विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजना मा आज देखि ३ दिन सम्म , काभ्रे को वनेपा मा अवस्थित आइटि पार्क मा ‘केयु आइटि मिट २०१०’ सुरु हुँदैछ ।
सुचना तथा सञ्चार मन्त्री श्री शंकर पोखरेल ले उद्घाटन गर्नहुने भनिएको कार्यक्रम मा विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र प्रसाद ढुंगेल, काठमाडौँ विश्वविद्यालय का उपकुलपति प्रोफेसर डक्टर सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डक्टर भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदि का प्रतिनिधि तथा स्कुल का डिनहरु को उपस्थिति रहेन बताइएको छ ।
उद्घाटन कार्यक्रम बिहान १०:३० बजे, आइटि पार्क वनेपा मा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयर को निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम ३ दिन सम्म चल्नेछ !
स्थान: आइटि पार्क, वनेपा काभ्रे ।
मिति: १०-१२ सेप्टेम्बर २०१० ( २५- २७ भदौ २०६७)
समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)
Comments
Post a Comment