गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ ।
जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ ।
हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा पनि विकिरण को मात्रा बढेको खबर आएको छ। सुनामी को विपत्ति र बढ्दो ‘विकिरण’ को प्रभाव सँगै पानी, खाद्यान्न,औषधी आदि को अभाव देखिएको छ ।
विकिरण को प्रभाव टोकियो मा समेत पर्नथालेपछि, विभिन्न देशहरुले आफ्ना नागिरकहरुलाई आफ्नो देश फर्काउने अभियान चलाएका छन् । अधिकांश अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले मंगलबार देखि नै आफ्नो जापानको उडान स्थगन गरिसकेका छन् । अत: एयरपोर्टहरुमा आफ्नो देश फर्कन चाहने मानिसहरुको ठूलो भिड लागेको देखिएको छ । तर एयरपोर्टमा टिकट भने पाउन सकिएको छैन भनेर बिबिसीले जनाएको छ । फ्रान्स, चिन लगायत का देशहरुले विशेष जहाज पठाएर आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गरिरहेछन् भन्ने खबर पनि सुनिएको छ ।
विकिरण को बढ्दो प्रभाव ले जिवन कष्टकर बन्दै गएपछि, नेपालीहरु पनि नेपाल फर्कन चाहेको कुरा, त्यहाँ स्थित नेपालीहरुले बताइरहनु भएको छ, तर नेपाल आउनको लागि टिकट पाइएको छैन, न त नेपाल सरकारले नै जापानमा भएका नेपालीहरुको बारेमा चासो राखेको देखिएको छ । जापान मा रहनु भएको एक साथि भन्नुहुन्छ, “नेपाली दुतावास ले के भन्छ हैन, नेपालीहरुले के भन्छन् भन्ने कुरा नेपाल सरकार ले सुन्नुपर्छ” । उहाँ अगाडि भन्नुहुन्छ, “नेपालीहरु नेपाल फर्कन चाहन्छन् तर प्लेन टिकट पाउन सकिएको छैन” ।
जापान मा भएका साथिहरुले फेसबुक मार्फत आफ्नो आक्रोश पोखिरहनु भएको छ । जापान मा रहनुहुने, ‘चहल सयपत्री’ भन्नुहुन्छ, “अरु देशहरुले आफ्ना नागरिकलाई कसरी हुन्छ, सुरक्षति राख्न आफ्नो देश फर्काइसके तर नेपाल सरकारलाई, कुन मन्त्रालय कसलाई दिने भन्ने मात्र चिन्ता छ । जापानमा जिवन मृत्यु को दोसाँधमा उभिएका नेपालीहरुको कुनै जानकारी नेपाल सरकारलाई छैन” !
उहाँ को आग्रह छ, “अन्य देशले जस्तो नेपाल सरकार आफूले खर्च गरेर आफ्ना नागरिकलाई सुरक्षित जापानबाट नेपाल लान सक्दैन भने कम्तिमा आफ्नै खर्चमा नेपाल फर्कन खोज्ने नेपालीहरुको लागि प्लेन को बन्दोबस्त गरिदिनुपर्छ” । चहल का अनुसार, प्लेन को टिकट नपाइको तथा विकिरण को प्रभाव बढ्दै गएका कारण ‘टोकियोमा नेपालीहरु अहिले हो कि भरे हो को अवस्थामा रोएर बाँचेकाछन्’ !
टोकियो मा विकिरण को मात्रा बढेपछि जापान स्थित नेपाली दुतावास ले आफ्नो कार्यालय टोकियोबाट ओशाका सारिसकेको छ । तर जापान मा बस्ने नेपालीहरुलाई कुनै सूचना नै नदिइ नेपाली दुतावास ओशाका सरेकोमा, जापान मै रहनुभएका दिनेशराज ज्ञावालीले फेसबुक मा “जापान स्थित नेपाली दुतावास विना कुनै सूचना टोक्यो बाट ओशाका सरुवा, ज्यानको माया दुताबास परिवारलाई मात्र रहेछ” भनेर आक्रोश पोख्नु भएको छ ।
उहाँहरु को कुरा अनुसार नेपालीहरुको अवस्था दयनिय नै देखिएको छ । सुरक्षित हुन को लागि नेपाल फर्कन चाहिरहेकाछन् तर फर्किन को लागि टिकट पाइएको छैन । टोकियो भन्दा ओशाका सुरक्षित देखेर नेपाली दुतावास ओशाका सरेको छ, तर टोकियो का अरु नेपाली टोकियो मै अलपत्र परेका छन् । अब टोकियो बस्न को लागि सुरक्षित नभएको खबर बाहिर आइरहँदा नेपालीहरु ओशाका जान्छन् या त्यहिँ बस्छन् भन्न कठिन छ । केही नेपालीहरु ओशाका जाने तरखरमा रहेको कुरा सुनिएपनि, अधिकांश नेपालीहरु नेपाल फर्कन चाहन्छन् । तर जापान मा रहेका नेपालीहरु को पिडा कसले सुनिदिने ?
पछिल्लो समाचार अनुसार अमेरिका को क्यालिफोर्निया तथा चिन को पूर्वी भागहरुमा थोरै मात्रामा ‘विकिरण’हरु देखिएको छ । त्यही विकिरण जापान सरकारले नियन्त्रण गर्न सकिरहेको छैन । यस आणविक दूर्घटनालाई विश्व को पाचौँ ठूलो दूर्घटना भनिएको छ । विकिरणहरु यसरी नै फैँलदै जाने हो भने, यसले ठूलो विनाश निम्त्याउने पक्का छ । मात्रा हेरेर विकिरण ले क्यान्सर देखि मृत्यु समेत निम्त्याउन सक्छ । नेपाल को हक मा भने अहिले सम्म विकिरण को प्रभाव छैन र हाललाई त्यस्तो सम्भावना पनि छैन । टोकियोमा विकिरण को मात्रा बढेको भनिएपनि, समग्र मा भन्दा ‘प्लान्ट’ बाट विकिरण निस्कन कम भएको कुरा जापान सरकारले बताएको छ । सामान्यत ‘रेडियोएक्टिभ’ पदार्थ को आयु धेरै हुने भएपनि, अहिले सबैभन्दा खतरनाक मानिएको ‘आयोडिन १३१’ नामक रेडियोएक्टिभ को आयु ८ दिन को मानिएको छ । तर ८ दिन को मात्र आयु भएपनि, ‘विकिरण’ को प्रभाव धेरै समय सम्म रहन्छ ।
Further Reading:
Experts knock notion of burying Japanese reactors - [WSJ]
I occasionally check your blog
ReplyDeletethis is good one.
but regarding this article, i am in japan, near tokyo and have been following up the news closly.
the radiation level in tokyo and near by area are not high enough to pose a risk to human health.
for acurate information of the disaster in japan from health point of view please see
http://www.who.or.jp/sitreps.html
thanks
Thank you for your info.
ReplyDelete:)