Skip to main content

बहु-उपयोगी Snaptu [Friday Tech]

हामी इन्टरनेट को युग मा छौँ । इन्टरनेट त छँदै नै छ, साथ मा संसार मोबाइलमय नै भएको छ । हाम्रै देश को तथ्याङक ले पनि भन्छ, हाम्रो देश मा इन्टरनेट चलाउने ८० प्रतिशत भन्दा बढि मान्छेहरु, मोबाइल बाट नै इन्टरनेट चलाउँछन् । हिजो आज, च्याट गर्न र वेव सर्फ गर्न, फेसबुक चलाउन वा ट्विटर चलाउन पहिले को जस्तो साइबर धाएर कमै जान्छन् । हिजो आज अधिकांश त मोबाइल बाटै नेट चलाउँछन् । एनटिसी, एनसेल आदि को जिपिआरएस, थ्रीजी, एज नामक सेवा मार्फत हाम्रो मोबाइल इन्टरनेटमय बन्दै गएको छ ।

स्मार्टफोन, आइफोन बाहेक का अन्य मोबाइल प्रयोगकर्ताहरु, प्राय: ओपेरा मिनी तथा मोबाइल को आफ्नै ब्राउजर बाट इन्टरनेट को कुना चिहाइरहेका हुन्छन् । अरु केही नहेरेपनि, फेसबुक त जरुर हेर्छन् । तर के तपाई ले Snaptu एप्लिकेशन मार्फत इन्टरनेट चलाउनु भएको छ त ? आउनुहोस्, आज हामी यही Snaptu को बारेमा कुरा गर्दै छौँ । यो इन्टरनेटमय मोबाइल मा यो Snaptu तपाई को लागि बहुउपयोगी सावित हुन सक्छ ।

Snaptu के हो ?

Snaptu एउटा मोबाइल एप्लिकेशन हो जसको इन्टरफेस ले स्मार्टफोन तथा आइफोन को झझल्को दिलाउँछ । स्नापटु यस्तो मोबाइल एप्लिकेशन हो, जसको माध्यमबाट एकै ठाउँबाट फेसबुक, ट्विटर आदि साइटहरु चलाउन सकिन्छ । त्यतिमात्र होइन, Snaptu मा पिकासा, फ्लिकर, बिग पिक्चर्स, मौसम, खेल, सिनेमा, समाचार आदि सम्पुर्ण कुराहरु समावेश गरिएको छ ।

मोबाइल मार्फत ट्विटर तथा फेसबुक चलाउन को लागि, यो निकै उपयोगी सावित भएको छ । तपाई सजिलै सँग आफ्ना स्टाटसहरु अपडेट गर्नसक्नुहुन्छ । एउटा मात्रै बैगुन भनेको चाँहि यही हो कि, Snaptu मा युनिकोड सपोर्ट त्यति राम्रो छैन । अन्यथा यो भन्दा अरु उत्कृष्ट एप्लिकेशन मैले अहिले सम्म भेटेको छैन ।

फेसबुक र ट्विटर को लागि मात्र होइन, तपाई खेलप्रेमी हुनुहुन्छ बारम्बार क्रिकेट र फुटबल को लाइभ स्कोर हेरिरहनुहुन्छ । या तपाई बारम्बार समाचार हेर्नुहुन्छ या तपाई आफ्नो ठाउँ को मौसम को बारेमा जान्न चाहनुहुन्छ । तपाईलाई टेक्नोलोजी खबर जान्ने इच्छा छ भने पनि Snaptu तपाईको लागि सर्वोत्कृष्ट एप्लिकेशन हुनसक्छ । मासवेल, टेकक्रन्च, गिजमोडो, लाइफ ह्याकर देखि लिएर बिबिसी र गार्जियन सम्म करिब १ दर्जन साइट का टेक्नोलोजी र सोसल नेटवर्क का  खबरहरु तत्काल विना झन्झट तपाइ, Snaptu मा एकै ठाउँमा पढ्न सक्नुहुन्छ । यति मात्र होइन, तपाईलाई ती ‘लेख’हरु फेसबुक र ट्विटर मा सेयर गर्न लाग्यो भने पनि, Snaptu मार्फत एक क्लिक मा सेयर गर्न सक्नुहुन्छ ।

हेर्दा आइफोन हो कि जस्तो भान पर्ने Snaptu प्राय: ट्विटर चलाउनेहरु का माझ लोकप्रिय भएपनि, अधिकांश सर्भिसहरु एउटै एप मा पाइने भएको कारण, हिजोआज धेरै जना Snaptu को प्रयोग तर्फ आकर्षित भइरहेकाछन् । साथै, अन्य को दाँजो मा स्नापटु मा खर्च पनि केही कम नै लाग्छ भन्ने मेरो अनुमान छ ।

ट्विटर चलाउन होस या फेसबुक चलाउन Snaptu निकै उपयोगी देखिएको छ । तपाई फेसबुक को लाइक देखि लिएर वालपोष्ट र एप्लिकेशन पोस्ट सम्म हेर्न सक्नुहुन्छ, जुन मोबाइल साइट मा सम्भव छैन । ट्विट मा आउने लिंक होस, या ट्विटर मा गर्नुपर्ने Reply, Retweet वा Message होस्, Snaptu ले एकदम सरल बनाइदिएको मेरो आफ्नो अनुभव छ ।

प्राय: Java एप्लिकेशन चल्ने सबै मोबाइलहरु मा Snaptu चलाउन सकिन्छ, जुन getjar, snaptu को साइटबाट निशुल्क डाउनलोड गर्न सकिन्छ । साँच्चै मेरो लागि त यो Snaptu बिदा को झन् साथि भएको छ । बारम्बार टेक्नोलोजी, सोसल नेटवर्क ब्लगहरु हेर्नु, ट्विट गर्नु, फेसबुक मा सेयर गर्नु, आफ्नो ठाउँ को मौसम बारे जानकारी राख्नु, दैनिकी नै बनेको छ । यही एउटा गुनासो चाँहि छ कि, युनिकोडहरु चाँहि Snaptu मा प्रस्ट हुँदैनन् । सायद तपाईहरु अलमल मा पर्नु भो होला, आफैँले अनुभव गर्न को लागि त Spantu डाउनलोड गर्नैपर्ने हुन्छ ।

Download : Snaptu | Snaptu (via getjar)

Comments

  1. Yes Snaptu is great I am using it since 6 months. I also feel sad not support unicode. otherwise all thing in 1 place.

    ReplyDelete
  2. Yes Snaptu is great I am using it since 6 months. I also feel sad not support unicode. otherwise all thing in 1 place.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

Subscribe to Aakar Post