तपाईहरु प्राय: सबैलाई थाहा नै होला, अहिले संसार भरि ‘एङ्ग्री बर्ड’ (Angry Birds) नामक ‘खेल’ ले तहल्का मच्चाइरहेको छ । डिसेम्बर २००९ मा आइफोन बाट प्रवेश गरेको यो खेल अहिले प्राय: सबै मोवाइल र ब्राउजर मा अनलाइन र अफलाइन दुवै खेल्न मिल्छ । खेल को नियम साधारण छ, खास मा यो खेल हामीले गुगेली खेले झैँ खेल्न सक्छौँ ।
आइफोन हुँदै यो खेल, एन्ड्रोइड, विन्डोज फोन र अन्य फोनमा आइसकेको छ । यति मात्र होइन, यो खेल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा पनि आइसकेको छ । सन् २०१० मा सर्वाधिक सफल रहेको यस खेल, मोवाइल मा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको खेल हो भने यस खेल नखेल्ने कमै मात्र व्यक्ति संसार मा होलान् । खेलको लोकप्रियता का कारण ‘एङ्ग्री बर्ड’ फेसबुक मा पनि आइसकेको छ ।
खेलमा गुलेली ताके झैँ, ताकेर चरा को ‘अण्डा’ चोरेर लाने हरिया रङ्गका ‘सुंगुर’हरुलाई ठहरै बनाउनु पर्ने हुन्छ । ‘रोभिओ मोवाइल’ (Rovio Mobile Ltd.) ले निर्माण गरेको यस खेलमा ‘लेभल’ नै पिच्छे फरक फरक शैलीमा ‘सुँगुर’हरु बसेका हुन्छन् ।
यो भन्दा अझ रमाइलो कुरा, ‘एङ्ग्री बर्ड’ को नेपाली भर्सन ‘क्रुद्ध चरा’ नेपाली ट्विटर प्रयोगकर्ताहरुका माझ लोकप्रिय भइसकेको छ । :P ‘एङ्ग्री बर्ड’ मा चराका टाउकाहरुले ताकी ताकी ‘अण्डा’ चोरेर लाने, ‘हरिया सुँगुर’हरुलाई हानेर ठहरै पार्नुपर्थ्यो भने हाम्रो नेपाली भर्सन ‘क्रुद्ध चरा’ मा चाँहि जनतालाई ढाँटेर र छलेर, संविधान नबनाइ, सत्तामा मोज गरिरहेका, नेताहरुका खोपडि मा ताकी ताकी गुलेली खेल्न सकिन्छ । तपाईलाई आफ्ना नेताहरु देखि रिस उठेको छ भने, ‘क्रुद्ध चरा’ खेल्न सक्नुहुन्छ ।
मोबाइल मा होस् या फेसबुक या ब्राउजर मै किन नहोस् जब पनि तपाई ‘एङ्ग्री बर्ड’ खेल्नुहुन्छ भने, त्यसबेला ‘सुँगुर’ को ठाउँमा हाम्रा गन्नेमान्नेहरु रहेकाछन् भनेर कल्पना गर्नुस् । अनि गुलेली को ‘रबर’ तन्काएर जोड ले छोड्दिनोस्, ‘एङ्ग्री बर्ड’ का सुँगुरहरु ठाउँ को ठाउँ ठहरै हुनेछन् । तपाईले एकदिन मै क्रुद्ध चरा को धेरै ‘लेबल’ कटाउन सक्नुहुन्छ । खेल्ने हैन त, ‘क्रुद्ध चरा’?
प्रस्तुत लेख कोही कसैप्रति लक्षित छैन ! यो लेख नितान्त ‘एङ्ग्री बर्ड’ खेलका बारेमा जानकारी दिन लेखिएको लेख हो । ‘एङ्ग्री बर्ड’ को नेपाली ‘भर्सन’, ‘क्रुद्ध चरा’ को लागि रोचनलाई हार्दिक धन्यवाद !
टाइटल मात्रै पढ्दा झण्डै झुक्केको ! । साँच्चै कसैले पुरै गेम नेपालीकरण गरेछ कि भनेर :) । जे होस तस्बिर दामी रहेछ । यो चित्र देखेपछि रिसोर्सेस ह्याक गरेर मात्रै बन्ने रहेछ भने आफैँ भएपनि मेहनत गरौँ जस्तो लाग्यो :) । यस्तै ग्राफिक्समा खेल्न पाए त मज्जा डबल हुन्थ्यो :)
ReplyDeleteif someone is in planning of making this version then just don't use bird nepali ko asakcham neta haru bich kina bichara nirdosh panchi haru lai muchnu....nepali citizen lai nai rakhe ramro hola inplace of bird
ReplyDeleteLOL!
ReplyDeletei must be the only one who has not played angry bird yet. aba khelnu parla :D
ReplyDeleteपहिले चरा लेखिहालियो, टाइटल मा पहिले नै मिलाउनु पर्ने रहेछ ! :)
ReplyDeleteखित खित खित खित :) ..indeed a good read..I had been waiting for this post..glad my creation served a purpose..thank you.
ReplyDeleteक्रुद्ध पक्षी
ReplyDeleteWow.. will enjoy playing angry bird's nepali version :) :)
ReplyDeleteI will kill 601 SAVASAD ;)) in angry birds hehehehe
ReplyDeleteWhy not make a real game Aakar bro? Let's make real 'angry citizens' and publish it.
ReplyDeleteनेपालि भर्सन कहिले बाट आउछ ....... कस्ले बनाउदै छ .... भन्ने बारे जानकारि दिईएको भए अझ राम्रो हुने थीयो कि ??
ReplyDeleteलिङक पाउन सक्छौ नेपालि भर्सनको
ReplyDelete