अर्थमन्त्री सँग गम्भिर मतभेद हुँदै राजिनामा दिएका सचिव रामेश्वर खनाल को बारेमा कुरा गर्न अस्ति बसेको मन्त्रीपरिषद को बैठकले देश को अर्थतन्त्र सुधार्न फेसबुक को नेपाली भर्सन ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको छ ।
पाँच सय ‘मिलियन’ भन्दा धेरै प्रयोगकर्ताहरु भएको फेसबुक, विश्व मै सबैभन्दा धेरै हेरिने गुगल पछिको दोस्रो ठूलो साइट हो । हालै को तथ्याङ्क अनुसार नेपाल मा चाँही “फेसबुक” सबैभन्दा धेरै हेरिने साइट हो भने सबैभन्दा धेरै हेरिने दोस्रो साइट ‘गुगल’ हो । तथ्याङ अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् ।
सिएनएन को How much is Facebook really worth? भन्ने लेख अनुसार फेसबुकलाई ६५ अर्ब डलर (नेपालीमा ४७.४५ खरब रूपैयाँ; फेसबुकभन्दा हाम्रो देशको वार्षिक बजेट १५ गुणा गरिब छ ) को साइट आँकिएको छ । त्यस्तै टेक्नोलोजी साइट ‘टेकक्रन्च’ ले फेसबुकलाई याहु र इवे भन्दा धनी साइट को रुपमा चित्रण गरेको छ । (हेर्नुहोस् तलको चार्ट, स्रोत: टेकक्रन्च)
नेपाल का ‘इन्टेलिजेन्स’हरुले फेसबुक का बारेमा तयार पारेको गोप्य रिपोर्ट को आधारमा अस्ति बसेको मन्त्री परिषद को बैठकले, ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको हो । आगामी केही महिना भित्र सबै नेपाली को हातमा मोबाइल पुर्याउने निर्णय गरेको, नेपाल सरकार ले ‘देशको अर्थतन्त्र’ उकास्न को लागि ‘फेसबुक मा लगानी’ गर्ने अवधारण ल्याएको बताएको छ । फेसबुक मा लगानी गर्ने निर्णय गर्नु १ हप्ता पहिले नेपाल सरकार का मन्त्री तथा सचिवहरुले कमलपोखरी स्थित सिटि सेन्टर मा रहेको ‘बिग सिनेमा’ मा फेसबुक का बारेमा बनाइएको चलचित्र ‘The Social Network’ हेरेका थिए । यही फेसबुकमा लगानी गर्ने विषयमा पनि मतभेद उत्पन्न भएपछि सचिव रामेश्वर खनाल ले अस्ति अर्थमन्त्रालयबाट राजनिमा दिएको भन्ने सुनिएको छ ।
नेपाल सरकारले लगानी गर्ने हल्ला चलेपछि हामीले फेसबुक का सहसंस्थापक मार्क जुकरवर्गलाई फेसबुक म्यासेज बाट सम्पर्क गर्ने कोशीस गरेका थियौँ । फेसबुक मा लगानी गर्न आवश्यक पहल भइरहेको र केही दिन मै ‘मार्क जुकरवर्ग’ नेपाल आउने कुरा हामीलाई प्राप्त ‘जुकरवर्ग’ को म्यासेज ले प्रस्ट पारेको छ । जुकरवर्ग को म्यासेज मा ‘आफू पहिले पनि नेपाल आएको र नेपाल जस्तो सानो देशमा पनि अत्याधिक नेपालीहरुले फेसबुकलाई माया गरेको थाहा पाउँदा हर्ष लागेको बताएकाछन् । साथै, ‘नेपाली फेसबुक’ मा नेपाल सरकारले लगानी गर्न देखाएको तत्परतालाई आफूले हार्दिक स्वागत गरेको कुरा पनि, जुकरवर्ग ले उल्लेख गरेका छन् ।
कृषिप्रधान देश भनिएपनि, रेमिट्यान्स को भरमा टिकेको देशले, इन्टरनेट मा लगानी गरे चाँडो ‘फाइदा’ हुने चाल पाएका कारण, यस्तो निर्णय गरेको हुनसक्छ भन्ने हाम्रो बुझाइ छ । सुरुवात को ७ वर्ष भित्रै मै विश्वकै सर्वश्रेष्ठ बन्न सफल साइट, फेसबुक ले दिन दुई गुना रात चौगुना, आम्दानी गरिरहेको छ । फेसबुक को यही आम्दानी देखेको नेपाल सरकार ले, उक्त साइट को नेपाली भर्सन साइट को गुणस्तर विकास र बृद्धि को लागि भन्दै लगानी गर्ने निर्णय गरेको भएपनि, प्रमुख कुरा देश को अर्थतन्त्र नै सुधार्नु रहेको छ । फेसबुकबाट प्राप्त आम्दानी देशमा ‘पावरप्लान्ट’हरु बनाउन लगानी गरिने भनिएको छ । सरकार को आन्तरिक हिसाब अनुसार फेसबुकबाट प्राप्त हुने मुनाफा विद्युतमा लगानी गरिने हुँदा लोडसेडिङ आगामी केही वर्षभित्रै हराएर जानेछ ।
चौध घन्टा लोडसेडिङ ले गाँजेको देशमा फेसबुक चलाउने संङ्ख्या छन् भन्दा अचम्म मान्नुपर्ने कुरा केही छैन । केही वर्ष अघिसम्म सिमित व्यक्तिहरु को पहुँच मा रहेको इन्टरनेट, मोवाइल मार्फत नेपालीहरु को हात-हात मा पुगेको छ तर यसो भन्दैमा इन्टरनेट र मोबाइल सबैको पहुँचमा पुगेको छ भन्न खोजेको हैन । फेसबुक को बढ्दो लोकप्रियता बढ्दै जाँदा र नेपालीहरुले बिहान उठेदेखि बेलुका नसुतुन्जेल सम्म फेसबुक मै आफूलाई ‘बिजी’ राख्ने गरेका कारण पनि नेपाल सरकारले ‘नेपाली फेसबुक’ मा चासो देखाएको हुन सक्ने, फेसबुक का चिफ अपरेटिङ अफिसर ‘सेर्ली स्यान्डवर्ग’ ले आफ्नो ब्लग मा उल्लेख गरेका छन् ।
नेपाली फेसबुक मा सुरुमा करिब पाँच करोड अमेरिकी डलर लगानी गर्ने नेपाल सरकार ले उल्लेख गरेको छ । त्यसका अलावा, नेपाली फेसबुक को विकास र विस्तार का लागि नेपाल मै ‘फेसबुक’ को अफिस खोलिने भएको छ । स्मरणिय रहोस् यसअघि नै भारत र चिन मा फेसबुक ले आफ्नो ‘अफिस’ खोलिसकेको छ भने नेपाल मा अहिले सम्म कुनै पनि अन्तराष्ट्रिय साइट को अफिस खुलेको छैन ।
केही महिना पहिले प्रसारित ‘बिबिसी साझा सवाल’ मा सार्वजनिक रुपमा २०११ भित्र आइटिपार्क सञ्चालन मा ल्याइने घोषणा गरेका उच्चस्तरिय सुचना प्रविधि आयोग का उपाध्यक्ष मनोहर भट्टराईले वर्षौँ अघि बनेर थन्किएको ‘आइटिपार्क’ मा फेसबुक को अफिस खोलिने लगभग पक्का जस्तै भइसकेको जनाएका छन् ।
करिब २८ करोड को लगानी मा बनेको आइटिपार्क मा ‘नेपाली भर्सन को फेसबुक’ को वृद्धि र विकास का लागि खुल्ने फेसबुक अफिसमा करिब २५ नेपाली कम्प्युटर इन्जिनियरहरुले काम गर्ने छन् । फेसबुकलाई नेपाली इन्जिनियहरुले ‘लोकलाइजेसन’ गर्ने छन् । यसभन्दा अघि नेपाली फेसबुक मा प्रयुक्त शब्दहरुले दुविधा उत्पन्न गराएको मा, अब भने त्यस्ता शब्दहरुलाई हटाएर नयाँ शब्द राखिने छ । जस्तो यसभन्दा अघि POKE लाई घोच्नुस भनिएको थियो तर अब POKE जनाउन ‘घोच्नुस’ को सट्टा ‘कोट्याउनुस’ भन्ने शब्द राखिने छ ।
थप विवरण को लागि यहाँ जानुस् ।
आकार पोस्ट जस्तो बल्ग ले यस्तो भ्रामक कुरा राखेको मा आकार पोस्ट प्रतिको बिश्वास घटेको छ ।
ReplyDeleteयो नेपाली फेसबुकको प्रोजेक्ट आफ्नो हात पार्नका लागि त हो केयुमा नेबि संघ ले बन्दको यत्रो तिकडम मच्चाएको । केयुले नेपाली फेसबुक प्रोजेक्ट हात पार्दैछ भन्ने कुरा लिक हुनासाथ नै हो त्यहाँ बिधार्थि संघ हरुले आफ्नो भुमिका खोजेको। खाने ठाऊँ कहाँ कहाँ छ भनेर त आँखा चिम्लेर थाहा पाऊँछन् नेपाली नेताहरू , संुगुरले गु थाहा पाएजस्तै । भगवान श्री अप्रिल फुल नाथले सबैलाई सद्बुद्धी दिउन ।
ReplyDeleteAHKRUM University का Dr. LIRPA LOOF ले हालै एक ट्विट मार्फत नेपाली फेसबुकका लागि University का करिब ३०० विधार्थि दिन रात कार्यरत रहेको भनेर लेखेका त थिए पत्याएको थिईनँ । जे होस बल्ल नेपालले IT को महत्व बुझे जस्तो छ । बरु हाईड्रोमा लगानी गर्ने भनेर तयार लक्ष्मी बैंकले त्यो लगानी झिकेर नेपाली फेसबुकमा लगानी गर्न लागेको भन्ने सुनेर भने अलिकति चिन्ता लाग्यो । सबै यसरी नै नेपाली फेसबुकको पछि लाग्ने हो भने अन्य क्षेत्रको लगानी चाँही के होला ?
ReplyDeleteAhaha kya majako plan Nepal sarkarko. Gaun Gaun ma kati nepali le 1 chhak khana na payera mori raheka chhan tara nepal sarkar lai surakshako lagi facebook ma lagani garne.
ReplyDeleteSATHI HARU HO YO TA "APRIL FOOL" MANAYEKO. THIKAI LAGEO. YEKAI CHHIN TA MA PANI AACHAMMA PAREKO TARA LASTA MA MALAI THAHA BHAYEO KI AAJA APRILFOOL.
ReplyDeleteHAPPY APRILFOOL TO ALL
ल ब्लगबाट अप्रिल फूल ? हा हा हा हा
ReplyDeletesubha subha fool banai dine sathi...
ReplyDeleteरामेश्वर खनालको योगदानलाइ ओझेलमा पर्न माडवारी हरुको हुण्डी खाएर इसारामा लेखिएको लेख हो ? | फेसबुकमा लगानी गरेर नेपालमा केहि बर्ष भित्रैमा लोडशेडिंग हट्ने हावादारी लेख | अप्रिल फुल |
ReplyDelete