हाम्रो देशमा सँधै को गाइजात्रा छ, गाइजात्रा मनाउन ‘गाइजात्रा’ कै दिन कुर्नु पर्ने स्थिती अब छैन । देशमा सबैभन्दा बढि गाईजात्रा राजनिती मा भइरहेको छ, भन्दा अत्युक्ति नहोला । अनि राजनिती मा भएको गाइजात्राले सबै क्षेत्रलाई तहसनहस गराएको छ ।
लोडसेडिङ हुनु, पत्रकार कुटिनु, सर्वसाधारण लुटिनु, धारामा पानी नआउनु, देशमा विना उपलब्धि ३-३ महिना मा प्रधानमन्त्री फेरिनु, संविधान सभाको समयलाई तन्काएको तन्काएकै गर्नु, तलब र भत्ता ले नपुगेर सभासद ले पासपोर्ट बेच्नु, थरिथरिका समूहले दिनैपिच्छे थरिथरिका माग राखि बाटो, कलेज, बजार बन्द गरिरहनु, एउटा नेताले अर्को नेताको खुट्टा तानिरहनु, पार्टि फुटाइरहनु, नयाँ दल दर्ता गरिरहनु, नेटवर्क नलाग्नु आदि इत्यादी सबै गाइजात्राहरु ३ सय ६५ दिन नै देखिरहिएको छ । यो भन्दा बढि गाइजात्रा अरु के हुन्छ होला, कुनै पनि देशमा?
महंगी बढिरहनु, पेट्रोल र डिजेल को अभाव खेपिरहनु, सोर्स र फोर्समा मात्र सबै चलिरहनु, नेता ले अपराधिक संगठनलाई संरक्षण दिइरहनु, देश को सिमाना मिचिरहनु, नेतागण देश विदेश डुलिरहनु, भ्रष्टचार र कालोबजारी फस्टाइरहनु, जनताले दुख पाइरहनु, हाम्रो नियती नै बनिसकेको छ । कुनै दिन बत्ति आउँदा पनि, किन आज दिनभरी बत्ति आयो हँ, भनेर आश्चार्य मान्दै जवाफ खोज्नुपर्ने अवस्था छ । यति धेरै गाइजात्रा को कुरा गरेपछि, आउनुहोस् एबिसी टेलिभिजन तथा एभिन्युज टेलिभिजनले निर्माण गरेको गाईजात्रा विशेष कार्यक्रको भिडियोहरु हेरौँ ।
Watch Videos of Gaijatra 2068
तस्विर साभार ईकान्तिपुर
Comments
Post a Comment