फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’ मा फेसबुक का सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्ग ले फेसबुकमा हुन लागेको नयाँ परिवर्तनहरु बारे जानकारी दिएकाछन् । अब हिजो अस्ति सम्म चलाइँदै आएको फेसबुक को हुलिया केही दिनभित्र नै परिवर्तन हुने भएको छ । बारम्बार आफ्नो डिजाइन परिवर्तन गरिरहने फेसबुक ले यसपटक पनि आफ्नो डिजाइन मा आमुल परिवर्तन गरेको छ ।
सानफ्रान्सिस्को मा भइरहेको कन्फ्रेन्स मा बोल्दै, मार्क जकरवर्ग ले ‘फेसवुक प्रोफाइल’ मा आमूल परिवर्तन गरिएको बताएकाछन् । फेसबुक मा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको छ, ‘टाइमलाइन’ को अर्थ हुन्छ, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रम मा राखिने छ । समग्रमा भन्दा ‘टाइमलाइन’ ले अब आफ्नो इतिहास बताउने छ ।
फेसबुक मा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउने छ । यसलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’ को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर्नु बाहेक अन्य कुनै उपाय थिएन । अब त्यसको विकल्प को रुपमा ‘फेसबुक टाइमलाइन’ आएको छ, जसले सम्पूर्ण कुराहरु सिनेमा जसरी छर्लङ्ग देखाउने छ । तर ‘टाइमलाइन’ सबै प्रयोगकर्ताहरुको लागि सार्वजनिक भइसकेको छैन । फेसबुक ले आफ्नो ब्लगमा, ‘टाइमलाइन’ सुविधाका लागि केही हप्ता अझै कुर्नुपर्ने जनाएको छ । हाललाई टाइमलाइन सुविधाको लागि यहाँबाट साइनअप गर्न सक्नुहुन्छ ।
अब को फेसबुक प्रोफाइल तल फोटोमा देखाइएजस्तै हुनेछ । तल फोटोमा देख्न सक्नुहुन्छ, फेसबुक को दाँया र वाँया बक्सहरुमा फोटो छ, विचमा एउटा लामो धर्को छ, त्यो धर्कोले टाइमलाइन जनाउँछ । अत: अब मिति अनुसार फेसबुक प्रोफाइल मा आफ्ना गतिविधिहरु देखिने छ ।
माथि को फोटो फेसबुक को नयाँ प्रोफाइल को हो, जहाँ फोटो, स्टाटस, एप्सहरुलाई यसरी ‘बक्स’हरुमा मिलाएर राखिएको छ । साँच्चै भन्ने हो भने, अहिले भइरहेको प्रोफाइल को सबै किसिम को नाम निशाना यो नयाँ फेसबुक प्रोफाइल ले मेटाइदिने भएको छ । आफूले गरेका सम्पूर्ण गतिविधिहरु अब, फेसबुक टाइमलाइनमा हेर्न सकिने छ ।
तपाईहरुलाई फेसबुक को नयाँ डिजाइन कस्तो लाग्यो ? तपाईलाई राम्रो लागे पनि, नराम्रो लागेपनि फेसबुक को नयाँ डिजाइन को लागि तयार रहनुस् । केही हप्तामा नै तपाईहरुको प्रोफाइल पनि यस्तै हुँदैछ ।
माथि को प्रोफाइल डेभ्लपर जेस्स स्टे को हो भने तल को प्रोफाइल चाँहि टेकक्रन्चका ब्लगर एमजी सिग्लर को हो ।
it's cool......... pretty excited about it !
ReplyDeleteफेसबुकले गरेका केही परिवर्तनहरू सकारात्मक र उपयोगि लागे पनि मलाई भने यो छिटि-छिटो परिवर्तनका बीच यी नयाँ डिजाइन पनि धेरै समय टिक्दैनन् कि जस्तो लाग्दैछ :) ।
ReplyDeleteMyspace ko Remind garirako jasto lagyo.
ReplyDeletewawooooooooooooooooooo gr8
ReplyDeletetimeline feature is awesome.. http://techcrunch.com/2011/09/22/how-to-enable-facebook-timeline/ link follow garnus ..
ReplyDeleteprayas ramro mannu par6
ReplyDeletei like it
prayas ramro 6'
ReplyDeletei like it