउ आइ फिल एबाउट यु भनेर”
म: “तिमी फेसबुकमा लेख न त, उसोभए”
ऊ: “म फेसबुक चलाउँदिन, पहिले चलाउँथे ! मम, ड्याड, फुपु, सानिमा को को हो को को, सबको एफबी रे, अनि एफबीको काम चाँही फोटो सेयर अनि कमेन्ट इन फोटो रे, अत्ति क्या! फेसबुक सक्स!”
म कफी बनाउनको लागि इलेक्ट्रिक हिटरमा पानी बसाल्छु, राती २-३ बजे सुत्ने बानी लागेको छ, कफी नखाइ कसरी बस्ने?
ऊ: ओहो, ११ बज्न लागेछ ! तिमी सँग कुरा गर्दा टाइम बितेको नि थाहा हुन्न ! सि, हाउ डिप आइ एम इन! द पर्सन, इडिटर अफ आकारपोष्ट, आकार, आइ लाइक हिम !
म: थ्याङ्क यु !
ऊ: ‘मम कलिङ, गट्टा गो, बट हे विल मिस यु! गुडनाइट!
केही हप्ता पछि फेरि च्याटमा भेट भयो, ऊ पहिलेको जस्तो थिइन ! उसका कुराहरु फरक थिए ! मेरो दिमाग खाइरहने उसको बानीमा केही कमी भएको थियो, उसको कुरामा सिरियसनेस ज्यादा थियो ! त्यो साँझ उसले भनी, “म सायद अब नेटमा आउन्न ! अनि यु आर टु स्विट! ओके डियर, टेक केयर अफ योरसेल्फ, ह्याव फन” उसले जाँदा जाँदै भनि, “जाँदा जाँदै, देयर्स अ गल, इन दिस वल्ड समव्हेयर, हु लभ्ड यु सो मच, एन्ड ह्याड भेरि नाइस टाइम विद यु”
म उसको कुरा सुनेर अवाक भएँ, के किन, कारण सोध्ने हिम्मत भएन तर पनि भनेँ, “कुनै दिन भेट होला!”
ऊ अब मेरो च्याट लिस्टमा आउन छोडेकी थिइ, उसले भएको उसको एउटा ट्विटर पनि डिलेट गरेकी थिइ ! म कुनै अन्जान र अमुर्त व्यक्ति सँग केही दिन च्याटमा भुलेको थिँए ! ऊ आउन छोडेपछि, मैले च्याटमा साइन इन गर्न छोडेँ ! म झुक्किएर कहिलेकाँही च्याटमा चियाउने गर्थेँ !
धेरै महिना पछि, खुशीको नामको अफलाइन म्यासेज आएको रहेछ ! उसले लेखेकी थिइ, “हे आकार, हाउ आर यु? बिन लङ्ग टाइम ! एक्चुल्ली आइ गट भिसा फर अष्ट्रेलिया, जुन महिनाको अन्तिममा म अष्ट्रेलियामा हुन्छु, प्रिट्टि एक्साइटेड ! होप, अल इस गोइङ गुड विद यु! टेक केयर!”
मैले बधाइ छ भनेर, अफलाइन म्यासेज पठाएँ र लेखेँ, लौ मलाई ट्रिट चाहियो !
हामी बिच फेरि बोलचाल बन्द भयो ! बोलचाल बन्द भन्नु के नै थियो र, त्यही हो च्याटमा म पनि अनलाइन बसिन ! मैले कहिलेकाँही अफलाइन म्याजेस पठाएपनि उताबाट जवाफ आएन ! करिब ३-४ महिना पछि उनी फेरि ट्विटरमा आइन् । ऊ ट्विटरमा आउने बित्तिकै मैले चिने, उही खुशी नै हो भनेर ! ऊ फेरि पहिलेको जस्तै भएर कुरा गर्न थालेकी थिई ! ट्विटरमा ऊ भन्थी, “युनिभर्सिटि अफ सिड्नी इज सो एक्सपेन्सिभ, अष्ट्रेलियामा बस्न कठिन छ, गधा जसरी काम गरिरहेकीछु, अनि पढिरहेकीछु, नयाँ साथी बनाएँ तर पनि घर चाँही कहिलेकाँही साह्रै मिस हुन्छ” । म सान्तवनाका केही शब्दहरु खर्चन्थे, एउटा फर्मालिटि जस्तो।
अनि फेरि उही कुरा सुरु भयो ! ऊ भन्दै गई, म सुन्दै गएँ ! ऊ भन्दै थिइ, “त्यो बेलामा तिम्लाई भेट्न डर लाग्यो, तर पछि चाँहि एकपल्ट भेट्नु पर्ने रै’छ जस्तो भयो, मिस्ड यु के” । अनि भेट्दा के बिग्रिन्थ्यो त, मैले सोध्दा उसले भनेकी थिइ, “भेट्न नपा’को गुनासो छ मलाई, जब त्यहाँ नेपालमा थिँए भेटिहाल्छु नि जस्तो लाग्यो तर जब यहाँ आए तब तिमीलाई भेट्नु एउटा सपना झैँ लाग्ने थालेकोछ ।” तर फेरि भन्थी, “त्यो बेला तिम्ले बाल नदिएर हो के, कत्तिन! नभए त भेटिहाल्थेँ नि”।
कुरा हुँदै जाँदा ऊ खुल्दै जान्थी ! उसले केही सम्झेको झैँ गरि बोली, “तिम्रो आर्टिकल सँधै पढ्छु है म आकारपोष्टमा” ! म पढिदिएकोमा उसलाई धन्यवाद भन्थेँ । त्यसबेला सम्म पनि न मैले उसको फोटो देखेको थिँए वा अन्य कुनै लिंक नै थियो ! फेक एकाउन्टहरुको बाढि आएकोबेला उसको ट्विटरमा आएका म्यासेजलाई कहिलेकाँही त पत्याउँ कि नपत्याउँ झैँ हुन्थ्यो । एकदिन मैले, साँच्चै तिमी छौ भने तिम्रो फोटो हेर्न पाउँ भने, उसले भनि, “के गर्छौ मेरो फोटो हेरेर ! आइ ह्याव स्ट्रोङ डाउट द्याट यु मे फल इन लभ विद मी” । उसको जवाफले म नाजवाफ रहेँ, उसले भोलि पल्ट फोटो पक्का पठाउँछु भनि ।
ऊ आफ्नो अष्ट्रेलिया बसाइको कुरा नि गर्थी ! भन्दै थिइ, “बस्न धेरै महंगो छ !” ऊ आफूलाई मेडिकल पढ्दैछु भन्थी तर इन्भायरोमेन्ट साइन्स पढ्यो भने अष्ट्रेलियाको पिआर पाइन्छ, ऊ अष्ट्रेलियाको पिआरको लागि भिड्दै थिइ । समाचारमा मात्र सुनेको खबर उसले पनि मलाई सुनाएकी थिई, उसले भनेकी थिइ, “अष्ट्रेलियामा बस्न धेरै गाह्रो छ, र सोचेको भन्दा धेरै फरक छ, धेरै नेपाली केटीहरु प्रोफेसनल प्रोस्टिच्युसनमा छन्, यस्तो त जहाँ नि हुन्छ के कुरा गर्नु हैन र?” फेरि अर्को प्रसंगमा भन्थी, “तिमी त मेरो अनलाइनको बेस्ट फ्रेन्ड, जस्तो कुरा नि गर्न सक्छु”
मेरो काम थियो, ट्विटर चेक गर्ने फुर्सद थिएन ! कोरमंगला बाट सरकारी बस चढेर जयनगर जाँदै थिँए ! ए, मैले भन्न बिर्सेछु म बेङलोरको सडकहरु नाप्दै थिँए । उसले ट्विटरमा म्यासेज पठाइछ, तर मैले रिप्लाइ भने गरिन, बरु आफू यहाँ यहाँ पुगेँ भन्दै ट्विट गर्दै बसेँ ! उसलाई सायद, के लाग्यो कुन्नी ! पक्कै पनि रिप्लाइ गरेन होला भन्ने परेछ कि क्या हो, म्यासेज आयो, “फेरि बाल दियौ हैन?” ! तर मैले म्यासेज हेरुन्जेल सम्म ऊ ट्विटरबाट गायब भइसकेकी थिइ । उसको यो म्यासेज नै अन्तिम म्यासेज बन्न पुग्यो र म्यासेज आएको पनि आज ६-७ महिना भइसकेछ । त्यसपछि न उसको कुनै अफलाइन म्यासेज आएको छ, न ट्विटरमा देखिएकी छ !
तर पनि कता कता लाग्छ, उसले यो ब्लग भने पढिरहेकी छ ! उसैले पहिले भनेजस्तो, उसको बारेमा एउटा कथा नै तयार भयो ! अनि फील्मी शैलीमा उनी हराइन्, सायद कुनै दिन अवश्य पनि भेट होला !
(नोट: प्रतिक्रियाहरुको सम्मान गर्दै, अन्तिमको "रवि" को अनुच्छेद हटाइएकोछ । साँच्चै तपाईले तल सम्म नै पढ्नु भएको भए त तपाई पनि धन्यवादको पात्रको हो, सितिमितिले यो कथा पुरै पढ्ने आँट गर्दैनन् :D )
तस्विर: फाल्तुस्टफ