ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो ।
मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो ।
म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त्यसो गर्ने कोही भएनन् । अत मलाई एउटा ईमेल बनाउन ३-४ हप्ता नै लाग्यो, अझै याद आउँछ त्यो मंगलबजारको साइबर, जहाँ मान्छेहरु मस्त भिडियो च्याट गरिरहेका हुन्थे, अनि म चाँहि डेस्कटप मा माउस घुमाउँदै बसिरहन्थेँ ।
याहुमा आफ्नो पहिलो ईमेल, बागबजार को एउटा साइबरबाट बनाएको थिँए । बागबजारमा ईन्टरनेट सस्तो थियो, त्यतैको साइबर धाउँदा धाउँदै खै कसरी ईमेल बन्यो, अहिले यसै भन्न सक्दिन । तर मेरो पहिलो ईमेल ले मलाई पुरानोवानेश्वर को “गुरुकुल” मा पु्र्याइदिएको थियो । मेरो पहिलो ईमेल “कम्प्युटर प्रविधि” सम्बन्धि कान्तिपुर एफएम को कार्यक्रम “साइबर टाइम” का लागि थियो, त्यहाँ पठाएको ईमेलको उपहारस्वरुप “गुरुकुल” जाने “फ्रि” टिकट मिलेको थियो । तर म आफ्नो ईमेल र याहु म्यासेन्जर कहिले साइनआउट गर्दैनरहेछु भन्ने कुरा मलाई पछि मात्र ज्ञान भयो ।
ईन्टरनेट र ईमेल सिकाइदिने गुरु कोही नभएका कारण, ब्राउजरमा देखिने हरेक शब्दहरु मलाई पढ्नुपर्ने बाध्यता थियो । कहिलेकाँही ब्राउजरमा “एड्रेस बार” नदेखिँदा, आफु कुनै साइट नै नखोली याहु को च्याटरुम मा छिरेर बस्थेँ, अनि त्यहाँ आउने हरेक लिंकहरु क्लिक गर्दै बस्थेँ ! सबैको सोधाइ हुन्थ्यो, “ए एस एल” (asl), यो कुरा को अर्थ बुझ्न मलाई अर्को ३ महिना लाग्यो । जब ईमेलबाट साइनआउट पनि गर्नुपर्ने रै’छ भन्ने कुरा पहिलोपटक थाहा भयो म “याहु” को “एकाउन्ट” पेजमा पुगेको थिँए, जहाँबाट मैले “याहु ३६०” मा अन्जानमै आफ्नो पहिलो ब्लग सुरु गरेँ ।
पाटनढोका को साइबरमा छिरेर याहु च्याटरुमा घुम्दै गर्दा, एकजना को हाइ सँगै मेरो च्याटयात्रा सुरु भयो । अनलाइनमा भेटिने मान्छेहरु साँचो बोल्दैनन्, आफ्नो सही नाम भन्दैनन्, फोटो राख्दैनन् भन्ने कुरा साथीहरु गर्थे, अत मैले उसलाई उसको नाम सोधेँ, ठाउँ सोधेँ, “जेन्डर” सोधेँ, सर्टकटमा भन्दा “ए एस एल” सोधेँ । उनको जवाफ आयो । कुरो सक्कियो । ३-४ दिन पछि फेरि एक्कासी भेट भयो, मैले नचिनेको झैँ गरि फेरि “ए एस एल” सोधेँ, एउटै जवाफ आयो, तब म ढुक्क भएँ, मान्छेहरु साँचो नै बोल्दारै’छन् अनलाइनमा ! च्याटमा भेटिएकी तिनै साथी नै मेरो अहिलेसम्म को सबैभन्दा मिल्ने साथी भएकी छिन् । बिचमा २ वर्ष हाम्रो सम्पर्क टुट्यो, २ वर्षपछि फेरि च्याटमा अकास्मात भेट हुँदा उनले चिन्न सकिनन् तर मेरो पहिलो च्याट साथी भएको कारण मलाई सबै सम्झना थियो । फेरि पनि उनी २-३ महिना हराइन्, त्यसपछि भने हामी प्राय: सम्पर्क मा नै रह्यौँ । अनि आज यो ब्लग लेख्दा उनैको याद आइरहेछ, पछिल्लो समयमा उनलाई इन्टरनेटमा मैले भेट्न सकिरहेको छैन । यता आएपछि करिब करिब फोन सम्पर्क पनि बन्द नै भएको छ र यी ब्लगहरुबाट उनी पुर्णतया अपरिचित नै छिन् । सायद फेरि सम्बन्ध अन्जान मै टुट्दैछ होला!
ईमेल नचलाउन्जेल, अनि मोबाइल नबोकुन्जेल मलाई यो ईमेल र मोबाइल भन्ने कुरा पहाड नै हुन् जस्तो लाग्थ्यो । कतिपटक त म यो सोचेर हैरान हुन्थेँ कि, मैले लगनखेल को साइबर बाट पठाएको ईमेल को जवाफ मैले बागबजार को साइबरबाट हेर्नुसक्छु र? मलाई निकै नै अजिव लागेथ्यो, यस्तो कुरा सुन्दा ! झन् मोबाइल बोक्नेहरु रिचार्ज गर्नुपर्छ भन्थे, म सोच्थेँ हरेकपटक रिचार्ज गरेपछि कति पटक नम्बर बल्दिन्छ होला, कसरी सम्झना गर्ने त्यति धेरै नम्बरहरु । रिचार्ज कार्डलाई म “सिमकार्ड” सम्झने गर्दोरै’छु ।
१२ कक्षा को रिजल्ट हुँदै थियो, आफूलाई रिजल्ट हेर्नुपर्ने थियो, रिजल्ट अनलाइनमा हेर्न सकिन्छ भन्ने कुरा थाहा पाइयो, कुदेर बालकुमारी को साइवरमा पुगेँ । साइबरको दाइ बाहिर निस्किएका रहेछन्, साइबर मा भाउजू रै’छिन् । मैले रिजल्ट हेर्नुपर्ने भनेँ । उनले भनिन् दाइ बाहिर जानुभा’को छ, तपाईलाई रिजल्ट हेर्न आउँछ? मैले आउँछ भने, कारण मैले अलिअलि साइट ब्राउज गर्न जानेको थिँए। अनि मैले साइट खोले! धेरै ब्राउजरहरु खोलेछु तर रिजल्ट भेट्न सकिन । म हिँड्नै लागेको थिँए एकछिनमा दाइ आइपुगे, खै दाइ मैले त रिजल्ट पत्ता लाउनै सकिन, रिजल्ट हेर्न भनेर आ’को भनेँ । लु, म हेर्दिन्छु आउ भने, उनी कम्प्युटरमा बस्ने बित्तिकै यो साइटहरु कसले खोल्या भनेर सोधे, मैले खोल्या भनेर जवाफ दिँए । हाम्रै पछि रहेकी भाउजुलाई तुरुन्त “उता गइहाल” भनेर निर्देशन दिए, भाउजू गइन, ती दाइले मलाई झपारे, के हो तिम्लाई साइबरमा आएर यस्तो यस्तो साइट खोल्ने? झन्डै गोद्लान जस्तो गरे, अझ मैले भनेँ हैन दाइ ब्राउजर खोल्ने बित्तिकै यही साइट खुलिरहेको थियो, हैन भने भाउजुलाई सोध्नुस्, मैले केही गरेको छैन । तिमी चुप लाग, सात्तो नै खानेगरि झपारे, म चुप लागेँ, डर लागेर आयो, त्यही नि रिजल्ट हेरिदिए ती दाइले, फस्ट डिभिजनमा पास भएछु । धेरै पछि मलाई ज्ञान भो, मैले “पर्न साइट” हेरेको रहेछु र होमपेजमा ती साइटहरु ‘सेट’ भएका रहेछन् । इन्टरनेटमा “पर्न” हुँदोरहेछ भन्ने कुरा त्यहीँबाट ज्ञान भो । अहिले पनि हल्का सम्झना छ, त्यस साइट को ब्याकग्राउन्डमा हल्का निलो कलर थियो, बिचमा दुइटि केटी को अर्धनग्न फोटो थियो, “फन्नी-सेक्सी” यस्तै केही नाम थियो ! म सोच्दैछु ती दाइ अहिले के गर्दैछन्? सायद साइबर छोडेर, फोटोकपी मात्र गरेर बस्छन् क्या’र अहिले । म त्यस साइबर नियमित जाने गर्थेँ, तर त्यो दिन गाली खाएदेखि म त्यहाँ इन्टरनेट चलाउनको लागि कहिले गइन ।
ब्लग भनेको “कपी-पेष्ट” गर्ने त हो नि जस्तो लाग्थ्यो ती सुरुवाती दिनहरुमा ! अत याहु ३६० नेपाल सम्बन्धि कुराहरुले भरिएको थियो । अनि “आकार पोष्ट” अन्जानमै सुरु भयो, केयु छिरेपछि । अनि ती ४ वर्षहरुका उतारचढावहरु यसै ब्लगमा समेटिएका छन्, विभिन्न समयका लेखिएका ब्लगहरु “अर्काइभ” मा हेर्नसक्नुहुन्छ । कहिले गालि, कहिले ताली यी सामान्य नै कुराहरु हुन् । कहिलेकाँही आफ्नो बुझाइ फरकपर्छ, कहिले आफूलाई नराम्रो लागेको अरुलाई राम्रो लाग्छ, कहिले ठ्याक्कै उल्टो भइदिन्छ । यो त भर्खर एउटा सुरुवात मात्र हो, बल्ल पाइला चाल्न सिक्दैछु, लेख्न सिक्दैछु । पार्ट टाइम ब्लग लेखिरहेको छु । पहिले आफ्नो लागि मात्र लेखिन्थ्यो, तर पाठकहरुको वृद्धि सँगै पाठकको लागि पनि ब्लग लेख्ने कोशिस गरिरहेको छु । हेरौँ कहाँ सम्म यसलाई अघि लैजान सकिन्छ ! तपाईहरुको साथ र सहयोग को अपेक्षा हरदम रहनेछ ।
तस्विर: प्रेमछिरिङ शेर्पा
साथ र सहयोज हरदम रहनेछ......:)
ReplyDeleteनिकै राम्रो लाग्यो । सहज र सरल तरिकाले लेख्नु भएको रहिछ ! उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना...
ReplyDeleteBadhai chha!
ReplyDeleteConsidering the fact that you started from a copy paste blog, you have done a good job. That makes me think why shall we "punish" any copy-paste new comers ? (#Joke)
:P
Keep blogging!
:)
ReplyDeletekhushiko kuro ho aakaar ji .. tpayi aafno chautho blog janmotsav manaaudai hunu huncha baastabik janmadin ko jhanda mahinaa din pa6i .... bhanincha kasai kasai ko barsa ma 2-3 choti janma din aaucha ... best of luck for your future and blog yaatra
ReplyDeletetyo situation bata yo situation khusi lagyo aakar sir kohi ta yesto rahe6a wow.../really this is your time of happiness that u r celebrating your 4th birthday in the networking world..
ReplyDeleteCongratulations! It's not easy to blog continuously for four years.
ReplyDeleteआकार जी को र मेरो इन्टरनेट सिक्ने धोको एकै अनुसारको रहेछ...म पनि आफैले माउस चलाउँदा चलाउँदै कम्प्युटर सिकेको मान्छे...मेरो लागि गुगल त भगवान नै बनेको छ साथमा अन्य साइटहरु ३३ कोटी देउता भन्दा कम छैनन ....
ReplyDeleteसफल ४ वर्षका लागि बधाई छ आकार भाइ! आगामी दिनमा पनि निरन्तरता र सफलताका लागि हार्दिक शुभकामना!
ReplyDeleteभाइको ईण्टरनेट अनुभव पढ्न निकै रमाईलो लाग्यो।
ma aafule ni suru suru ma nepalnews.com ko chat room bata chat gareko yaadharu taajaa bhayo yo padhera... suruma kehi garna aauthena, tyahi chat garyo, asl bata suru garera.. ani pachhi mero pahilo email ni yahoomai banako thye..
ReplyDeletetimro lekhle ekaatira mantramugdha paaryo vanedekhi arko tira aafno dinharu yaad aaye!
anyways, keep on blogging.. wish yu all the very best in coming future... love to read your blogs! :)
आकार जी, धेरै प्रेरणादायी कुरा लेख्नु भएको छ तपाईले । वास्तवमा यो प्रविधिको सबै पहिलो पाईलाहरु यस्तै हाँस्यस्पद र कष्टप्रद नै हुदाँ रहेछन । एउटा दाजुले address bar मा yahoomail टाईप गर्न नसिकाएर दाहिने पट्टिको Drop Down Menu मा click गरे देखिन्छ भनेर भन्नुभाको, म विचारा एका बिहानै साईवर पुँगे बडो जोशका साथ । History सबै delete गरेको ब्राउजरमा कहाँको dropdown मा केहि आउँथ्यो र । १ घण्टाको २० रूपैयाँ स्क्रिनमा भएको ताजमहलको फोटो हेरेर गयो । कहिले बिर्सिदिन त्यो १ घण्टा । केहि गर्न सकियोस नसकियोस,सिक्नु मेरो धर्मनै भयो यो प्रविधि भन्ने कुरा ।
ReplyDeleteरमाइलो लाग्यो अनुभव । अझै जोडदार रहोस् आगामी यात्रा । शुभ कामना !
ReplyDeleteपछाडि फर्किएर हेर्दा के छुटे, के साथै आए , अनि के थपिए भन्ने सम्झेर ल्याउँदा रमाइलो हुन्छ । अनिल, सम्झनालाई लेखाइले पठनीय बनाएको छ । चार वर्षकै अन्तरालमा पनि ब्लगमा फड्को राम्रो छ । सबै यात्राका माइलखुट्टीहरू मगजमा बसिरहँदैनन् । तर, पछाडि फर्किएर कहिलेकाही हेर्दा पनि अब के गर्दै अघि जाने, कहाँ आइपुगियो भन्ने थाहा हुन्छ । प्रगतिको कामना ।
ReplyDeleteCongratulations Aakar. Its always a pleasure to read you.
ReplyDelete