यही भदौ २५ देखि २७ सम्म आइटि पार्क, वनेपा मा सञ्चालन हुने ‘केयु आइटि मिट २०१०’ को जानकारी दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेमा दिउँसो पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलन को अवसर मा, वितरित प्रेस विज्ञप्ति:
प्रेस विज्ञप्ति
काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजना मा यही सेप्टेम्बर १० देखि १२ सम्म, काभ्रे को वनेपा मा अवस्थित आइटि पार्क मा ‘केयु आइटि मिट २०१०’ हुन गइरहेको छ !
विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “आइटि मिट – २०१०” आयोजना गर्दैछ । “आइटि मिट – २०१०”, आइटि पार्क वनेपा काभ्रेमा तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा हार्डवेयरहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै साइबर गेम्स, थ्रिडि चलचित्र प्रदर्शन, बिजनेश इन्क्युवेशन आदि विभिन्न कार्यक्रमहरु पनि समेटिने छ ।
सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयर को निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा, प्रतियोगी को रुपमा समावेश भएका प्रोजेक्टहरुलाई सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित वरिष्ठ व्यक्तिहरुले मुल्यांकन गर्नुहुनेछ । प्रोजक्ट मा विजयी बन्ने समूहलाई नगद पुरस्कार को व्यवस्था रहेको छ ।
सबैको लागि खुल्ला गरिएको ‘केयु आइटि मिट २०१०’ मा निशुल्क प्रवेश दिने व्यवस्था मिलाइएको छ ।
सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत १२ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो ।
स्थान: आइटि पार्क, वनेपा काभ्रे ।
मिति: १०-१२ सेप्टेम्बर २०१० ( २५- २७ भदौ २०६७)
समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)
Comments
Post a Comment