मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो ।
झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ ।
ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ ।
ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने ।
“विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !”
फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भएका कारण हामी तपाईहरुलाई के आग्रह गर्छौँ भने, ती खबरहरु सरासर झटा हुन् । अर्वौ मा व्यापार गरिरहेको साइट र ५ सय मिलियन प्रयोगकर्ताहरु भएको साइट बन्न हुँदैन । हल्ला को पछि लागेर, फेसबुक बन्द हुँदैछ भन्ने कुरा नपत्याउनु हुन आग्रह गर्दछौँ । केही दिन अघि मात्रै पनि ‘गोल्डम्यान’ नामक व्यक्ति ले ५ सय करोड डलर, फेसबुक मा लगानी गरेका छन् । के ५ सय करोड डलर लगानी भएको साइट, के बन्द हुन्छ भनेर तपाई विश्वास गर्नुहुन्छ ?
यस किसिम का भ्रामक खबरहरु इन्टरनेटमा बारम्बार फैलिरहेकाछन् । खबरहरु यति सम्म भ्रामक हुन्छन् कि, केही समय पहिले ‘थ्रि-डी, ब्लु मुभी’ हेरेर महिला गर्भवति भएको वाहियात खबर फैलिएको थियो । केही दिन अघी मात्रै पनि, एक हलिउड कि स्टार को मृत्यु भएको खबर फैलिएको थियो । केही समय पहिले सन् २०१२ मा विश्व ध्वस्त हुने भन्ने कुरा ले पनि निकै चर्चा पाएको थियो, त्यही चर्चा का कारण २०१२ नामक अंग्रेजी चलचित्र को व्यापार पनि राम्रै भयो । तर त्यो २०१२ नामक चलचित्रलाई सन् २०१० कै सबैभन्दा खराब ‘साइन्स फिक्सन’ चलचित्र मानिएको छ ।
नेपालीहरु का बिच मा मनोकामना, बमभोले, गणेश, सन्तोषी माता आदि का नाम मा पर्चा बाँढेर चलाइने हल्ला जस्तै यो पनि तल्लोस्तर को हल्ला हो । अत: भ्रामक खबर को पछाडी नलागौँ, वित्थामा हल्ला फैलाउने लिंकहरु सेयर नगरौँ र नचाहिँदो रुपमा अरुलाई ट्याग गर्ने काम पनि नगरौँ । फेसबुक सुरक्षित छ, तपाई को फोटोहरु पनि सुरक्षित नै रहनेछ, फेसबुक बन्द हुने छैन ।