Skip to main content

स्टिभ जब्स ले संसार छाडे [Apple Co-Founder Steve Jobs Dies at 56] #RIPSteveJobs

‘एप्पल’ (Apple) का सह-संस्थापक (Co-Founder) तथा भूतपूर्व कार्यकारी प्रमुख (CEO), स्टिभ जब्स (Steve Jobs) को ५६ वर्ष को उमेर मा गएराती अमेरिकामा निधन भएको छ । म्याकिन्टोस् (Macintosh), आइपड (iPod), आइफोन (iPhone), आइप्याड  (iPad) जस्ता युगान्तकारी ग्याजेटहरुको निर्माण गरेर, चर्चाको शिखरमा रहेको ‘एप्पल’ ले एक कुशल अभिभावक गुमाएको छ भने, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमाएको छ । सन् १९५५ मा सुरु भएको स्टिभ पल जब्स (Steve Paul Jobs) को जिवन सन् २०११ मा आएर टुङ्गिएको छ ।

स्टिभ को निधन पछि उनको परिवारले एप्पल मार्फत प्रेस वक्त्व्य जारी गर्दै, “परिवारहरु का विच शान्त वातावरण मा आज उनको को निधन भयो”  (Steve died peacefully today surrounded by his family) भनेर उल्लेख गरेकाछन् ।Steve Jobs (1955-2011)

सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए ।

ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया  फर्किए, जहाँ उनले अर्का एक साथि स्टिभ ओज्निक (Steve Wozniak) सँग मिलेर सन् १९७६ मा क्यालिफोर्नियाको एक ग्यारेज मा पहिलो एप्पल कम्प्युटर को निर्माण गरे । (Built the first Apple computer in a Los Altos, California, Garage in 1976) सन् १९८० मा एप्पल कम्पनी ले आफ्नो ‘सेयर’ अन्य व्यक्तिहरुलाई बेच्यो । अनि त्यसको ४ वर्ष भित्रैमा (सन् १९८४ मा) एप्पल ले ‘ग्राफिकल युजरइन्टरफेस’ (Graphical User Interface) र ‘माउस’ (Mouse) सहित को ‘म्याकिन्टोस’ कम्प्युटर को निर्माण गर्यो ।

तर ‘म्याकिन्टोस’ कम्प्युटर सोचे अनुसार विक्रि हुन सकेन । अत: सन् १९८५ मा एप्पल ले आफ्ना केही निर्माण कम्पनीहरु बन्द गर्यो । व्यवस्थापन सँग को विवादमा जब्सले कम्पनी छोड्नुपर्यो । एप्पल को व्यवस्थापन सँग को विवाद का कारण स्टिभ जब्सले एप्पल छोडेर सन् १९८८ मा ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी को स्थापना गरे  । आफ्नो कम्पनीबाट आफू नै निकालिएको सायद जब्स कै पहिलो घटना होला । जब्सले एप्पल छोडेर हिँडेसँगै माइक्रोसफ्ट लगायत अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्न एप्पललाई साह्रै कठिन परेको थियो, एप्पल लगभग डुबिसकेको थियो । एप्पल सँग ‘क्यास’ थिएन, उनीहरुले ‘न्युटन’ (Newton) जस्ता ‘प्रोडक्ट’ मा लाखौँ डलर खर्च गरेका थिए । दश वर्ष को अवधिमै कम्पनीले केही प्रमुख कार्यकारीहरु देखेको थियो ।

आफू निस्किएको ११ वर्षपछि सन् १९९६ मा जब्सको ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी ‘एप्पल’मा गाभियो, यो सँगै स्टिभ जब्स फेरि ‘एप्पल’ मा आइपुगेका थिए । स्टिभ को प्रवेश सँगै, नाटकिय रुपमा एप्पल परिवर्तन भयो । सन् १९९७ मा माइक्रोसफ्ट (Microsoft) ले, एप्पलमाथि १५० मिलियन डलर लगानी गर्यो, यदि माइक्रोसफ्ट ले यसो नगरेको भए सायद, एप्पल यो रुपमा नआइपुग्न पनि सक्थ्यो । माइक्रोसफ्टले एप्पल को उद्धार गरेको थियो । त्यसपछि का वर्षहरुमा जब्सले आइपड, आइफोन, आइप्याड तथा म्याकिन्टोस कम्प्युटर को नयाँ भर्सनहरु सार्वजनिक गरिरहे । यी ‘प्रोडक्ट’हरुले गर्दा एप्पल ले विश्वास नै गर्न नसकिने फड्को मार्यो । यी सँगै स्टिभ जब्सले ‘डिजिटल एनिमेशन स्टुडियो’ पनि सञ्चालन गरेका थिए । एप्पल ले त फड्को मार्यो नै, स्टिभले पनि कुशल प्रमुख कार्यकारी को कौशल देखाइरहे ।

सन् २००४ मा जब्सलाई ‘प्यान्क्रियाटिक क्यान्सर’ (Pancreatic Cancer) भएको थाहा भयो । केही समय एप्पलको गतिमा केही रोकावट झैँ देखियो, अब पहिले का स्टिभ जब्स रहेनन् । एप्पलको नयाँ ‘प्रोडक्ट’ भन्दा पनि जब्स को स्वास्थ्य को चर्चा हुन्थ्यो । तर यस्तो रोकावट धेरै वर्ष रहेन, जब्स फेरि नयाँ र आक्रामक शैलीमा प्रस्तुत भए ।

जब्सले सन् २००५ मा स्ट्यान्डफोर्ड विश्वविद्यालय (Standford University) मा एउटा भाषण दिएका थिए, त्यसको सदैव तारिफ हुने गरेको छ । उक्त भाषण मा ‘तिम्रो समय छोटो छ, यस छोटो समयमा आफ्नो जिवन बाँच्नुपर्छ’ भनेका थिए । सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो ‘मुटु र सिकाइ ले जे भन्छ त्यसै गर, बाँकि कुराहरु भनेका केही होइनन्"’ । (Your life is limited, so don’t waste it living someone else’s life. Don’t be trapped by dogma – which is living with the results of other people’s thinking. Don’t let the noise of others’ opinions drown out your own inner voice. And most important, have the courage to follow your heart and intuition. They somehow already know what you truly want to become. Everything else is secondary. ~ Steve Jobs, Standford University, 2005)

त्यसपछि का वर्षहरुमा स्टिभ जब्सले पछाडि फर्केर हेर्नुपरेन । सन् २००७ मा आइफोन सार्वजनिक गरेका जब्सले सन् २०१० मा आइपुग्दा आइप्याड सार्वजनिक गरे । उनीहरुले निकालेको ‘प्रोडक्ट’ र उनीहरुमा आएको परिवर्तन का कारण अहिले एप्पललाई विश्वको सबैभन्दा ‘भ्यालुएवल’ कम्पनी (Apple: World’s most valuable company) मानिन्छ ।

‘प्यान्क्रियाटिक क्यान्सर’ लागे पनि जब्स सँधै नया कुराहरु सार्वजनिक गर्न आतुर रहन्थे । आफ्नो आयु धेरै छैन भनेर जानेका जब्सले गत जनवरी देखि तेस्रोपटक ‘विरामी विदा’ लिएका थिए।  आफू विरामी विदा मा बसेपनि, आफू चाँडै फर्कनेछु भनेर भनेका जब्सले मार्च २ मा नयाँ आइप्याड सार्वजनिक गरे भने जुन ६ मा ‘आइक्लाउड’ (iCloud) नामक ‘अनलाइन सर्भिस’ सार्वजनिक गरे । आफू अशक्त र अन्तिम अवस्थामा पुगेको थाहा पाएरै होला, अगष्ट २४ का दिन एप्पल को कार्यकारी प्रमुखबाट (Steve Jobs resigned as Chief Executive on August 24) राजिनामा दिए र कम्पनीकै ‘अपरेटिङ अफिसर’ टिम कुक (Tim Cook, new CEO of Apple) लाई नयाँ कार्यकारी प्रमुख नियुक्त गरे ।

एक श्रीमती र ४ जना छोराछोरी सँग वस्दै आएका स्टिभ जब्सले अक्टोवर ५ का दिन यो संसारलाई छोडेर गए । उनको कामहरु को सदैव प्रशंसा हुने नै छ, तर उनको अभाव सदैव एप्पल र टेक-जगत मा खड्किरहनेछ । जिन्स र टिसर्ट अनि गोलो चश्मा मा अब स्टिभ ‘स्टेज’ मा देखिने छैनन्, उनको ‘कि-नोट’ अब सुन्न पाइनेछैन ।

उनको निधन सँगै, संसारभरि उनकै चर्चा भइरहेको छ । एप्पल डटकम (Apple.com) को पहिलो पृष्ठमा स्टिभ जब्स को तस्विर राखिएको छ । स्टिभ जब्स सँग को सम्झना, विचार या समवेदना प्रकट गर्नेहरुका लागि एप्पल ले [email protected] मा ईमेल गर्न आग्रह गरेको छ ।

ट्वीटरमा विश्वव्यापी रुपमा ट्रेन्डिङ टपिक मा देखिरहेका स्टिभ जब्सलाई गुगल ले आफ्नो होमपेज (Steve Jobs, 1955-2011) मा सम्झना गरेको छ । अमेरिकी राष्ट्रपति वाराक ओवामा (Rest in Peace, Steve Jobs. From all of us at #Obama2012, thank you for the work you make possible everyday – including ours. The World has lost a Visionary. ~ President Barack Obama), माइक्रोसफ्ट का भूतपुर्व कार्यकारी बिल गेट्स (For those lucky enough to get to work with Steve, its been an insanely great honor. I will miss Steve Immensely. ~ Bill Gates), फेसबुक का कार्यकारी प्रमुख मार्क जकरवर्ग (Steve, thank you for being a mentor and a friend. Thanks for showing that what you build can change the world. I will miss you. ~ Mark Zuckerberg on Facebook), गुगलका प्रमुख कार्यकारी ल्यारी पेज तथा सहसंस्थापक सेरगी व्रिन (Passion for excellence is felt by anyone who has ever touched an Apple Product ~ Sergey Brin on Google Plus. Focus on the user experience above all else has always been an inspiration to me. ~ Larry Page on Google Plus) लगायतका व्यक्तिहरुले उनको काम को प्रशंसा र सम्झना गरेकाछन् र जब्सलाई गुमाउनु पर्दा दुख लागेको कुरा व्यक्त गरेकाछन्  । गुगल का संस्थापक व्दय ल्यारी पेज र सेरगी व्रिन ले विगतमा ‘स्टिभ जब्स’लाई गुगल को प्रमुख कार्यकारी मा नियुक्त गर्ने प्रयास गरेका थिए !

विश्व का अधिकांश पत्रपत्रिकामा स्टिभ जब्स को निधन को खबर प्रमुख पृष्ठमा छापिएको छ । अधिकांश ब्लग, र वेवसाइटहरुमा स्टिभ जब्स कै चर्चा गरिएको छ । म आफ्नो ट्वीटर मा उनकै निधनबारेको ट्वीट निरन्तर देखिरहेको छु । मैले स्टिभ जब्स को निधन को खबर यही ट्वीटरबाटै पाएको हुँ । अधिकांश व्यक्तिहरुले ट्विटरबाटै स्टिभ जब्स को सम्झना गरिरहेकाछन् । उनले निकालेका ग्याजेटबाट उनको निरन्तर सम्झना भइरहनेछ ।

RIP Steve Jobs, you’ll be missed forever. :(

स्रोत: फोब्स, मासवेल, टेकक्रन्च, गिगाओम, गार्जियन

Comments

  1. बिजया दशमीको शुभकामना छ है यहाँलाई ! 

    ReplyDelete
  2. tehi ta it was bad

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post