गोपीकृष्ण मुभिजसँग को सहकार्यमा सृजनशील राष्ट्रिय कला उत्पादन – किपा ले आयोजना गरेको ‘बड्स फिल्म फियस्टा’ महोत्सव मा राजन कठेत को छोटो चलचित्र ‘LUST’ सर्वोत्कृष्ट भएको छ ।
आज गुरुकुल, पुरानो वानेश्वर मा आयोजित महोत्सव समापन कार्यक्रम का अवसर मा उत्कृष्ट चलचित्र को घोषणा गरिएको हो । ‘बड्स फिल्म फियस्टा’ को उत्कृष्ट चलचित्र को घोषणा चलचित्र निर्देशक ‘नारायण पुरी’ तथा पटकथाकार ‘राजेश गोंगजु’ ले संयुक्त रुपमा गर्नु भएको थियो । एवार्ड वितरण कार्यक्रम मा, LUST का निर्देशक राजन कठेत, लेखक अभिमन्यु दिक्षित, क्यामराम्यान सहिल श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।
Movie name: LUST
Director: Rajan Kathet
Producer: Praveen Samuel Thapa
Script/ screenplay: Abhimanyu Mani Acharya Dixit
Cinematographer: Shail Shrestha
Editor: Bijen Shrestha
One line description of the movie: They have different plans for each other.
गोपीकृष्ण हलमा भदौ २१ देखि चारदिने 'बड्स फिल्म फियस्टा' महोत्सव को आयोजना गर्ने भनिएपनि, पहिलो दिन को महोत्सव पछि सेन्सर बोर्ड ले डकुमेन्ट्रि र छोटा चलचित्रलाई देखाउन बन्देज लगाएपछि कार्यक्रम गुरुकुल, पुरानो वानेश्वर मा गरिएको थियो । महोत्सवमा सामाजिक, राजनीतिक विषयवस्तुमा बनाइएका तीनदेखि ३० मिनेटसम्मका २४ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । Note: Nepali Short Movie, ‘LUST’ will screen soon in an Internet and will be available in our blog,‘Aakar Post’. Aakar Post is an official media of short movie ‘LUST’.