केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो ।
कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आइटिपार्कलाई कार्यक्रम को सानो अंश भन्दै सुचनाप्रविधि उच्चस्तरिय आयोग का उपाध्यक्ष मनोहर भट्टराई ले आइटि पार्क को विषयमा धेरै बोल्न चाहेनन् । मनोहर भट्टराई ले सानो भनेपनि, क्यान का पुर्व अध्यक्ष विप्लवमान सिंह ले, यसलाई सानो मान्न हुँदैनन भन्ने तर्क चित्त बुझ्दा ताली बजाइएको थियो । कार्यक्रम का सबै कुरा यहाँ लेख्दा, कार्यक्रम सुन्न र हेर्न खल्लो नै होला । तर पनि कार्यक्रम का भनिएका र उठाइएका केही कुराहरु यहाँ लेख्दैछु ।
आइटि प्राथमिकता मा पर्दैन
कार्यक्रम को सुरुवात मा प्रस्तोता नारायण श्रेष्ठ ले ‘साझा सवाल’ मा राजनितिक विषयमा छलफल गर्दा गर्दा, सबैलाई (श्रोता र दर्शक लाई) दिक्क लागेको कारण हामी ले यसपटक ‘आइटि’ को विषय उठाएको कुरा निकै भुमिका बाँधेर बताउनु भयो । अतिथी का रुपमा महाविर पुन, विप्लवमान सिंह, मनोहर भट्टराई लगायतका अतिथीहरु आमन्त्रित थिए । लोकप्रिय कार्यक्रम ले ‘आइटि’ लाई प्राथमिकत मा राख्नु राम्रो कुरा थियो । तर अन्त्यमा नारायण दाइ ले, ‘आज को प्रधानमन्त्री को निर्वाचन मा कुनै चमत्कार नभएसम्म, यही आउँदो आइतबार यो कार्यक्रम प्रसारण हुन्छ अन्यथा अर्को हप्ता’ भन्नुभयो । एकछिन सोचेँ, आखिर ‘आइटि’ त यस कार्यक्रम को पनि प्राथमिकता मा नपर्ने रहेछ । कुनै विषय नै नपाए पछि मात्रै उनीहरु को ध्यान आइटि तिर मोडिएको झैँ लाग्यो । राजनितिक विषयवस्तु पाएसम्म, उनीहरु को पनि प्राथमिकता मा ‘आइटि’ पर्दैन रहेछ ।
सन्की पत्रकार
कार्यक्रम मा व्यवसायी, शिक्षक, विद्यार्थी देखि पत्रकार सम्म को उपस्थिति थियो । कार्यक्रम को सुरुवात तिरै काभ्रेका कुनै साप्ताहिक पत्रिका को सम्पादक ले आफ्नो परिचय पत्रकार भनेर गराएका थिए । कार्यक्रम को अन्त्यतिर उनले आइटि पार्क को जग्गा अधिकरण गरिएको र ती जग्गा दिने मान्छेहरु अहिले सुकुम्बासी सरह भएको कुरा उठान गरे । उनको कुरामा सही थाप्दै अर्का पत्रकार पनि जग्गा को विषयमा बोल्न थाले । तर प्रस्तोता नारायण श्रेष्ठ ले यो जग्गा र मुआब्जा को कुरा प्रसंग भन्दा बाहिर भएको भन्दै, यो विषय नसमेटिने जानकारी गराए । नारायण दाइ ले यति भन्नु मात्र के भएको थियो, अघि आफूलाई पत्रिका को सम्पादक भनेर चिनाउने काभ्रेका ती पत्रकार, “तिमरु का का्र्यक्रम मा तिमेरू नै बस” भन्दै सन्किएर कुर्सी बाट उठेर आफ्नो बाटो लागे । सबैजना हेरेका हेरेकै भए । आफू पनि ती पत्रकार को सन्कीपन देखेर छक्क पर्दै बसियो ।
बोल्न नहुने कुरा
‘एनसिआइटि’ कलेज कि छात्रा करुणा को पढाइपछि जागिर कहाँ खाने र के गर्नै अन्यौलता विद्यार्थीमाझ व्याप्त छ भन्ने प्रश्न को जवाफ दिँदै क्यान का पूर्वअध्यक्ष विप्लवमान सिंह ले जागिर को चिन्ता नगर्न आग्रह गर्दै ‘केुयु' का ग्र्याजुएटहरुलाई लौ मै जागिर दिन्छु भन्दिए । सिंह को जवाफ सुनेर मैले र मेरा साथीहरु ले त मज्जा ले ताली बजायौँ । पछि आफैँलाई लाग्यो, केयु बाहिर का उनीहरुले (विद्यार्थीहरु) के सोचे होलान् । आफूलाई पनि ताली बेक्कार बजाएझैँ लाग्यो । सायद सिंह ले त थाहा पाएनन् होला के भनेँ भनेर । तर पनि अन्य विद्यार्थीहरु को मुहारमा भने झनै चिन्ता का रेखाहरु देखिए झैँ लाग्यो । सिंह ले पनि अन्य का अगाडि बोल्न नहुने कुरा बोलिदिए र हामीले पनि अन्य का अगाडि बजाउन नहुने ताली बजायौँ । आफैँलाई नराम्रो लागिरह्यो ।
आइ टि बिना न नै साझा सवाल सम्भव थियो, न नै प्रसारण हुन्छ (खिचेता पनि ) र पनि आइ टि'लाई नै गैर प्राथमिक बनाइएको थाहा पाउँदा बिश्वाशको धरोहर यहि "साझा सवाल" त थियो ~ केहि हल्लियो !
ReplyDeleteसन्की पत्रकारका कुरा सुन्दा समावेशी पत्रकारिताको छनक मिल्यो ~ त्यसो त मोसफलका दुइ पाने पत्रिका भरि समाचार अभावमा किरिंग मिरिंग बिज्ञापन देखिरहेको यो आँखाले तेस्ता पत्रकारका भोगाईलाई समेट्ने नि सोच्न थाल्यो |