असोज ११ गते बुधवार प्रतिपदा तिथि, आज घटस्थापना । आज को दिन १० बजेर २७ मिनेट मा जमरा राख्न को लागि साइत उत्तम रहेको कुरा पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बाट बिधिवत रुपमा दशैँ भित्रिएको छ । आज राखिएको जमरा विजयादशमी को दिन प्रसाद को रुपमा मान्यजन बाट लगाइने गरिन्छ ।
घटस्थापना कसरी गरिन्छ?
दशैँघर वा पुजाकोठामा बालुवा र माटो मिलाएर बनाएको सम्मिश्रणमा जमरा राखिन्छ । दियो, कलश, गणेश आदि स्थापना गरेर विधिवत रुपमा घटस्थापना गरिन्छ ।घर को पुजा कोठा वा दशैँघरमा घडामा बाहिरबाट माटो र गोबर टाँसेर त्यसमा गहुँ,जौ, मकै आदि छरिन्छ । उक्त घडालाई टपरी मा राखिएको चामल माथि राखिन्छ । घडा को बाहिर गहुँ,जौ आदि छरिन्छ भने, भित्र चाँही पानी राखिन्छ र माथिबाट आँप, पिपल लगायत का पात र फूल राखिन्छ ।
साथै, आफ्नो देवीदेउता, कुल आदिलाई चढाउनुपर्ने स्थानअनुसार दुनामा पनि जमरा राखिन्छ । अष्टमीको दिनमा भने खुँडा,खुकुरी,चुलेसी,चक्कु आदि लगायतका हतियारहरु को पनि पुजा गरिन्छ । घटस्थापना गरेपछि ९ दिन सम्म शक्ति की प्रतिमुर्ती देवीको आराधना गरिन्छ । आफ्नो परम्परा र रितिस्थिति अनुसार दशैँ सबैले आ-आफ्नै रुपमा मनाउने गर्छन् ।
आज राखिएको जमरालाई १० दिनपछि देवीको प्रसाद को रुपमा मान्यजनबाट लगाउने गरिन्छ । अँध्यारो ठाउँमा, सूर्य को प्रकाश नछिर्ने गरि उमारिएको जमरा हेर्दैमा मनमोहक लाग्छ । धार्मिक रुपमा मात्र नभइ वैज्ञानिक दृष्टिकोण बाट पनि जमरालाई राम्रो मानिन्छ ।
आजको घटस्थापना सँगै, यहाँहरु सम्पुर्णमा दशैँ को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को दशैँ शुभ रहोस् !!!

Comments
Post a Comment