Buzzom ले केही हप्ता पहिले गुगल क्रोम को लागि ‘Buzz Button’ नामक एक्सटेन्सन सार्वजनिक गरेको छ । साथै, फायरफक्स ब्राउजर का लागि केही महिना पहिले नै ‘Buzz Button’ नामक एडवान सार्वजनिक गरेको थियो ।
के हो Buzz Button ?
Buzz Button एउटा यस्तो एक्सटेन्सन / एडवान हो, जुन Google Chrome र Mozilla Firefox मा राख्न सकिन्छ । जसका माध्यमबाट कुनै पनि साइटका लिंकहरुलाई एकै क्लिक मा विभिन्न सोसल नेटवर्क साइटहरु मा ‘सेयर’ गर्न सकिन्छ ।
अहिले त, इन्टरनेट मा सोसल नेटवर्क साइटहरु नै हावी भइरहेको छ । माइक्रो ब्लगिङ साइट टुइटर देखि फेसबुक र स्टम्बल अपअन, डिग लगायत विभिन्न सोसल नेटवर्किङ साइटहरु को प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ ।
तपाई कुनै साइट को कुनै पेज भिजिट गर्दै हुनुहुन्छ । तपाईलाई त्यो पेज अरु सँग ‘सेयर’ गरुँ गरुँ झैँ लाग्छ । तर तपाईलाई ‘लिंक सेयर’ गर्न कै लागि हरेक पटक, फेसबुक, ट्विटर, स्टम्बल अपअन, डिग, माइस्पेस, याहु बज, गुगल बज, डिलिसियिस आदि मा गइरहन झन्झट लाग्छ । यही झन्झट बाट Buzz Button ले मुक्ति दिलाउँछ । तपाई जुनसुकै पेज हेर्नुस्, यदि तपाईलाई ‘लिंक’ सेयर गर्नु पर्यो भने, Buzz Button क्लिक गर्नुस्, तपाई ले ९ वटा सोसल नेटवर्क मा ‘लिंक सेयर’ गर्न सक्नुहुन्छ ।
यसले तपाइ को समय को बचत गराउँछ नै, विभिन्न साइट खोलिरहनु पर्ने झन्झट बाट पनि मुक्ति दिलाउँछ । अझ तपाई ले आफ्नो लिंक टुइटर मा सेयर गर्दा, nxy.in मा एकाउन्ट बनाउनु भएको छ भने, केही ‘पैसा’ पनि ट्विट गरेरै कमाउन सक्नुहुन्छ । यसै पनि, ब्लग र साइट मा भिजिटर बढाउन, सोसल नेटवर्किङ साइट ले ठूलो मद्दत गरेको हुन्छ ।
मैले भन्दा पनि, Buzz Button, एक पटक प्रयोग गरेर हेर्दा यसको वास्तविक उपयोगिता थाहा हुनेथियो ।
Install the ‘Buzz Button’ plug-ins in your web browser :
Firefox : Install
Chrome : Install
P.S. Buzz button is Only available for Google Chrome and Mozilla Firefox. Internet Explorer users can switch to Chrome or Firefox to use this useful extensions. Buzz Button is developed by Inrev Systems.
Comments
Post a Comment