ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै ।
आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ ।
कहिलेकाँही साह्रै खुशी लागिदिन्छ, अरुको खुशी देखेर ! अनि कहिलेकाँही मन दुखी बन्छ अरुलाई दुखी देखेर । स्कुल ड्रेसमा सजिएका ती साना भाइबहिनी को मनस्थिती अनि टिएफसी को झोला लिएपछि को उत्साह म फोटो हेरेर पत्ता लगाउने कोशिस गरिरहेछु । तिलगंगामा अवस्थित शारदा नि. मा. बि. मा पाठ्यसामग्रीहरु वितरण गरियो, तेस्रो मिसन को रुपमा । ट्विटरबाट भेट भएका साथीभाइहरुको उपस्थिति थियो ।
दुइ दिन अघि मात्रै क्यानेडेली नागरिक मार्क को ब्लग पढेको थिँए “10 random things I love about Nepal” जहाँ उनले पहिलो कुरा स्कुल जाने साना नानीहरुबाटै सुरु गरेका थए । मार्क ले लेखेका थिए “युनिफर्म मा सजिएर, झोला बोकेर बिहानै स्कुल जाने साना नानीहरुको लस्कर साह्रै मनपर्छ” । सायद मार्क को ब्लग भर्खरै पढेका कारण पनि, आइतबारे मिसन को फोटो देखेपछि, मन मा थरि थरिका कुरा आएकाहोलान्।
फोटो देखेर, लागेको खुशी यहाँ शब्दमा व्यक्त गर्न साह्रै गाह्रो छ मलाई । फोटोमा ती साना नानीहरुको मुहार का विभिन्न भावभंगीहरु हेरेर म मुस्कुराइरहेको पनि छु । सायद उनीहरुले घर जाने बित्तिकै, आफ्नो झोला घरका सबैलाई देखाए होलान् । हिजो सम्म कसैसँग झोला थिएन होला, कसैको पुरानो झोला थियो होला, कसैको झोला फाटेको थियो होला । सायद हिजो झोला लिन कोही छुटेनन् होला । अब सबैले आफ्नो झोला भन्दै गर्वले बोकेर स्कुल जालान् । सबै सँग उस्तै झोला छ, सबै सँग कपि छ, अनि पेन्सिल र सार्पनर पनि छ ।
भविष्य को सपना के देखेकाछन् थाहा छैन तर पनि जिवन मा सोचेको र भनेको जस्तो थोरै मात्र पुग्ने गर्छ । कहिलेकाँही आफ्नो सानो इच्छा पुरा गर्न पनि साह्रै कठिन हुन्छ । कतिलाई लागेको थियो होला, एउटा राम्रो झोला भएपनि, मेरो किताब हराउँदैन थियो होला, पानीले भिजाउँदैन थियो होला, यो झरीमा पनि । कहिले काँही आफ्नो सानो इच्छा पुरा हुँदा मन साह्रै फुरुङ्ग हुन्छ हाम्रो, यो गर्छु र त्यो गर्छु भन्ने योजना बनाउँछौँ र त्यसलाई पुरा गर्न मरिमेट्छौँ । सायद, झोला ले उनीहरुलाई पनि त्यही किसिम को उत्साह दिन्छ होला भन्ने आशा गर्छु । साँच्चै युनिफर्म मा सजिएर, झोला मा कपि र किताब बोकेर स्कुल जाँदै गरेको साना नानीहरु को समूह हेर्दा मन साह्रै रमाउँछ । उनीहरुको आफ्नो सानो खुशीमा यो झोला ले अर्को सानो खुशी थपिदिएको होला भन्ने आशा छ, सायद उनीहरु आ-आफ्ना साथीहरुलाई भन्दै होलान् अब म पनि झोला बोकेर स्कुल जाने ! साना साना नानीहरुको भविष्य को सपना साकार होस् ! शुभकामना !!
सबै तस्विरहरु सोमेश वर्मा
Wow, I'm impressed! U guys r doing great job! Will be waiting for mission 4 then.
ReplyDeletewhat an awe-inspiring and admirable work !
ReplyDeletesarai ramro kaam....
ReplyDelete(कहिलेकाँही आफ्नो सानो इच्छा पुरा गर्न पनि साह्रै कठिन हुन्छ । कतिलाई लागेको थियो होला, एउटा राम्रो झोला भएपनि, मेरो किताब हराउँदैन थियो होला, पानीले भिजाउँदैन थियो होला, यो झरीमा पनि । कहिले काँही आफ्नो सानो इच्छा पुरा हुँदा मन साह्रै फुरुङ्ग हुन्छ हाम्रो, यो गर्छु र त्यो गर्छु भन्ने योजना बनाउँछौँ र त्यसलाई पुरा गर्न मरिमेट्छौँ ।) - यो भन्दा सुन्दर र यो भन्दा शान्त शब्दको चयन अरु कुनै पनि छैन होला । धन्यवाद आकरजी ।
ReplyDeletema timro bhawana ko kadar gardachhu aakarji
ReplyDeletewow! what an inspiring initiative ..
ReplyDeleteWow, I'm impressed! U guys r doing great job! Will be waiting for mission 4 then.
ReplyDeleteKeep up the good work!!!
ReplyDeleteThanks for sharing.
खुशी पाउन, हास्न, रमाउन अन्त टाढा कतै जान पर्ने, धेरै खर्च गर्नु पर्ने नै होइन रहेछ | ट्विटरमा भेट भएका साथीहरुका यथासक्य सहयोगले हामीले अरुलाई त खुशी बनायौँ नै, सबैभन्दा आफैँ धेरै हुने अवसर मिलेको छ | सबैले साथ एवम् हौसला प्रदान गर्नुभएको छ, अझै बढी खुशीको माहोल प्रवाह भएको छ | सम्पूर्ण असल मनहरुप्रति आभार !
ReplyDeletegreat job!
ReplyDelete