मेरो सबैभन्दा प्यारो थियो उ। जहाँसुकै जाँदा होस्,जेसुकै गर्दा होस् हामी प्राय सँगै हुन्थ्यौं। जब म थकित हुन्थें, उ मेरो साहारा बन्थ्यो। मेरो सुख दु:खको एकमात्र साथी थियो उ। त्योबेला मा उसको प्रशंसा गरेरै थाक्दिनथें, उसले दिने खुशीको बर्णन गर्न सक्दिनथें। उ बीनाको मेरो जिबन अकल्पनिय थियो। मेरो परिवार, साथीसँगी मेरो उप्रतिको लगाव देखेर चिडिन्थे। हेर्दाखेरी उ अरुको भन्दा राम्रो थियो, मोर्डन खालको थियो, त्यसैले मलाई लाग्थ्यो सबैजना मेरो डाह गर्दथे।
बिस्तारै समय बदलिँदै गयो, हामी ठुला भयौँ, अनि समय सँगै हामी परीवर्तित् हुँदै गयौँ। मलाई उसले सोच्दो हो, यो स्वार्थी भई, मलाई बिर्सिइ। तर म के गरौँ? उसलाई जे चाहिन्छ, त्यो म उसलाई दिन सक्दिन, मेरो चाहना उसले पुरा गर्न सक्दैन। त्यसमाथि मेरो जिबनमा उसका धेरै बिकल्प आइसके। अब उ मेरो जरुरतबाट रहरमा बदलिएको छ। कुनै दिन म उ बीनाको जिन्दगी कल्पना गर्न सक्दिनथें, आज म आँफै उसको साथ चाहँदिन। अतितको मेरो सबै भन्दा प्रिय उ, अहिले कहाँ छ, कुनै अड्कल् समेत छैन मलाई। मेरा सँगीहरुको सामुन्ने उसले एकपटक मेरो बेइज्जत गराएको थियो।
शायद १० बर्ष अघि हो, तीजको बेला थियो, हामी नाच्दै थियौँ, एक्कासी घ्यार् घ्यार् गर्दै बज्न छोडेको थियो उ। बनाएको भए बन्थ्यो होला, मैले बनाउन चाहिन। त्यसपछी हामी बिच पहिलेको जस्तो सम्बन्ध रहेन। मेरो रिसको झोँकमा उ २-३ पटक भुइँमा बजारियो पनि। टेबलमाथि रुमालले ढाकिएर शानसँग बिराजमान हुने उ यानिकी मेरो क्यासेट सो घटना पछी त्यही टेबल मुनी मिल्कियो। अन्तिम पटक उसलाई ३ बर्ष अघि सिरानको तलाको मुधुसभीत्र देखेकी थिएँ। ममा ऊप्रतिको लगाब हट्दै जानुमा अर्को कारण पनि थियो, त्यसै सालको दशैमा मामाले सिडि वाला वाक्मेन ल्याइदिन्छु भनेर भन्नु भएको थियो।
मेरा कलिला तरुनी सपनामा रङीचङी वाक्मेन देखिन थाले, अनि त त्यो थोत्रो क्यासेटलाई त हेर्न मन नि लागेन। हेर्दा हेर्दै यसरी मेरो क्यासेटसँग सम्बन्ध बिच्छेद भयो। आजकल त बजारतीर पनि त्यति क्यासेट देख्दिन, अडियो क्यासेट पाईन्छ कि पाइँदैन अचेल कुन्नी? शायद मेरै जसरी धेरैको सम्बन्ध बिच्छेद भयो होला क्यासेटसँग। आजकल कहिलेकाहीं पुराना गीत सुनें भने एस्एलसि दिँदा ताका मेरो प्यारो क्यासेटमा तिनै गीत सुन्दै पढेको झल्झली याद आऊँछ। अचम्म लाग्दो तरङ हुन्छ ति सम्झनामा। अनि एकमनले भन्छ, आज हामी जोसुकैको जतिसुकै प्यारा भए पनि कुनै दिन भविश्यमा तिनै क्यासेट जसरी बिस्थापित हुनेछौँ।
समय परिवर्तन हुँदै जान्छ, समयसँगै सबै कुरा बदलिँदै जान्छन। संसार नै यसरी चलेको छ।
-निशांक N®B
तस्विर: acclaimclipart

Well, expressed..:)
ReplyDeleteramro
ReplyDeletemitho
guliyo
purai gudpak :)
wow this story is so close to mine......i too had attachment with my cassette player but slowly we both parted away....
ReplyDeletek garnu sathi, katha bhaye pani sabai ko life sanga milna milna khojcha yo kahani...
ReplyDeletenepali unicode
सारै राम्रो लाग्यो, पढिरहदाँ मैले यसलाई कुनै क्यासेट पात्रको रुपमा नलिई तरुनी केटीलाई लिएर पुरा गरेको हुन्छु । मजा आयो, पढियो, राम्रो बिश्लेषण । लेखकलाई धन्यबाद ।
ReplyDeleteWow really nice story. I enjoyed it while reading. And it has some reality tooo....these days people are not much attached to such cassette and radios..........
ReplyDeleteInteresting,I remember my yung age.
ReplyDeleteवा वा वा वा धेरै नै राम्रो लग्यो कथा अनि यो कथा को लेखक निशंका दै होइन त ajai नया नया प्रस्तुति हरु पस्किदै जानु होला आउने दिन हरु को कामना ...
ReplyDelete