शुभ दिपावली को अवसर पारेर, नेपाली ब्लगर्स समूह ले भोलि दिउँसो ( बिहिबार दिउँसो ३ बजे, नोभेम्बर ४ अर्थातकात्तिक १८ गते) क्यापिटल एफएम को सभाहल, थापागाउँ हाइट, नयाँ वानेश्वर मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ ।
विगत मा ३-४ वर्ष पहिले यस किसिम को नेपाली ब्लगर भेटघाट कार्यक्रम गरिएको थियो भन्ने सुनिए पनि, आफ्नालागि भने, भोलि को कार्यक्रम पहिलो प्रत्यक्ष भेटघाट को कार्यक्रम हुनेछ । तर दौँतरी को संयोजकत्वमा यस अघि अनलाइन भेटघाट भने पटक पटक भइसकेको छ । इन्टरनेटमा मुख्यत: सरकार को आदेशमा केही 'आइ एस पि' ले 'ब्लगस्पट' सबडोमेन को सम्पुर्ण ब्लगहरु ब्लक गरि, 'वाकस्वतन्त्रता कुण्ठित' गरिएको समय मा हुन लागेको भेटघाट कार्यक्रम ले सकरात्मक नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
हामीले यो भेला आगामी दिनका नियमित भेलाहरुका लागि प्रस्थान-बिन्दु बन्नसक्ने बिश्वाश राखेका छौँ र यहाँहरु सबैबाट शुभेच्छा र सहयोगको आशा गर्दछौं । कार्यक्रम मा ब्लगरहरु तथा ब्लग का पाठकहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ ।

Event Details:
Nepali Bloggers Meet
Date: November 4, 2010 (कात्तिक १८ गते बिहिबार)
Time: 3:00pm Sharp
Venue: Capital FM, Thapa Gaun, New Baneshwor Kathmandu.
Events Page on Facebook: नेपाली ब्लगर-भेला
कार्यक्रम सफल होस् मेरो शुभकामना ।
ReplyDeleteखेमराज गाउँले
रोल्पा
http://gaunleman.blogspot.com
ब्लगर भेलाकाे सफलताकाे शुभकामना !
ReplyDeleteभोलि हुन् गइ रहेको ब्लगर भेला को सफलताको कामना गर्दछु ! अनि यहाहरुको उत्साह र प्रयासहरु कहिल्यौ नरोकियोस !
ReplyDeleteमिल्छ भने आकार जी भोलि !उक्त मिटिंग हुदाको समयमा भेलाको केहि खबरहरु बेला बेलामा फेसबुक मार्फत हामीलाई पनि जानकारी गराउनु होला है ! लाइभ अपडेट जस्तो हुने गरि ! धन्यबाद !
all my best wishes. its really shameful that some ISP has blocked the blogspot.
ReplyDeleteब्लगर भेलाको बारेमा जानकारीमूलक सामग्री राख्नुभएकोमा धन्यवाद आकार जी ।
ReplyDeleteभेला फलदायी होला, आशा नगरौँ । तर ठूलै आकाङ्क्षा राख्नुभन्दा यो भेला आ-आफ्नै परिवेशमा छरिएका ब्लगरहरूबीचमा आत्मीयता वृद्धि र भावी कार्यनीतिको लागि आधार बन्यो भने मात्र पनि तत्कालका लागि धेरै हुनेछ ।
यो पोस्टको लागि धन्यवाद । माथि धाइबा जीले भन्नुभए जस्तै मलाइ पनि यो भेलाबाट ठूलै बाघ मर्ला जस्तो चाहिँ लाग्दैन । तर वर्षौँसम्म अनलाईन मात्रै परिचित हामीहरूको एक-अर्कामा "अफलाइन" परिचय हुनु र यो भेला भविष्यका लागि प्रस्थान-बिन्दु बन्नु पनि सानो उपलब्धि भने हैन जस्तो लाग्छ !
ReplyDeleteलौ है शुभकामना ! कस्तो भयो त कार्यक्रम ? सुन्न पाइयोस |
ReplyDeleteAll the best!!
ReplyDeleteकाठमान्डौंमा भएको भेलमा देशमै न भएपछी सामेल हुन सक्ने त कुरै भएन। तर जानकारी गराउनु भएकोमा आकारलाई धन्यबाद। तथा भेला सम्पन्न गर्नुभएकोमा सबै ब्लगर मित्रहरूलाई बधाइ। आगामी दिनमा पनि यस्तै प्रभावकारी काम राख्दै जानूहोला।
ReplyDeleteदौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको कुरा उठाउनू भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।
नेपालियन - नेपालीको ब्लग चौतारीबाट (दौंतरी)
काठमान्डौंमा भएको भेलमा देशमै न भएपछी सामेल हुन सक्ने त कुरै भएन। तर जानकारी गराउनु भएकोमा आकारलाई धन्यबाद। तथा भेला सम्पन्न गर्नुभएकोमा सबै ब्लगर मित्रहरूलाई बधाइ। आगामी दिनमा पनि यस्तै प्रभावकारी काम राख्दै जानूहोला।
ReplyDeleteदौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको कुरा उठाउनू भएकोमा धन्यबाद। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।
नेपालियन - नेपालीको ब्लग चौतारीबाट (दौंतरी)
ब्लगर भेलाको बारेमा जानकारीमूलक सामग्री राख्नुभएकोमा धन्यवाद आकार जी ।