काठमाडौँ भ्याली क्याम्पस रजत महोत्सव तथा १९ औँ ‘केयु डे’ आज एक समारोह का बिच काठमाडौँ विश्वविद्यालय धुलिखेल मा भव्य सँग मनाइयो । काठमाडौँ विश्वविद्याल को आधार स्तम्भ भएर रहेको ‘काठमाडौँ भ्याली क्याम्पस’ को स्थापना को २५ औँ वर्ष पुगेको उपलक्ष्य मा कार्यक्रम आयोजना गरिएको हो । वर्षेनी ‘केयु डे’ मनाउँदै आएपनि, भ्याली क्याम्पस र ‘केयु डे’ एकैसाथ मनाइएको सम्भवत यो पहिलो पटक हो । सन् १९८५ मा काठमाडौँ भ्याली क्याम्पस को नाम मा स्थापना भएको क्याम्पस को बृहत स्वरुप नै आज को काठमाडौँ विश्वविद्यालय हो ।
’नेतृ्त्व का लागि गुणस्तरिय शिक्षा’ अर्थात “Quality Education For Leadership” भन्ने लक्ष्य सहित २५ वर्ष पहिले काठमाडौँ भ्याली क्याम्पस को स्थापना भएको थियो । डा. सुरेशराज शर्मा, डा. भद्रमान तुलाधार, डा. सिताराम अधिकारी आदि लगायत को समूह ले तत्कालिन समय मा गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतु ले, काठमाडौँ भ्याली क्याम्पस को स्थापना गरेका थिए । टियु को सम्बन्धन लिएर ‘इन्स्टिच्युट अफ ईन्जिनियरङ’ कै भवनबाट आफ्नो कक्षा सुरु गरेको काठमाडौँ भ्याली क्याम्पस स्थापना को ५-६ वर्ष पछि नै काठमाडौँ विश्वविद्यालय को रुप मा स्थापित भएको थियो ।
तोकिएको भन्दा केही ढिलो सुरु भएको कार्यक्रम मा डा. जंगबहादुर चौहान ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्याल का उपकुलपति प्रोफेसर डा. सुरेशराज शर्मा तथा काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार फ्रोफेसर डा. भद्रमान तुलाधर ले काठमाडौँ भ्याली क्याम्पस को स्थापना देखि काठमाडौँ विश्वविद्यालय को अहिले सम्म को स्थिति बारे मा बोल्नु भएको थियो । समारोहमा, शिक्षा देश विकास को मेरुदण्ड हो भन्ने कुरा बुझेर नै, तत्कालिन अवस्थामा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले आफूहरुले काठमाडौँ भ्याली क्याम्पस को स्थापना गरेको बताउनु भएको थियो ।
केही गर्ने दृढ ईच्छा शक्ति भएपनि, क्याम्पस सुरु गर्दा पैसा को अभाव का कारण पढाउने ठाउँ र आधारभुत भौतिक पुर्वाधारहरु जुटाउन धौ धौ परेको कुरा डा. शर्माले स्मरण गर्नुभएको थियो । खाने मुखलाई जुँगा ले छेक्दैन भने झैँ, दृढ इच्छाशक्ति का कारण आफूहरु ले डा. रनबहादुर शाह तथा उद्यमी स्वर्गिय मोहनगोपाल खेतान जस्ता २-३ जना दाता भेटेको उल्लेख गर्दै, भ्याली क्याम्पस र आफूले खेप्नुपरेको कठिनाइ तथा विश्वविद्यालय स्थापना को प्रसंग बारे चर्चा गर्नु भएको थियो ।
तत्कालिन समय मा, टियु का उपकुलपतिलाई भनेर, ‘इन्स्टिच्युट अफ ईन्जिनियरिङ’ कै भवन मा काठमाडौँ भ्याली क्याम्पस को पढाइ सञ्चालन गरिएको र तत्कालिन क्याम्पस चिफ डा. भद्रमान तुलाधर ले पाले देखि लिएर ‘एकाउन्टेन्ट’ सम्म को काम गर्नुपरेको रोचक प्रसंग उपकुलपति प्रोफेसर डा. सुरेशराज शर्माले बताउनुभएको थियो ।
प्रजातन्त्र को आगमन सँगै, टियु को शैक्षिक क्यालेण्डर बिग्रन थालेपछि, पहिले सम्बन्धन वा आंगिक ‘अटोनमस’ क्याम्पस बनाउने सोचिए पनि, तत्कालिन प्रधानमन्त्री कूष्णप्रसाद भट्टराई ले विश्वविद्यालय नै बनाउन सुझाउनु भएको थियो । त्यसै अनुरुप डिसेम्बर ११, १९९१ मा संसद ले काठमाडौँ विश्वविद्यालय को स्थापना गर्न दिने निर्णय गरेको थियो ।
गोजी मा करोड नहुँदै, अरबौँ रुपैँया को योजना बनाउनु र विश्वविद्यालय बनाउने सपना देख्नु त्यसबेला को सन्किपन थियो भन्दै, उपकुलपति शर्मा ले क्याम्पस बनाउन ताहाचल, चागुनारायण जस्ता ठाउँ मा पुगिएको उल्लेख गर्नुभयो । तर फेरि स्थानिय को अवरोध र पार्टिगत खिचातानी का कारण, ती दुवै ठाउँमा क्याम्पस भवन बनाउन नसकिएपछि, तत्कालिन मन्त्री केशरबहादुर विष्ट मार्फत धुलिखेल मा आइपुगिएको कुरा शर्मा ले उल्लेख गर्नुभयो । धुलिखेल नगरपालिका को, जग्गा, बाटो, बिजुली पुर्याउने प्रतिबद्धता, स्थानिय को सहयोग का कारण नै विश्वविद्यालय को जग धुलिखेल मा बस्न सफल भयो । शर्मा का अनुसार तत्कालिन समय मा बजेट अभाव भएका कारण नेपाली सेना परिचालन गरेर धुलिखेल डाँडो केही खारिएको भएपनि, सेना को बढ्दो माग का कारण सेनालाई पाल्न नसकेर अन्य विकल्प लाएरै डाँडो खारिएको बताउनु भयो ।अधिकांश विदेशी दाताहरु को सहयोग बाट नै विश्वविद्यालय को जग बसेको उल्लेख गर्दै शर्मा ले ‘मास्टर प्लान’ अन्तर्गत करिब ८० प्रतिशत काम भनेको समय मा, र तोकिएको बजेट मै सकिएको दावी गर्नुभयो । बाँकी काम पनि योजना अनुसार चाँडै सम्पन्न हुने जानकारी पनि शर्मा ले गराउनु भयो । नेपाल मा तोकिएको समयभित्र यो मात्रै योजना मात्र सफल रहेको दावी गर्दै, भ्याली क्याम्पस बाट काठमाडौँ विश्वविद्यालय को निर्माण र वर्तमान स्थिति तथा भविष्य को योजना उल्लेख गर्नुभएको थियो । आफ्नो रिटायर हुने बेला आइसकेको कुरा उल्लेख गर्दै, नयाँ पुस्ता पनि जिम्मेवारी लिन सफल रहेको कुरा उपकुलपति शर्माले उल्लेख गर्नुभएको थियो । यसअघि समारोह मा विश्वविद्यालय का भुतपुर्व रजिष्ट्रार डा. सिताराम अधिकारी ले, भ्याली क्याम्पस सुरु हुँदा को समय स्मरण गर्दै, आफूले विश्वविद्यालय को आफ्नै सुविधा सम्पन्न भवन हुने, यति राम्रो सभाहल हुने कुरा कहिले नसोचेको बताउनु भएको थियो भने विश्वविद्यालय ले यति छोटो समय मै गरेको प्रगति र मारेको फड्को को तारिफ गर्नुभएको थियो । करिब ३ सय ५० जना को सहभागिता रहेको कार्यक्रम मा प्रमुख अतिथि तथा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा पूर्व सभामुख श्री दमननाथ ढुंगाना ले, काठमाडौँ विश्वविद्यालय ले नेपाल को शैक्षिक क्षेत्र मा पुर्याएको योगदान को चर्चा गर्दै विश्विद्यालय को प्रशंसा गर्नु भएको थियो ।
समारोह मा काठमाडौँ भ्याली क्याम्पस प्रथम ब्याच का विद्यार्थी देवेश लोहनीले विश्वविद्याल ले काठमाडौँ भ्याली क्याम्पस को अस्तित्वलाई जोगाइराख्नुपर्ने बताउँदै, विश्वविद्यालय का लेटर प्याड तथा बोर्डहरु मा कहीँ कतै भ्याली क्याम्पसलाई पनि जनाइदिए राम्रो हुने थियो भन्ने कुरा व्यक्त गर्नुभएको थियो । भने अर्को वर्ष देखि काठमाडौँ भ्याली क्याम्पस नामक विद्यार्थी छात्रवृत्ति दिइने कुरा रजिष्ट्रार डा. भद्रमान तुलाधर ले बताउनु भएको थियो ।
समारोह मै काठमाडौँ विश्वविद्यालय “मास्टर प्लान” का “आर्किटेक्ट”, निल्स एक्सल पिटरसन (Niels Axel Peterson) ले पनि विश्वविद्याल निर्माण को अवस्था को बारेमा बोल्नुभएको थियो ।
समारोह मा, रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो भने विश्वविद्यालय को स्थापनाकाल देखि काम गर्ने कर्मचारीहरुलाई सम्मानस्वरुप नगद रु १० हजार को साथमा कदरपत्र र दोसल्ला ले सम्मान गरिएको थियो । त्यस्तै विश्वविद्यालय निर्माण को लागि जग्गा उपलब्ध गराउने स्थानिय वासिन्दालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
धुलिखेल नगरपालिका का तत्कालिन मेयर बेलप्रसाद श्रेष्ठ ले, काठमाडौँ विश्वविद्यालय धुलिखेल मा हुनु आफैँ मा गौरव को विषय हो भन्दै, विश्वविद्याल को निर्माण का क्रम मा भएका रोचक घटनाहरु सुनाउनु भएको थियो । कार्यक्रम मा विश्वविद्यालय सम्बन्धि डकुमेन्ट्रि देखाइने भनिएपनि, समय अभाव ले देखाउन नसकिएपछि डकुमेन्ट्रि पर्सी सोमबार बेलुकी साँझ ६ बजे नेपाल टेलिभिजन बाट प्रसारण हुने जानकारी गराइएको थियो ।
कार्यक्रम का विच विच मा विभिन्न विद्यार्थीहरु तथा शिक्षक ले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । काठमाडौँ विश्वविद्यालव्दरा आयोजित कार्यक्रमलाई रिजु श्रेष्ठ र सुदर्शन गौतम ले सञ्चालन गरेका थिए ।
All pictures by Sulabh Bista.
So, happy to see KU, very very nice article, good job, bravo
ReplyDelete