विद्यार्थी कल्याण परिषद को आयोजना मा काठमाडौँ विश्वविद्यालय मा भइरहेको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को अन्तिम दिन भोलि साइकल रेस हुँदैछ ।
विद्यार्थी कल्याण परिषद को आयोजना मा हुन गइरहेको साइकल रेसलाई काठमाडौँ साइकल सिटि ले सहयोग गरेको हो । विभिन्न कलेज का विद्यार्थी तथा साइक्लिस्टहरु को सहभागिता रहने, साइकल रेस भोलि बिहान ९ बजे केयु गेट बाट सुरु हुनेछ । केयु गेट बाट सुरु भएको साइकल रेस, २८ किलो, धूलिखेल, चौकोट हँदै विश्वविद्यालय को खेलमैदान मा आएर टुंगिने छ ।
करिब ४० जना को सहभागिता रहने अपेक्षा गरिएको साइकल रेस को बिजयीलाई नगद पुरस्कार रु ५ हजार प्रदान गरिने आयोजक ले जनाएको छ । हालसम्म २० जना ले साइकल रेसमा सहभागि हुन रजिष्ट्रेशन गरिसकेकाछन् । आयोजक ले इन्ट्रि फि २०० राखेको छ ।
साइकल रेसमा भाग लिन आउने प्रतियोगि आफैँ ले साइकल, हेल्मेट र पन्जा को व्यवस्था गर्नु पर्नेछ । साइकल रेस बिहान ९ देखि ११ बजेसम्म हुनेछ ।
Event Details:
Inter College Cycle Race
******Youth Solidarity Festival 2010******
-----------------------------------------------------------------
Bus will arrive at Koteshwor @ 7 am
Cycle Race will begin @ 9 am
Venue: Kathmandu University Central Campus, Dhulikhel
Organized by:
Kathmandu University Student Welfare Council (SWC) 2010 and supported by KCC 2020
Comments
Post a Comment