ट्विटर माइक्रो ब्लगिङ साइट, अनि त्यही माइक्रोब्लगिङ साइटमा पछिल्लोपटक रम्दै गएका युवाहरुको सपना, हामीले केही त गर्नैपर्छ समाज र देशको लागि ! करिब १ हप्ता अघि देखि ट्विटरका माध्यमबाट केही गरिनुपर्ने चर्चा चल्यो, अनि हिजो देखि सुरुनै भयो ‘A mission to bring smile on every faces’ भन्ने नारा सहित ‘Tweet For Cause’ अभियान !
Tweet For Cause के हो ?
Tweet For Cause भनेको एउटा अभियान हो, जसमा ट्विटर का प्रयोगकर्ताहरुले प्रतिट्विट २० पैसा यस अभियान को लागि जम्मा गर्नेछन् । अनि यसरी नेपाली ट्विटर ‘सर्कल’ बाट उठेको रकम सामाजिक काम मा लगाइने छ । केही गर्नको लागि सरकारको मुख मात्रै ताकिरहेको अवस्था मा, ट्विटर चलाउने व्यक्तिहरुले सामाजिक कामका लागि, किन केही नगर्ने भन्ने सोच अनुसार यस अभियान को जन्म भएको हो ।
कसरी सहभागिता जनाउने ?
यस अभियानका लागि @tfcNepal नामक ट्विटर खोलिएको छ । अनि यस अभियानमा आफ्नो पनि सहभागिता जनाउन चाहने व्यक्तिहरुले @tfcNepal लाई ‘फलो’ गर्नुपर्नेछ । ‘फलो’ गर्ने व्यक्तिहरुले आफ्नो ‘टविट’ अनुसार को पैसा यसअभियानलाई दिनेछन् । यस अभियानबाट उठेको रकमले वृद्दाश्रम, बालगृह, स्कुल, लाइब्रेरी लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिनेछ ।
भन्नुको मतलब, म ट्विटर चलाउँछु र यस अभियानमा सहभागि बन्न चहान्छु भने, मैले @tfcNepal लाई ‘फलो’ गर्छु । अनि तोकिएको समय मा आफ्नो ट्विट अनुसार को रकम यस अभियानलाई दिन्छु । यस अभियानको लागि म @tfcNepal को बैंक खाता वा यस अभियानका अभियन्ताहरुलाई भेटेरै रकम हस्तान्तरण गर्छु । मानौँ मैले जम्मा १ हजार ट्विट गरेँ भने, 1000x.20=200 रुपैँया म अभियानको लागि दिनेछु । अनि ट्विटर र ट्विट को हिसाब गर्दा यो सानो रकम हो । थोपा थोपा मिलेर नै समुन्द्र बन्छ । यस अभियानमा १०० जनाले सहभागिता जनाउनु भयो र १००० ट्विट २-३ महिना मा गर्नुभयो भने 100x200=20,000 रुपैँया हामीले संकलन गर्न सक्छौँ । अनि त्यति रकमले हामीले कुनैपनि क्षेत्रमा सहयोग गर्न सक्छौँ, सम्बन्धित पक्षहरुको मुहारमा खुशी ल्याउन सक्छौँ । आफूले इन्टरनेट मा बसेर ट्विट गरिरहँदा र आफ्नो सानो सहयोग ले पनि धेरैको मुहार मा खुशी छर्न सकिन्छ भने, ‘सामाज र देश’ का लागि किन ट्विट नगर्ने ? पछिल्लो गणना अनुसार ६० जनाले यस अभियानमा सहभागिता जनाइसक्नुभएको छ ।
Tweet For Cause लाई साँच्चिकै अभियान बनाउने सोच भएका कारण सर्वप्रथम यसका ४ जना अभियन्ताहरु (@aakarpost @ishzz @friendycalls @niraj_1974 ) ले प्रतिव्यक्ति १००० रुपैँयाका दरले ‘फन्ड’मा जम्मा ४००० रुपैँया जम्मा गरेकाछन् । त्यसबाहेक सबैले आफ्ना ट्विटकाउन्ट अनुसार २० पैसा प्रति ट्विट पनि जम्मा गर्नेछन् । सबैबाट तोकिएको समयमा आफ्नो ट्विटकाउन्ट अनुसार को रकम उठाइनेछ र सबैको सहमति मा कुनै एक क्षेत्रमा सहयोग गरिनेछ, त्यसको फेरि केही महिनापछि अर्को क्षेत्रमा सहयोग गरिनेछ । यस अभियानमा उठेको रकम र लगानी गरेका क्षेत्र लगायतका सम्पुर्ण विवरण सबैले देख्न मिल्नेगरि अनलाइनमै राखिने कारण सबैकुरा पारदर्शी हुनेछ ।
अभियानमा सामेल हुनुहोस् : @tfcNepal
अभियानका बारेमा सम्पूर्ण विवरण यहाँ छ : http://tinyurl.com/tfcNepalProposal
तपाईंको कामको सुरुवात धेरै राम्रो हो। तर यो रकम ठीक तरिकाले प्रयोग हुन्छ भन्ने के पक्का। के थाहा युनिटी को जस्ताइ हो कि?
ReplyDelete