क्रान्ति र नयाँ नेपाल नाम दिएर गरिएको माओवादी जनयुद्द को दौरान, हजारौँ जनता को ज्यान सँगै, अरबौँ रुपैँया का संरचनाहरु माओवादीले ध्वस्त पारेका थिए। अनि ती सबैले आम-माफी पाइसकेकाछन् । नेताहरु चुनाव जितेर सत्ता मा पुगिसकेकाछन् । संविधान सभाको निहुँ गरेर, नेपाली जनतालाई चुस्दैछन्, एउटा प्रधानमन्त्री पनि छान्न नसक्ने ‘पाजी’ नेताहरुले । माकुने को सरकार ले राजिनामा दिएको २ मिनेट मा सहमति को सरकार बनाउँछु भनेर कुर्लनेहरुले डेढ महिना बित्दा पनि एउटा माखो मार्न सकेका छैनन् ।
केही हप्ता अघि विदामा, आफ्नो जन्मथलो सर्लाही को राजघाट मा गएको थिँए । करिब ७-८ वर्ष अगाडि माओवादीले ध्वस्त पारेको, गाविस भवन, अझै उस्तै हालत मा रहेछ । नयाँ नेपाल को निहुँ मा पुरानो भौतिक संरचना मा क्षति पुर्याउने निती भएका तत्कालिन माओवादीले गाविस भवन बम ले उडाएका थिए, आगो लगाएका थिए । कुनै बेला को सुन्दर गाविस भवन अहिले कुरुप भएको छ, एकदम जर्जर र जिर्ण भएको छ । त्यो गाविस भवन को अब अवशेष मात्र बाँकि छ । माओवादी नै मुलधार को राजनितिमा आएको ४-५ वर्ष भइसक्यो, तर बम ले उडाइएको भवन फेरि बनाइएको छैन, बन्न सकेको छैन । बनाउन पो गाह्रो त बिगार्न त एकदम सजिलो हुन्छ हाम्रो नेपाल मा !
आज म त्यही गाविस भवन को अवशेष या भग्नावशेष का फोटोहरु राख्दैछु । बैठक कोठा, अध्यक्ष को कोठा, अनि सचिव को कोठा सबै क्षतिग्रस्त छन् । ति भत्तिएका भित्ता, फुटाइएका सिसा, अनि आगो लगाइएका झ्याल ढोका ले विरक्त लगाउँछ त्यहाँ पुग्दा ! खुशी को कुरो, कसो कसो एउटा कुना को कोठामा गाविस सचिव ले काम चलाइरहेका रहेछन् ।
यो भत्किएको घर कै तलबाट दिनहुँ सयौँ गाडिहरु गुड्छन् । घर को छेवै मा नास्पाती र सुन्तलाका बोटहरु छन् । पानी र आँधि हुरीका कारण घर भत्किएको हुनपर्छ, थाहा भएन मान्छे हुँदै यो घर भत्किएको थियो या मान्छेहरु ले छाडेर हिँडेपछि यो घर भत्किएको थियो । जेहोस्, यो घर पनि भग्नावशेष मा परिणत भइसकेको छ ।
awesome photography.....admirable presentation :) :)
ReplyDelete