दृष्टिविहिनका लागि सुन्ने किताव बनाऔँ [Lets build audio books for visually impaired persons] #SocialCause
नेपाल मा करिव ४ लाख दृष्टिविहिनहरु छन् । देशमा सयौँको सङ्ख्यामा स्कुल कलेज पनि छन् । तर पनि नेपालका दृष्टिविहिन दाजुभाइ दिदीबहिनीहरुले ती कलेजहरुबाट उच्च शिक्षा लिन सक्ने वातावरण छैन । कक्षा १० या भनौँ एसएलसी सम्म पढ्नको लागि केही संघसंस्थाहरुले ब्रेललिपीमा पाठ्यसामाग्री निर्माण गरिदिएकाछन् । तर त्यसपछि उच्च शिक्षा हासिल गर्न खोज्ने दृष्टिविहिनहरुको लागि अगाडि बढ्ने बाटो सजिलो छैन, उच्च शिक्षाका लागि आवश्यक पाठ्यपुस्तकहरु ब्रेललिपीमा छैनन् । उनीहरुले आफ्नो पाठ्यपुस्तक आफ्न साथिभाइ र परिवारलाई पढाउन लाउनु पर्ने अवस्था छ ।
तपाई ती दृष्टिविहिनहरुलाई उच्चशिक्षा को लागि सहयोग गर्नसक्नुहुन्छ ।
आँखाका अपाङ्गता भएका या भनौँ दृष्टिविहिनहरुका लागि सुन्ने किताव बनाऔँ (Lets build audio books for visually impaired persons) भन्ने उदेश्य लिएर काठमाडौँ, अनामनगरमा रहेको “राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज” ले सुन्ने किताव बनाउने अभियान सञ्चालन गरिरहेकोछ । सुन्ने किताव बनाउने अभियान अन्तर्गत अभियानका स्वयंसेवकहरुले उच्चशिक्षाका पाठ्यपुस्तकहरुलाई रेकर्ड गरेर सहयोग गरिरहेकाछन् ।
कसरी सहयोग गर्ने?
अभियानलाई सहयोग गर्न निकै सजिलो छ । दृष्टिविहिनहरुका लागि सुन्ने किताव बनाउन इच्छुक व्यक्तिहरुले, ती पाठ्यपुस्तकहरुलाई आफ्नो आवाजमा कम्प्युटरमा रेकर्ड गर्न सक्छन् । अनि रेकर्ड गरिएका सुन्ने किताव राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजलाई बुझाउनसक्छन् ।
राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले पाठ्यपुस्तक देखि लिएर, रेकर्ड गर्ने सफ्टवेयर तपाईलाई उपलब्ध गराउँछ । सफ्टवेयर चलाउनका लागि आवश्यक पर्ने ‘ट्रेनिङ’ पनि तपाईले पाउनुहुन्छ । तपाईले मात्र आफ्नो ‘स्वर’ दृष्टिविहिनहरुका लागि उपलब्ध गराउनु पर्नेछ ।
तपाईको एउटा सानो सहयोगले दृष्टिविहिनहरुले पढ्न पाउँछन् भने, गर्ने हैन त सहयोग? यस अभियान सम्बन्धि अधिक जानकारीको लागि अभियानको फेसबुक पेज हर्नुहोला !
तपाई सहयोग गर्न चाहनुहुन्छ भने Lets Build Audio Books For Visually Impaired People फेसबुक पेज मार्फत सम्पर्क गर्नसक्नुहुन्छ । वा तपाईले सागर प्रसाईलाई sagar.prasain@gmail.com मा ईमेल वा फेसबुकमा https://www.facebook.com/sagarprasai मार्फत सम्पर्क राख्न सक्नुहुन्छ । शारिरीक रुपमा अशक्त सागर प्रसाई “राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज” मा ट्रेनिङ कोर्डिनेटर हुनुहुन्छ।