बिहान को ८ बजिसकेको थियो, अनि कालिन्चोक हाइकिङ जानेभएकोले आज म चाँडै ६ नै बजे उठेको थिँए ! तर पनि काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले ढोका मा आएर कराउन थालेपछि, ढोका खोलेको थिँए । काठमाडौँ बाट आइपुगेको योगेन्द्र ले होस्टेल का सबै साथीलाई उठायो । ९ बजे उठ्ने बानी लागेका केटाहरु, के समय मा उठ्थे ! धुलिखेलबाट ९ बजे नै चरिकोट को लागि बस चढिसक्ने भनिएको भएपनि, साथीहरु ढिलो उठ्दा र सबैलाई जम्मा पार्दा पार्दै होस्टल मै सवा नौ बजिसकेको थियो । २-३ जना को समूह गर्दै वनेपा मा १८ जना जम्मा भइयो र बस चढियो । १८ जना को समूह, अनि बस पनि कहाँ पो खालि छ र ? अत: केही साथीहरु धुलिखेल कटेपछि छत मा चढ्यौँ । छत मा बसेर कराउँदै, फोटो खिच्दै, सुत्दै जाँदा खाडिचौर मा पुगेपछि माछा र च्युरा खाजा को रुप मा खाइयो । खाडिचौर बाट बस उकालो लाग्न सुरु गर्यो, अघि पहिले बसभित्र बसेका साथीहरु पनि छत मा आए, सायद भित्र भन्दा उनीहरुलाई बाहिरै रमाइलो लाग्यो होला । नागबेली सडक, उकालो बाटो मा फन्को लगाउँदै बस अघि बढ्यो । हामी बस को छतबाट डाँडाकाँडा र बाटो नियालीरह्यौँ । पर-पर डाँडाहरुमा हिउँ परेझैँ देखिन्थ्यो । कोशौँ पर हिउँ