माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” (Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ ।
ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ ।
नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ ।
त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन देख्न सकिन्छ । डाइरेक्ट म्यासेज भने माथि मेनुबारको ड्रपडाउनमा सरेको छ । माथिको मेनुको ड्रापडाउनबाट आफ्नो प्रोफाइलमा जानसकिन्छ, त्यसको तल डाइरेक्ट म्यासेज (DM) रहेकोछ । ड्रपडाउनबाटै नयाँ आएको म्यासेजको बारेमा थाहापाउन सकिन्छ ! यसको अलावा लिस्ट, हेल्प, किबोर्ड सटकट, सेटिङ् र साइटनआउट पनि ड्रपडाउनमै रहेका छन् ।
प्रोफाइल पेजमा आफ्नो प्रोफाइल सबैभन्दा माथि देखाउँछ जहाँ आफूले गरेको ट्विट, फलोअर, फलोइङ आदिको जानकारी रहेकोछ भने त्यहिँबाटै आफ्नो प्रोफाइल सम्पादन (Edit) गर्न सकिन्छ । प्रोफाइलको वायाँ साइडमा रहेको मेनुबाट आफ्नो ट्वीट, फलोइङ, फलोअर, फेवरेट, लिस्ट र फोटो रहेकोछ, जहाँ क्लिक गरेर आफ्नो ट्विट, फलोअर, फोटो आदि हेर्ने सकिन्छ । पेजको दायाँ साइडमा आफूले गरेको ट्विटका साथै फलोअर, लिस्टआदि देख्न सकिन्छ ।
ट्वीटरमा ट्वीट गरिएको फोटो, भिडियो अब त्यही ट्वीटमै देखिन्छन्, यसभन्दा पहिले फोटो र भिडियो दायाँ साइडमा अलग्गै खुल्ने गर्थ्यो । साथै ट्विटरमा कुन ट्वीटको रिप्लाइमा लेखिएको ट्विट हो भन्ने कुरा पनि सहज रुपमा थाहा पाउन सकिन्छ । साइट र ब्लगमा कुनै ट्विट राख्ने हो भने, सिधै टाइमलाईनबाटै कोड कपी गरेर आफ्नो ब्लगमा उक्त ट्विट राख्न सकिन्छ ।
#NewTwitter has shortcut key as well. DM is in dropdown menu and shows notification for unread message. twitpic.com/7qpul6
— Aakar Anil (@aakarpost) December9, 2011
नयाँ ट्वीटरमा एक्टिभिटी भन्ने ट्याब हटाइएकोछ, त्यसको सट्टामा कनेक्ट भन्ने नयाँ ट्याब थपिएकोछ जसभित्र “इन्टर्याक्सन” र “मेन्सन” भन्ने मेनु ‘फिचर’ राखिएको छ । इन्टर्याक्सनमा आफ्नो ट्विट कसले रिट्विट गर्यो, कसले रिप्लाइ गर्यो, कसले फेवरेट गर्यो, कसले कसलाई फलो गर्यो भन्ने देख्न सकिन्छ ! त्यस्तै मेन्सनभित्र चाँही आफूलाई आएको मेन्सन देख्न सकिन्छ ।
डिस्कभर ट्याब भित्र भने अहिले भइरहेको कुराकानी, ट्रेन्डिङ टपिकमा भइरहेक कुराकानीहरु, ट्वीटर स्टोरीज (Twitter Stories) पढ्न सकिन्छ । ट्विट गरिएका लिंकहरुको स्टोरी यहाँ देख्न सकिन्छ !
अरुको प्रोफाइल भने माथि फोटोमा देखिए जस्तो देखिन्छ । कसैले आफूलाई फलो गरेको छ कि छैन भन्ने कुरा, प्रोफाइलमा लेखिएको हुन्छ । जस्तो कि माथि लेखिएकोछ, @HappyNepal FOLLOWS YOU ! कसैलाई मेन्सन गर्नुपर्दा प्रोफाइल तल रहेको बारबाट मेन्सन गरेर सिधै ट्विट गर्न सकिन्छ । तर डाइरेक्ट म्याजेस पठाउन भने, प्रोफाइलको दायाँ तिर रहेको प्रोफाइल आइकोनमा क्लिक गरेर ड्रपडाउन मेनुबाट पठाउन सकिन्छ !
नयाँ ट्वीटरले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। बिहीबार देखि नयाँ ट्वीटर आएको भएपनि, अहिले नै सबै प्रयोगकर्ताले प्रयोग गर्न भने पाउनेछैनन् । ट्वीटरले क्रमैसँगै आफ्ना सबै प्रयोगकर्तालाई यो नयाँ ट्वीटर उपलब्ध गराउने भएकोछ ।
how can we use new version twitter.
ReplyDeleteमलाई पनि पहिलेको भन्दा रमाइलो लाग्यो यो डिजाइन ! ।
ReplyDeleteसाथै अहिले नै ट्वीटरको नयाँ interface activate गर्न सबैभन्दा सजिलो तरिका भने Android/iOS डिभाइसमा लेटेस्ट ट्वीटर सफ्टवेयर हालेर एकचोटी लगइन गरेपछि , वेबमा समेत नयाँ डिजाइन एक्टिभेट हुने रहेछ।
अब २-४ दिनमा फेरि फेसबुक र गुगलप्लसले पनि लुगा फेर्ने हुन कि :)
thikai thikai chha. dherai kam lagne paribartan hoina mero lagi
ReplyDeleteThanks Aaakar, it's useful.
ReplyDelete