केही महिना अघिको तथ्यांक अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् । ८ लाख ५० हजार प्रयोगकर्ताहरु मध्ये करिब ५ लाख ९० हजार पुरुष प्रयोगकर्ताहरु छन् भने २ लाख ६० हजार महिला प्रयोगकर्ताहरु छन् । हामीलाई उपलब्ध भएको इन्फोग्राफ अनुसार नेपाल मा फेसबुक चलाउने ५८ प्रतिशत ‘सिङ्गल’ छन् जसमा ४१ प्रतिशत पुरुषहरु महिलासित सम्बन्ध बनाउन चाहन्छन् भने करिब ४ प्रतिशत महिलाहरुले मात्र पुरुषहरुसित सम्बन्ध बनाउन चाहेका छन् । करिब १७ प्रतिशत ‘रिलेशनसिप’ मा रहेकाछन् भने २६ प्रतिशत फेसबुक प्रयोगकर्ताहरु विवाहित छन् । समग्रमा हेर्दा पुरुषहरु, महिला प्रति आकर्षित भएको पाइएपनि, उमेर अनुसार महिलाहरुमा ‘विपरित’ लिङ्गी प्रति आकर्षण र विकर्षण रहेको पाइएको छ । १३ देखि १७ वर्ष सम्महरुको उमेर समूह हेर्दा, १३-१७ वर्ष सम्म का महिला (केटी)हरु पुरुषप्रति बढि आकर्षित भएको पाइएको छ । तथ्याङ्क अनुसार १७ वर्ष का उमेर का केटीहरुमध्ये करिब ११ प्रतिशत प्रयोगकर्ताहरु पुरुष (केटा) प्रति आकर्षित भएको पाइएको छ । तर...