काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब को आयोजना मा हुन लागेको ‘आइटि मिट २०१०’ को तयारी सुरु भएको छ ! आइटि पार्क, वनेपा मा हुन लागेको ‘आइटि मिट २०१०’ को लागि आवश्यक भौतिक पुर्वाधारहरु आदि को निर्माण सुरु भएको हो ।
कार्यक्रम को लागि आवश्यक स्टलहरु हिजो देखि नै मिलाउन थालिएको छ । कार्यक्रमस्थल मा आवश्यक सबै कुराहरु विद्यार्थीहरु ले काठमाडौँ विश्वविद्यालय बाट आफैँले लिएर गएका हुन् ।
सफ्टवेयर कम्पिटिसन, हार्डवेयर डेमो, गेमिङ, डिजाइनिङ, मुभि सो, आदि विविध कार्यक्रमहरु ‘आइटि मिट २०१०’ अन्तर्गत यही सेप्टेम्बर १० देखि १२ सम्म आइटि पार्क वनेपा मा सञ्चलान हुँदैछ ।
Comments
Post a Comment