एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क को आयोजना मा, वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का लागि दबाब दिने उद्देश्यले आयोजना गरिएको, हस्ताक्षर अभियान सम्पन्न भएको छ ।
माओवादी जनयुद्धकाल देखि लिएर वेपत्ता पारिएका व्यक्तिहरु को खोजि का निम्ति तथा आप्रवासी श्रमिकहरु को अधिकार सुनिश्चित गराउन को निम्ति, दबाब दिने उद्देश्यले हस्ताक्षर कार्यक्रम आयोजना गरेको थियो ।
बिहान ११ बजे, काठमाडौँ विश्वविद्यालय मा सम्पन्न भएको कार्यक्रम मा करिब ३ सय जनाले हस्ताक्षर गरेका थिए । कार्यक्रम, मानवअधिकारवादि संस्था एम्नेस्टि इन्टरनेसनल को काठमाडौँ विश्वविद्यालय को युथनेटवर्क “एम्नेस्टि इन्टरनेसनल (AI) नेपाल, केयु युथ नेटवर्क” ले आयोजना गरेको थियो ।
Comments
Post a Comment