विद्यार्थी कल्याण परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय मा सुरु भएको ३ दिने युवा महोत्सव “युथ सोलिडारिटि फेस्टिबल २०१०” को राष्ट्रपति डा रामवरण यादव ले पानस मा व्दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
९ बजे भनिएपनि ढिलो गरि सुरुभएको कार्यक्रम मा, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डा सुरेशराज शर्मा, काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार भद्रमान तुलाधर, सभासद तथा उद्दयोगपति राजेन्द्र खेतान, उद्योगपति एवम् दाता सञ्जिव राजभण्डारी विद्यार्थी कल्याण का डाइरेक्टर प्रोफेसर डा जंगम चौहान, राष्ट्रपति कार्यलयका कर्मचारीहरु, सुरक्षा निकाय का प्रमुखहरु लगायत दर्जन अन्य वरिष्ठ व्यक्तिहरु को उपस्थिति थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले “शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट मुक्त राख्नुपर्ने” बताउनुभयो । उहाँले, यी क्षेत्रलाई राजनीतिकरणबाट मुक्त बनाउन यस क्षेत्रका विज्ञहरुले आफूलाई आग्रह गर्ने गरेको र त्यसमा आफ्नो समर्थन रहेको बताउनुभयो। साथै, कार्यक्रम को सफलता को लागि शुभकामना पनि दिनुभएको थियो ।
आजै, राष्ट्रपति डा रामवरण यादव बाट काठमाडौँ विश्वविद्यालय तथा राजेन्द्र खेतानको संयुक्त लगानिमा निर्मित धुलिखेल स्थित “मोहनगोपाल खेतान स्मृतिभवन” ( विश्वविद्यालय कन्या छात्रावास) र काठमाडौँ विश्वविद्यालय तथा सञ्जिव राजभण्डारी को संयुक्त लगानि मा निर्मित धुलिखेल स्थित “गोपाल राजभण्डारी स्मृतिभवन” (कर्मचारी आवास) को उद्घाटन सु-सम्मपन्न भयो ।
विद्यार्थी कल्याण परिषद का सभापति शरदचन्द्र मैनाली को सभापतित्व मा सम्पन्न कार्यक्रम मा, कार्यक्रम संयोजक अभिषेक मानन्धर ले आयोजक कमिटि को तर्फबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम को सञ्चालन सुदर्शन गौतम ले गर्नु भएको थियो ।
कार्यक्रम मा विभिन्न कलेजका विद्यार्थीहरुले आफ्ना स्टल तथा प्रोजेक्टहरु राखेका छन् । कार्यक्रम मा करिब ६० वटा स्टलहरु रहेकाछन् ।
उद्घाटन समारोह पछि, अन्तरकलेज डान्स प्रतियोगिता भएको थियो । ९ वटा कलेज को सहभागिता रहेको प्रतियोगिता मा एस ओ एस स्कुल, नेसनल कलेज र केयु एच एस क्रमश प्रथम, व्दितिय र तृतिय भएका थिए । निर्णायक को ७५ प्रतिशत र दर्शक को २५ प्रतिशत मुल्यांकन रहेको प्रतियोगिता को निर्णायक को रुपमा, वनेपा कलापरिषद का मोहन तौदले तथा भक्तपुर का नारायणभक्त हेंगजु रहनुभएको थियो ।
त्यसको लगत्तै गायक सुगम पोखरेल ले आफ्ना आधा दर्जन लोकप्रिय गित गाउनुभएको थियो । सुगम ले गित गाइरहँदा, वान्समोर को स्वर गुन्जिरहेको थियो, साथै दर्शकहरु झुमि पनि रहेका थिए । त्यसपछि, अभय एन्ड स्टिम इन्जन्स ले आफ्नो गित मार्फत श्रोता दर्शकहरुलाई तताएका थिए। कार्यक्रम बेलुकी ५:३० मा सकिएको थियो ।
Comments
Post a Comment