राजु, मिना अनि उनीहरुको मोती नाम गरेको कुकुर ! उनीहरुको जिविका धान्न कुकुरले ठूलो मद्दत गरेको छ, उनीहरु सडकमा गएर तमासा देखाउँछन्, कुकुरले विभिन्न खेल देखाउँछ, उनीहरु यसैबाट आम्दानी गर्छन् । उनीहरुको घरको अभिन्न सदस्य मोती पनि हो । केही समयपछि राजु र मिनाको जोडीले कवाली देखाउने काम पाउँछन् । उनीहरु सडकबाट अब घरघरमा पुगिरहेका हुन्छन्, जसले बोलाउँछ उसकोमा गएर नाच देखाउँछन् । उनीहरुको आम्दानीको स्रोत अब नाचगान हुन्छ । एकदिन नगरपालिकाको गाडी आएर उनीहरुको कुकुरलाई लिएर जान्छ । नगरपालिकाले कुकुर लगेकोमा राजु दुख मनाउ गर्छ तर मिना “अब हामी नाचगानबाट कमाइ गर्छौँ, त्यो कुकुरको के जरुरत” भनेर प्रश्न गर्छे । “जरुरत” भन्ने शब्दले राजु झस्किन्छ ! मिना भन्छे अब त्यस कुकुर को कुनै जरुरत छैन, हामी कवाली नाचेर आम्दानी गरिरहेकाछौँ । केही समयपछि उनीहरुलाई थिएटरमा नाच्ने प्रस्ताव आउँछ । मिना भन्छे, अब हामी थिएटरमा नाच्ने भइसक्यौँ, कवालीको के जरुरत ! अब मिना थिएटरबाट चलचित्रमा पुग्छे, केही समय पहिले उसको आवश्यकता रहेको त्यही थिएटर अब जरुरत बन्न पुग्छ । मिनालाई साथ दिँदै आएको राजु आफ्नै पुरानो बाटोमा