मोजिल्ला ले भर्खरै मोबाइल को लागि फायरफक्स ४.० बेटा भर्सन ब्राउजर सार्वजनिक गरेको छ ।
फेनेन्स कोडनाम दिइएको, प्रोजेक्टलाई अहिले भने, फायरफक्स नै भनिएको छ । बेटा भर्सन निस्किएको ब्राउजर पुर्णत नोकिया ‘एन ९००’ तथा ‘एन्ड्रोइड २.० अथवा त्यसभन्दा माथि का’ फोनहरुलाई लक्षित गरेरर तयार पारिएको छ ।
हाललाई नयाँ भर्सन को वेव ब्राउजर, ‘आइफोन’ को लागि भने उपलब्ध छैन । साथै, ‘ब्ल्याकबेरी’ फोन को लागि पनि मोजिल्ला को कुनै योजना रहेको छैन ।
मोजिल्ला फाउन्डेसन ले भनेको छ, “मोबाइल को लागि बनाइएको नयाँ वेटा फायरफक्स ब्राउजर, डेस्कटप को लागि बनाइएको फायरफक्स ४.० ब्राउजर कै, मोबाइल संस्करण हो” । मोबाइल ब्राउजर मा पनि, एडवान्ड आदि को सुविधा रहेको छ ।
फायरफक्स ले मोबाइल ब्राउजर को निर्माण मा आफ्नो पाइला बढाउँदै लगेको भएपनि, ‘ओपेरा मिनी’ ब्राउजर ले नै मोबाइल मा आफ्नो कब्जा जमाएको छ ।
बेटा फेज मा भएको, फायरफक्स ४.० मोबाइल भर्सन ब्राउजर ले केही महिना मा फाइनल भर्सन सार्वजनिक गर्ने छ ।
डाउनलोड : Firefox 4.0 Beta for Mobile
Comments
Post a Comment