आफ्नो माग पुरा गराउन नेपाल बन्द, उपत्यका बन्द गर्ने गरिएको कुरा त हामीले देख्दै र भोग्दै आएकाछौँ ! अब “सोपा” [Stop Online Piracy Act (SOPA)] नामक विधेक अमेरिकी संसदले पास गर्न लागेका कारण, इन्टरनेटमा पनि आन्दोलन सुरु भएकोछ ! आन्दोलन स्वरुप “इन्टरनेट सेन्सरसिप” (SOPA/PIPA) को विरोध गर्दै ‘विकीपेडिया’ बुधबार (१८, जनवरी २०१२) १ दिनका लागि बन्द गरिने भएकोछ ! (हेर्नुस् English Wikipedia anti-SOPA blackout) नेपाली समय अनुसार आज दिउँसो १०:४५ बजे (05:00 UTC) देखि भोलि बिहिबार दिउँसो १०:४५ बजेसम्म २४ घन्टाको लागि साइट बन्द हुनेछ !
विकीमिडिया फाउन्डेसनका सहसंस्थापक जिम्मी वेल्सले ट्विटर मार्फत, “सोपा” को विरोधमा ‘विकिपेडिया’ को अंग्रेजी संस्करण २४ घन्टाका लागि संसारभर बन्द गरिने बताएकाहुन् । ट्विटमा ठट्यौलो पारामा विद्यार्थीहरुलाई गृहकार्य समयमै गरिहाल्नु भन्दै, “Student warning! Do your homework early. Wikipedia protesting bad law on Wednesday!” ट्विट गरेका थिए !
विरोधका लागि २४ घन्टाभर साइट डाउन गर्ने निर्णय प्रति ईन्टरनेटमा मिश्रित प्रतिक्रिया व्यक्त गरिएकोछ । विकीपेडियाको निर्णय मूर्खतापुर्ण रहेको, ट्विटरले जनाएकोछ! उता, गुगलका सर्च इन्जिनियरहरुले भने ‘सोपा’ को विरोधमा कसरी साइट डाउन गर्ने भन्ने आशय सहितका अपडेट गुगलप्लसमा राखिरहेकाछन् ! विकीमिडियाका सहसंस्थापक जिम्मी वेल्सले, साइट बन्द गर्ने निर्णयमा अरुहरुको पनि समर्थन रहेको जनाएकाछन् !
विकिपेडियाको यो कदममा, रेडइट, वर्डप्रेस, मोजिल्ला फाउन्डेसन आदिले पनि समर्थन गर्दै १ दिनका लागि “ब्ल्याक आउट” गर्ने भएकाछन् ! अत: आजको दिन केही कुरा खोज्नको लागि विकिपेडिया धाउँदै हुनुहुन्छ भने, तपाईले जानकारी होइन, बरु दु:ख चैँ पाउनुहुनेछ!
के इन्टरनेटमा भएका साइट बन्द गरेर, निकास निस्केला त? “सोपा” को विरोध गर्ने कि, साइट बन्द गर्नेहरुको बिरोध गर्ने, अलमलमा परियो ! हुन त, सोपा पनि पास भएमा भविष्यमा साइटहरु बन्द नै गरिनेछन्, अत: अहिले विरोध स्वरुप विकिपेडियाले चालेको कदमलाई नै समर्थन गर्नुपर्ने देख्छु !
Comments
Post a Comment