सुरक्षा को कारण देखाउँदै, गुगल ले अब देखि आफ्ना कम्प्युटर सिस्टमहरुमा माइक्रोसफ्ट विन्डोज नगर्ने घोषणा गरेको कुरा, फाइनान्सियल टाइम्स ले जनाएको छ । ह्याकरहरु ले विन्डोज बाट नै गुगल का सिस्टम मा आक्रमण गरेको र पटक पटक गुगल का सिस्टमलाई ह्याक गरेको कारण, गुगल ले माइक्रोसफ्ट विन्डोज को प्रयोग नगर्ने घोषणा गरेको हो ।
गुगल ले माइक्रोसफ्ट विन्डोज को सट्टा मा “म्याक र लिनक्स” अपरेटिङ सिस्टमहरु आफ्नो सिस्टम मा राख्ने भएको छ । गएको जनवरी २०१० मा चिन बाट माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोरर को प्रयोग गरेर ह्याकरहरुले गुगल को सिस्टम मा क्षति पुर्याएका थिए भने, केही मानवअधिकारवादी र पत्रकार का जिमेल एकाउन्टहरु ह्याक गरिएको थियो ।
पत्रिका ले जनाएअनुसार, गुगल का अधिकारीहरु ले यसलाई सुरक्षात्मक रणनिति भएको बताएकाछन् । उनीहरुले भनेका छन्, ‘गुगल का सर्भिसहरु को विश्वसनियता बढाउनलाई हामीले यो कदम चालेका हौँ, हामी के कसरी गर्छौ भन्ने कुरा मा भने प्रश्न नउठाउनुहोला’ । गुगल ले आफ्ना सिस्टम मा विन्डोज नराख्ने भनेको भएपनि, आफ्ना सिस्टमहरुलाई चाँहि गुगल ले विन्डोज मा निरन्तर परिक्षण गरिरहने जनाएको छ ।
स्मरणीय रहोस्, चाँडै नै गुगल ले आफ्नै अपरेटिङ सिस्टम ‘एन्ड्रोइड तथा क्रोम’ सार्वजनिक गर्दैछ । आफ्नै अपरेटिङ सिस्टम बजार मा ल्याउन तम्तयार गुगल को विन्डोज प्रयोग नगर्ने घोषणालाई महत्वपुर्ण रुपमा हेरिएको छ । माइक्रोसफ्ट र गुगल नै अहिले एक अर्का का प्रतिस्पर्धी रहेका छन् । गुगल को विन्डोज प्रयोग नगर्ने घोषणा, सम्भवत: माइक्रोसफ्ट माथि गरिएको अहिले सम्म कै कडा प्रहार हो ।
विण्डोजमा का सिस्सटममा समस्या नै नभएका होईनन तर यसरी प्रयोगमा नै रोका लगाउनु पर्ने स्थिति भने पक्कै छैन होला ।
ReplyDeleteयस्तै हो ..., अबका ३-४ महिनामा आफ्नै अपरेटीङ सिस्टमा तयार गर्न लागी परेको प्रतिस्पर्धीले 'सफ्टवेयर वार' मा यसलाई पनि उठाई हालेको भने हो नै ।
अब यसको जबाफमा माईक्रोसफ्टले पनि आफ्ना सिस्टममा गुगलका कुनै पनि इप्लिकेशन नचल्ने बनायो भने पो आपत हुने भयो त :)
ल रमाईलो कुरो सुनियो। पूँजीवाद, बजार अर्थतन्त्र र प्रतिस्पर्धा भन्या' यहि होला। विण्डोजको एकछत्र राज भएको पनि धेरै भईसक्यो, अब केहि नयाँ जरुरी छ।
ReplyDeleteविन्डोज भन्दा बाहेक अरू अहिलेसम्म चलाईएको छैन । खै के खै के!!
ReplyDeletemaile ni tei windows nai chalaune aaja samma ta, heram ..
ReplyDeleteWindows लाई पनि त विश्राम दिनुपर्छ ; कत्ति वर्ष सम्म चलोस् । मैले त दिई सकेँ ।
ReplyDeleteGood decision from Google. I appreciate that.
ReplyDeletemaile ni tei windows nai chalaune aaja samma ta, heram ..
ReplyDelete