तपाईको फेसबुकका साथीहरुको स्काइप (Skype) मा खाता (account) छैन भने पनि अब तपाईले स्काइप मार्फत सिधै आफ्ना फेसबुकका साथीहरु सँग कुरा गर्नसक्नुहुने भएको छ ।
३ दिन अघि घोषणा गरिएको यो सुविधा स्काइपको पछिल्ला भर्सनहरु (Skype 5.4 Beta for Mac र Skype 5.7 Beta for Windows) मा उपलब्ध रहेको छ । अत: स्काइपबाट फेसबुकमा भएका साथीहरु सँग सिधै कुरा गर्नको लागि, तपाईहरुले स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ ।
स्काइपमा आफ्नो फेसबुक प्रोफाइल ‘कनेक्ट’ गरेका प्रयोगकर्ताहरुले, स्काइपबाटै फेसबुकमा भिडियो कल पनि गर्न सक्नेछन् । साथै, स्काइपको ड्यासबोर्डबाट, फेसबुकमा को को साथी अनलाइन बसेका छन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ! साथीहरुको फेसबुक स्टाटस अपडेट पनि स्काइपबाटै हेर्न सकिन्छ ।
पुनश्च: फेसबुकका साथीहरु सँग स्काइपबाटै च्याट गर्नको लागि स्काइपको नयाँ भर्सन प्रयोग गर्नुपर्नेछ ।
अनिल जि, धेरै धेरै धन्यबाद नयाँ भर्सन र यसको उपयोगिताको बारेमा जानकारी गराएकोमा ।
ReplyDeleteमैले फेसबुक कनेक्ट गराएको थिएँ तर अचानक नचिनेका र एड नै नगरेका हरू स्काइपमा देखा पर्न थाले। त्यसैले त्यसलाई डिस्कनेक्ट गराएँ। के छ यसको समाधान???
ReplyDeleteफेसबुक कनेक्ट भएपछि सबै फेसबुकका साथीहरु स्काइप मा देखिएका हुन् । समाधान भनेको, सबैलाई देखाएपनि कुरा नगर्नु हो साथै कन्ट्याक्ट डिलेट वा ब्लक पनि गर्न सकिन्छ । मैले फेसबुक कनेक्ट गरेको छैन, त्यै भएर मलाई यस्तै गर्नुपर्छ भन्ने पुर्ण जानकारी भने छैन है !
ReplyDeleteskype ko option ma gayera facebook friends disable garnu..
ReplyDelete