सामाजिक सञ्जाल फेसबुक को प्रोफाइल पेज अब नयाँ डिजाइन मा आउँदै छ ।
प्रोफाइल पेज पहिले को भन्दा सरल र राम्रो बनाइएको दावी फेसबुक ले आफ्नो अनलाइन ब्लग मा गरेको छ । फेसबुक ले आफ्नो अनलाइन ब्लग मा, नयाँ प्रोफाइल पेज मा फोटो को भरपुर उपयोग गरेको कुरा उल्लेख गर्दै, नयाँ डिजाइन राम्रो भएको दावी पनि गरेको छ ।
के छ नयाँ डिजाइन मा ?
व्यक्तिगत विविरण, स्कुल, विश्वविद्यालय, जागिर, स्थान, जन्म मिति आदि सहित आफ्ना ट्याग भएका नयाँ फोटोहरु प्रोफाइल को सबैभन्दा माथि रहेको छ भने त्यसपछि स्टाटस अपडेट गर्ने, फोटो, भिडियो र लिंक सेयर गर्ने फेसबुक वाल रहेको छ ।
त्यस्तै आफ्नो फोटो हुने वाँया साइड तल ‘वाल’, ‘इन्फो’, ‘फोटो’, ‘नोट्स’ तथा ‘साथीहरु’ को ट्याव रहेको छ । त्यहीँबाट नै ‘साथी’हरुलाई विभिन्न ग्रुप मा राख्न तथा सम्पादन गर्न सकिनेछ ।
नयाँ फेसबुक प्रोफाइल पेज को डिजाइन अहिले को भन्दा निकै नै फरक रहेको छ । जब जब डिजाइन परिवर्तन हुन्छ, फेसबुक का प्रयोगकर्ताहरु, आफूलाई पुरानो डिजाइन फिर्ता दे’ भन्ने गर्छन् । फेसबुक ले नयाँ प्रोफाइल (नयाँ डिजाइन) त ल्याइसकेको छ, प्रयोगकर्ताहरु को प्रतिक्रिया भने हेर्न बाँकि नै छ ।
फेसबुक ले बिस्तारै सबै प्रयोगकर्ताहरु को प्रोफाइल पेज परिवर्तन गर्दै जानेछ । सन् २०११ को सुरुवात सँगै सबै प्रयोगकर्ताहरुले फेसबुक को नयाँ डिजाइन को प्रोफाइल पेज पाउनेछन् । तर तपाईलाई अहिले नै नयाँ प्रोफाइल बनाउने या भनौँ आफ्नो प्रोफाइल नयाँ डिजाइन मा हेर्ने मन छ भने यहाँ बाट परिवर्तन गर्न सक्नुहुन्छ ।
thank's
ReplyDeletei like new design
ReplyDeleteफेसबुक ब्लग : http://blog.facebook.com/
ReplyDeletei like the new profile of facebook thanks for sharing the information.......
ReplyDeleteधन्यबाद आकार (अनिल) जी ! लौ मैले नि मेरो प्रोफाइल Upgrade गर्न भ्याए है !
ReplyDeleteधन्यवाद !!!
ReplyDelete" फेसबुक को ब्लग को नाम भने के होला ?
ReplyDeletehttp://blastsoftwares.blogspot.com/2014/03/facebook-page-name-changer-2014.html
ReplyDelete